Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

7 Apr 2016

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

कालेबुङ, 6 अप्रेल।
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन? गुनणस्तरीय शिक्षाको सोच राख्ने हरेकलाई हालमा यी प्रश्नहरुले सताइरहेको छ।
तर, पहाड़को शिक्षा व्यवस्था दिनोदिन झुर बन्दै जानुमा  पाठशाला सञ्चालन समिति अनि शिक्षक प्रमुखहरु जिम्मेवार रहेको कुरा  खुलासा भएको छ। कालेबुङ महकुमाको भालुखोप ग्राम पञ्चायतमा अवस्थित छ "चम्पामाया निम्न वुनियादी प्रथमिक पाठशाला। सन्‌ 1957 सालमा स्थापित उक्त पाठशालाको वर्तमान बेहाल अवस्थाले जो कोहीलाई पनि स्कूल सञ्चालन समिति अनि स्कूल प्रमुखलाई प्रश्न गर्न बाध्य बनाउँछन्‌। वर्ष 2013देखि शिक्षक प्रभारी भीम छेत्रीको देखरेकमा रहेको उक्त स्कूलले विद्यार्थीहरुको भविष्यमात्र बिगारेको छैन तर, दार्जीलिङ पहाड़को प्रथमिक पाठशालाहरुको पनि बदनाम गरिरहेको छ। कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीको साथमा आज हिमालय दर्पणलेे उक्त पाठशालाको आकसमिक भ्रमण गरेको थियो। यस पाठशालामा सचिव छेत्रीले पार्थमिक स्तरको पढाई गरेका छन्‌। तर, स्कूलको वर्तमान अवस्थादेखि उनी खुशी छैनन्‌। किन कि दुइ वर्षको अन्तरालमा विद्यार्थीहरुको संख्या घटेर 2 सयदेखि 7 मा पुगेको छ।  18 फरवरीदेखि स्कूल शुरु भएता पनि हालसम्म स्कूलमा मध्यान्न भोजन पाकेको छैन। यसै घटनाको निरिक्षण गर्न सङ्गठनका सचिव छेत्री चम्पामाया निम्न वुनियादी प्राथमिक पाठशाला पुगेका थिए। शिक्षक प्रमुख भीम छेत्री रक्सी पिएर झुर थिए। "सर किन स्कूलमा मिड-डे मिल पाक्दैन?' छेत्रीको प्रश्न थियो। प्लास्टीकको चौकिमा हल्ली रहेका शिक्षक प्रमुख भीम छेत्रीले उतर दिए "पकाउनेहरु आउँदैनन्‌।' यता, मध्यान्न भोजन पकाउने हर्केमाया अनि गंगा छेत्री भन्छन्‌ "सरले कुनै दिन पनि बोलाएनन्‌।' शिक्षक प्रमुखले भोजन पकाउने निर्देश दिने हुन्‌ कि कर्मचारीहरुले आफू खुशी पकाउनु पर्ने हो यसै विबादले विद्यार्थीहरुले एक महिना अघिदेखि मध्यान्न भोजन खान पाएका छैनन्‌। हर्कमायाले भन्छिन्‌ "स्कूल 18 फरवरीमा लागेको हो। 4 अप्रेलको दिन मात्र  सरले बोलाउनु भयो। तर स्कूलमा पकाउनको निम्ति ग्यास चुलाको व्यवस्थापन छैन।' विगत वर्ष पनि पाठशालामा केवल दाल र भातमात्र पाकेको दुवै कर्मचारीहरुले खुलासा गरे। त्यसो भए विद्यार्थीहरुलाई हप्तमा एकचोटी अण्डा अनि मासु ख्वाउने पैसा कसको खल्तीमा पस्यो त ? एक महिनादेखि मध्यान्न भोजन नपाक्दा चालम, दाल, आलु प्याज कुहुएको अवस्थामा छ। त के अब विद्यार्थीहरुलाई कुहुएकै चामल ख्वाउने़?   यो नष्ट भएको खाध्य समाग्रीहरुको भरपाइ कसले गर्ने त?  प्रथमिक पाठशालाहरुमा आर्थिक रुपले विपन्नवर्गका विद्यार्थीहरु पढन आउँछन्‌।  विद्यार्थीहरुको संख्या किन घट्यो भन्ने प्रश्न गर्दा शिक्षक छेत्रीको सोझो जवाब छ "छेवैमा नर्सरी स्कूल छ।' तर, उनी बुझ्दैनन्‌  अविभावकहरु किन नर्सरी स्कूल पढाउन बध्य छन्‌। स्कूलको पाचौ श्रेणीमा केवल एकजना विद्यार्थी छन्‌। उनी आज स्कूल आएनन्‌ पाचौ श्रेणी बन्द छ। हालमा विद्यार्थीहरुको कुल संख्या 28 छ तर, आज 7 जनामात्र उपस्थित थिए।  स्कूलमा कुनै प्रकारको अनुशासन छैन न त सञ्चालन समिति नै सक्रिय छ। महिनौसम्म मध्यान्न भोजन नपाक्दा पनि सञ्चालन समिति मौम छ। गाउँलेहरु भन्छन्‌ "भीम सरले स्कूल खतम पाऱ्यो।' वर्ष 2013 मा पनि मध्यान्न भोजन काण्डले गर्दा स्कूल बैठकमा नै अनिभावकहरुले बबाल मच्चाएका थिए। विद्यार्थीहरुको अण्डा कसले खॉंदैछ भन्ने प्रश्न चुलिएको थियो। तर, करीब दुइ वर्ष पछि आज पनि स्कूलको अवस्थामा सुधार आएको छैन। चम्पामाया आफ्नो घर छेउको स्कुल रहेको तबाउँदै विष्णु छेत्री भन्छन्‌ "यहॉं धेर भोकोपेट नानीहरु आउँछन्‌।' विद्यार्थीहरुलाई ब्यालेन्स डाइट दिनको निम्ति नै भारत सरकारले मध्यान्न भोजन परियोजना शुरु गरेको होतर यस स्कूलका विद्यार्थीहरुले ब्यालेन्स डाइट होइन दाल भात पनि खान पाएका छैनन्‌। "सरकारले नियमित रुपमा पैसासाथै सहुलियतहरु दिइरहेको छ' उनले भने "तर आजसम्म यस स्कूलमा भने विद्यार्थीहरुले ड्रेस किन्ने पैसा पाएका छैनन्‌।' स्कूललाई पिउने पानीको निम्ति 1.5 लाख रुपिया प्राप्त भएको थियो। तर, विद्यार्थीहरु महिनौदेखि सिन्टेक्समा जमेको पानी पिउन वाध्य छन्‌। पिउने पानीबाट 90 प्रतिश्त रोग लाग्ने हुनाले  विष्णु छेत्रीले सिन्टेक्सको पिउने पानी जॉंचको निम्ति लिएका छन्‌। विजुलीको बील नतिर्दा स्कूल ऋृणमा डुबेको छ। "शिक्षक प्रमुखको अवस्था नै ठीक छैन' उनले भने "भारप्राप्त सभासद रोशन गीरिले भीम सरलाई हटाउनु पर्छ।' यो घटनलाई चुनाउसॅंग जोड्‌दै उनले चुनाउ प्रचारको अवधि उम्मेद्वारहरुले प्रथमिक पाठशालाहरुको पनि भ्रमण गर्नु पर्ने आह्लान गरे। बाल हित अनि शिक्षा व्यवस्थामाथि काम गरिरहेको गैरसरकारी संस्थाहरुको नजरमा यस्ता प्राथमिक पाठशालाहरु नपर्नु पनि दुर्भाग्य नै हो। पाठशाला भित्रै शिक्षादेखि बञ्चित बनेका विद्यार्थीहरुको हितमा कुन संस्थाले काम गर्ने?  मध्यान्न भोजनको अभावमा अनाहारको शिकार बनिरहेका नानीहरुको पक्षमा कुन एनजीओ अघि आउने?  यस्ता गम्भीर प्रश्नहरुले घेरिएको छ दार्जीलिङ पहाड़को प्रथमिक शिक्षा व्यवस्थालाई। शिक्षा अनि खाध्य प्रत्येक विद्यार्थीहरुको जन्मसिद्ध अधिकार रहेको बताउँदै छेत्रीले दोषी सञ्चालन समिति अनि शिक्षक-शिक्षिकाहरु विरुद्ध विभागले कार्वाही गर्नु पर्ने माग गरेका छन्‌। उनले भने "भीम सर हटाउ स्कूल बचाउ, अब आन्दोलन गर्नेछौ।'