Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

10 Sept 2011

कति शहीद हुन्छन् यहाँ


कति शहीद हुन्छन् यहाँ
कति नेता बन्छन् यहाँ ।
आफ्नै आमाको दुध चुस्ने
कति पापी जन्मन्छन् यहाँ ।
अधिकार र चिन्ह्रारीको नाममा
कतिले खल्ती भर्छन् यहाँ ।
सोझा छन् जनता जताततै
केवल नेताले डाँटछन् यहाँ ।
रगतको मुल्य छैन कतै
दुइ नम्बरे ह्रदय मात्र छन् यहाँ ।
के कालो के सेतो चिन्नै सकिन्न
मानवको छाला ओडने
दानव मात्र छन् यहाँ ।

दलालहरुलाई

लखेट अब पहाडबाट दलालहरुलाई
बस्न नदेउ पवित्र पहाडमा पापीहरुलाई
दिन रात जनताको खुन चुस्नेहरु
डुबाउनु पर्छ तातो तेलमा गद्दारहरुलाई
आउनु पर्छ जनता सबै सडकमा
चिन्नु पर्छ गोर्खाल्याण्ड बेचीखानेहरुलाई
प्रत्येक बिहान बास्नु पर्छ विद्रोहको भालेहरु
उठाउनु पर्छ औला अब चिन्ह्रारी बेच्नेहरुलाई
क्रान्तीको आवाज निकालौं अब अन्तिम  एक चोटी
लाखेस् ! बन्दकी आमा फेरि बेच्नेहरुलाई ।

9 Sept 2011

छत्रे सुब्बालगायत अन्य आठजना बन्दीहरुलाई रिहाईको आदेश


9 सेप्टेम्बर(कालेबुङ):- गोरामुमो सुप्रिमो अनि तत्कालिन दागोपाप अध्यक्ष सुवास घिसिङमाथि प्राणघातक आक्रमण गरेको आरोपमा बिगत एक दशकदेखि बन्दी जीवन बिताइरहेका छत्रे सुब्बालगायत अन्य आठजना बन्दीहरुलाई जलपाईगुडीको फास्ट ट्र्याक कोर्टका जर्जले निर्दोष मान्दै आज रिहाईको आदेश दिएका छन। बिगत 2006देखि सुनवाई चलिरहेको यस मामिलाको आज जलपाईगुडी फास्ट ट्र्याक कोर्टले आफ्नो अन्तिम निर्णय सुनाउँदै 8 जना आरोपीहरुलाई दोषमुक्त गरेको छ।  घिसिङ हमलाकाण्डको सुनवाई गरिरहेको जलपाईगुडी फास्ट ट्राक कोर्टले आज यस मामिलामा आफ्नो अंतिम निर्णय सुनाउने तय भएको थियो। आज यस मामिलामा कोर्टले आफ्नो अंतिम निर्णय दिने कुरालाई केन्द्र गरी बन्दीका परिवारका सदस्य र  क्रामाकपा कार्यकर्ताहरु किशोर प्रधान, अरुण घतानी,संतोष प्रधान आदि जलपाईगुडी कोर्टमा पुगेका थिए। कोर्टको यस निर्णयले बन्दीका परिवार र क्रामाकपा कार्यकर्ताहरुले खुशी ब्यक्त गरेका छन।  बर्ष 2001को फरवरीमा खरसाङको सातघुम्तीमा तत्कालिन दागोपाप प्रमुख सुवास घिसिङमाथि आक्रमण गरेको आरोपमा ज़ीएलओ प्रमुख छत्रे सुब्बालगायत खरसाङका शरण देवान, ,गुञ्जे लामा, कालेबुङका, बिजय छेत्री, किर्नेका श्याम कार्की अनि लोहापूलका कुमार छेत्रीले बिगत एक दशकदेखि जलपाईगुडी जेलमा बन्दी जीवन बिताइ रहेका थिए भने कालेबुङका नोर्देन लामा र खरसाङका मोहन शर्मा जमानतमा बाहिर थिए।।2006देखि सुनवाई शुरु भएको यस मामिलामा 75 जना साक्षीहरुले आफ्नो बयान दिई सकेका थिए।5 बर्षसम्म चलेको सुनवाईको अवधीमा घटनामा मूल साक्ष्य सुवास घिसिङ पनि एकपल्ट जलपाईगुडी कोर्टमा आफ्नो बयान दिन पुगेका थिए। तर उनले आफ्नो बयानमा घटनाबारे आफूले कुनै प्राथमिकी दर्ता नगरेको बयान दिएर सबैलाई चकित पारेका थिए। 11 बर्षदेखि बन्दी जीवन बिताइरहेका यी आरोपीहरुको रिहाईको निम्ति क्रामाकपाले मनवतावादी संगठनहरुसित मिलेर लगातार प्रयास जारी राखेको थियो। 11 बर्षपछि कोर्टले आरोपीहरुलाई दोषमुक्त गरेकोमा क्रामाकपाका युवा नेता अरुण घतानीले यस घटनालाई गणतन्त्र र मानवताको निम्ति लड्ने मानिसहरुको निम्ति प्रेरणा हो भन्ने प्रतिक्रिया जाहेर गरेका छन। उनले आरोपीहरुलाई न्याय दिनमा ढिल्याई भएकोमा असंतोष जाहेर गर्दै न्यायपालिकाको कार्यशैलीमा प्रशस्त सुधारको आवश्यकता रहेको बिचार पबि प्रकट गरेका छन। यता, ढिलै भए पनि आठजना आरोपीहरुलाई कोर्टले निर्दोष मानेर रिहा गरेकोमा उनीहरुका परिवारमा हर्ष र उत्साह सञ्चार भएको छ। 11 बर्षअघि गोर्खाल्याण्ड भन्ने छत्रे सुब्बाले अब के गर्लान भन्ने कुरामा अहिले पहाडवासीहरुको चासो बढेको छ। अहिले पहाडको राजनैतिक परिस्थिति पनि फरक छ अनि उमेरको हिसाबले पनि अब छत्रे सुब्बामा त्यो पुरानो जुझारुपन जोश र उत्साहमा कमी आइ सकेको कुरालाई नकार्न मिल्दैन। यस्तो अवस्थामा उनले अब फेरि अलग राज्यको आन्दोलनलाई नेतृत्व देलान भन्ने सम्भावना कमै देखिन्छ। तर जीटीएसँग असंतुष्टवर्गले छत्रे सुब्बालाई अघि लगाएर नयाँ आन्दोलनको घोषणा गर्ने सक्ने सम्भाव्यतालाई पनि नकार्न मिल्दैन।(कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट)