Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

27 Jul 2011

एउटा मागको पाँच दशक


आन्ध्र प्रदेशको जुन ठाँउलाई तेलेंगना भनिन्छ, त्यसमा प्रदेशको 23 मध्ये 10 वटा जिल्ला पर्दछन् कुनै समय यी क्षेत्रहरु निजामहरुको अधिनमा थियो, जसलाई हैदराबाद रियासत भनिन्थ्यो आन्ध्रको 294मा 119 बिधानसभा अनि 42मा 32 लोकसभा आसन प्रस्तावित तेलेंगना राज्यभित्र पर्दछ।लगभग चार करोड जनसंख्या भएको तेलेंगनाको प्रमुख भाषा तेलेगुसहित दक्षिणी उर्दू पनि हो।  114.800 वर्ग किलोमिटरमा फैलिएको तेलेंगनाको सिमानाहरु महाराष्ट्र अनि कर्नाटकसँग जोडिएको छ। ग्रेटर हैदराबाद दशै जिल्लाहरुको माझमा अवस्थित ,जसको लागि तेलेंगना, रायलसिमा अनि आन्ध्रबीच तानातानी चलिरहेको छ।तेलेंगनाको शाब्दिक अर्थ होतेलुगुहरुको भूमि सन् 1948मा निजामको रियासतको समाप्तिपछि यसको आधार बनिएको थियो। आन्ध्र प्रदेश देशको पहिलो यस्तो राज्य थियो, जसको गठन भाषाको आधारामा गरिएको थियो। त्यहीबेला कमरेड वसवपुनैयाले अलगतेलेंगना राज्यको माग शुरु गरेका थिए तर केही बर्षपछि नक्सलीहरुले यसको कमान सम्हाले। यसबीच,सन् 1956मा तेलेंगनाको एउटा बृहत भागलाई आन्ध्र प्रदेशमा अनि केही अंशहरुलाई कर्नाटक महाराष्ट्र-( जसलाई मराठवाडा भनिन्छ)मा गाभिने कार्य भयो।लगभग 13 बर्ष पछि फेरि तेलेंगना आन्दोलन शुरु भयो,जसको कारण थियो यस क्षेत्रमा शिक्षा अनि विकासको स्तर धेरै निम्न हुनु। आन्ध्रको हिस्सा तत्कालिन प्रेसिडेंसीको एउटा अंश थियो, यसकारण त्यहाँ शिक्षा विकासको स्तर धेरै उच्च थियो।यही कारण तेलेगंनावासीहरुले त्यसबेला यस क्षेत्रलाई आन्ध्रमा सामेल गर्ने कुराको विरोध गरेका थिए। उनीहरुलाई रोजगारको क्षेत्रमा आफूहरु पछि पर्ने डॅर थियो।आज पनि यी दुइ क्षेत्रहरुमा व्यापक असमानता देखिन्छ।सांस्कृतिक रुपले पनि दुइ क्षेत्रमा धेरै भिन्नता रहेको छ।तेलेंगनाको संस्कृतिमा उत्तर भारतको व्यापक प्रभाव रहेको छ।
  सन् 1969को आन्दोलनलाई विद्यार्थीहरुले आफ्नो हातमा लिएका थिए,जसको मुख्य केन्द्र हैदराबादको उस्मानिया विश्वविद्यालय थियो। त्यस समय यस आन्दोलनलाई दबाउनको लागि सरकारले विद्यार्थीहरुमाथि लाठीचार्ज फाइरिङ गराएको थियो,जसमा 350भन्दा धेर विद्यार्थीहरुले प्राणको आहुति दिनु परेको थियो।यस कारण यो आन्दोलन छात्र  आन्दोलनको इतिहासमा स्वर्णाक्षरमा अंकित छ। यस आन्दोलनमा यहाँका राजनैतिक दलहरुले पनि निकै दुनो सोझ्याए। त्यस समय एम चेन्ना रेड्डीले अवसरक लाभ उठाउँदैजय् तेलेंगना’-को नारा दिएर तेलेंग़ना प्रजाराज्यम नामको एउटा राजनैतिक दलको गठन गरे।यस दलले तेलेंगनावासीहरुलाई आफ्नो पक्षमा पार्न सफल पनि भएको थियो तर आन्दोलनको अवधीमै  चेन्ना रेड्डीले स्वार्थपूर्तिको राजनीति गर्दै आफ्नो पार्टीको विलय कंग्रेस (आई)सँग गरे, जसले गर्दा विद्यार्थी आन्दोलनलाई व्यापक नोक्सान पुग्यो। तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले तेलेंगना आन्दोलन कमजोर भएको देखेर यसको राजनैतिक फाइदा उठाउँदै चेन्ना रेड्डीलाई आन्ध्र प्रदेशको मुख्यमन्त्री बनाइ दिइन्। दुई बर्षपछि भएको चुनाउको पछि 1971-मा श्रीमती गान्धीले पीभी नरसिंह रावलाई मुख्यमन्त्री बनाइन्, किनभने राव तेलेंगना कै थिए। रावलाई मुख्यमन्त्री बनाइएपछि तेलेंगना आन्दोलन दबाइएको जस्तै भयो। त्यसपछि लगभग तीस बर्षसम्म यो आन्दोलन शुप्त रह्यो।नब्बेको दशकसम्म तेलुगुदेशम्-का अंग रहेका तेलेंगना समर्थक केवटी चन्द्रशेखर राव (केसीआर) 1999को चुनाउपछि प्रदेशमा मंत्री पद चाहन्थे तर तेदेपा प्रमुख चन्द्रबाबू नाइडूले उनलाई विधानसभा उपाध्यक्ष बनाइ दिए।यो कुरा केसीआरलाई पचेको थिएन।उनले सन् 2001मा पृथक राज्यको मुद्दा उठाउँदै तेलेगुदेशमसँग सम्बन्धविच्छेद गरे अनि तेलेंगना राष्ट्र समिति (तेरास) नामक नयाँ दल गठन गरे।सन्  2004को चुनाउमा केसीआरले प्रदेशका तत्कालिन मुख्यमंत्री वाइएस राजशेखर रेड्डीसँग हात मिलाएर अलग तेलेंगना राज्य गठनको बचन लिए तर तर चुनाउअ पछि वाइएसआरले यसलाई महत्व नदिँदा तेरासको सबै विधायकहरुले बिधानसभाबाट अनि रावले लोकसभा केन्द्रीय कोइला मंत्रीको पदबाट राजिनामा दिए।सन् 1955 मा राज्यहरुको पुनर्गठनको अवधीमा राज्य पुनर्गठन आयोगका प्रमुख फजल अलीले तेलेंगनालाई आन्ध्र प्रदेशको हिस्सा बनाइने कुराको विरोध गरेका थिए।तैपनि 1956मा केन्द्र सरकारले तेलेंगनालाई आन्ध्र प्रदेशको हिस्सा बनायो अनि एउटाजेन्टलमेन सम्झौतापनि गर्यो।यो सम्झौताअनुसार यस क्षेत्रको कुनै प्रतिनिधिको नेतृत्वमा प्रदेशको हितको रक्षा गर्न  अनि तेलेंगनाको मध्यमा अवस्थित हैदराबादलाई राजधानी बनाइने प्रावधान पनि थियो।तर सन् 1969मा जेंटलमेन सम्झौताको मियाद समाप्त भयो,जसको धेरै विरोध भयो। फलस्वरुप उस्मानिया विश्वविद्यालयका छात्रहरु सडकमा ओर्ले।
यसको लगभग 29 सालपछि 1998-99मा भाजपाले तेलेंगनावासीहरुलाई केन्द्रमा उसको सरकार बनिएको खण्डमा अलग तेलेंगना राज्य गठन गर्ने बचन दियो।भाजपा सत्तामा आयो पनि, यसले तीनवटा नयाँ राज्यहरु झारखण्ड, उत्तराखण्ड अनि छत्तीसगढको निर्माण पनि गर्यो तर तेलेंगनाको मामलामा मौन धारण गर्यो।यसले आफ्नो सहयोगी तेदेपाको विरोधको सामना गर्न सकेन।सन् 2009को चुनाउमा एकपल्ट फेरि कांग्रेस अनि भाजपाले तेलेंगना मुद्दालाई हावा दिए, जसले गर्दा तेरास अप्ठ्यारो स्थितिमा पर्यो।यसले चिन्तित तेरास प्रमुख केसीआरले 29 नोभेम्बर 2010देखि आमरण अनशन शुरु गरे।12 दिनसम्म भोकहडतालमा बसेका रावको अवस्था शोचनीय बन्न थालेपछि प्रदेश सरकारले उनलाई जबरजस्ती मेडिकल कलेजमा भर्ना गरिदियो। त्यहाँ पनि उनले केही ग्रहण गर्न मानेनन् जसको कारन उनको अवस्था ज्यादै खराब भयो। अवस्थाको गम्भीरतालाई हेरेर केन्द्रीय गृहमंत्री पी चिदम्बरमले 9 दिसम्बर 2010को मध्य रातमा पृथक तेलेंगना राज्यको प्रक्रियाको घोषणा गरे तर आन्ध्र क्षेत्रबाट पुनः यसको विरोध शुरु हुँदा लगत्तै दोस्रो दिन गृहमंत्रीले आफ्नो कुरा घुमाउँदै समितिको गठनको घोषणा गरे। त्यसपछि आन्ध्रको उथुलपुथुलल्र स्थिर हुने नाम लिएको छैन।(वरिष्ठ पत्रकार प्रदीप श्रीवास्तवको हिन्दी रिपोर्टको नेपाली अनुवाद)