Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

31 Jan 2015

सहीद कर्णेल एमएन राय, कालेबुङको "तपन"

कालेबुङ, 29 जनवरी।(छेवाङ योञ्जन) "आफ्नो भूमिका यसरी निर्वहा गरी कि पर्दा झरिस्काद पनि थप्पड़ी बजिरहोस्" 2/9 गोर्खा राइफलका अधिकारी कर्णेल मनिन्द्रनाथ रायले आफू सहीद हुन अघि सम्पूर्ण देशवासीलाई यस प्रकारको सन्देश दिएकाछन्। हालको प्रसिद्ध सामाजिक सञ्जाल वाट्सएपमा यस्तो स्टाट्स लेख्नसाथ कर्णेल मनिन्द्र रायको जीवनमा पर्दा झरिसकेको छ अनि तिनको सम्झानामा हाल देशका तमाम नागरिकहरूले थप्पड़ी बजाइरहेका छन्। तर, धेरैलाई थाहा नभएको कुरा ! सहीद बनेका कर्णेल मनिन्द्रनाथ रायको गहिरो सम्बन्ध कालेबुङसँग जोडिएको थियो। कुरा पचासको दशकको हो।
तिनका पिता नगेन्द्र प्रसाद राय एव एनपी सर कालेबुङ सरकारी विद्यालयका प्रधानाध्यपक थिए। त्यस समय तिनी प्रसिद्ध एनसीसी शिक्षकका नामले कालेबुङमा परिचित थिए। तिनै एनसीसी शिक्षकका कान्छा छोरा हुन् सहिद मनिन्द्रनाथ राय एव कर्णेल एमएन राई उर्फ "तपन"। सहीद कर्णेल एमएन रायलाई तिनका समकालिनहरूले "तपन"ले सम्बोधन गर्थे। सन् 1952 सालतिर यहाँको इञ्जीन डाँडा परिसरमा अवस्थित राँनी कोठीमा राय परिवार वसोवास गर्थे। त्यसै कोठीमा 1974 सालमा नगेन्द्र प्रसाद रायको कान्छा छोराको रूपमा सहीद एमएन रायले जन्म लिएका थिए। तिनका दुइ दाजुहरू छन् दिरेन्द्रनाथ राय अनि यतेन्द्रनाथ राय। पिता एनपी राय एनसीसीका शिक्षक रहेका कारण नै तिनका तीनैजना छोराहरू देश रक्षका लागि मरिमेट्थे। फलस्वरूप जेठा छोरा गोर्खा राइफलका कर्णेल हुन हाल तिनी कलकतमा सेवारथ छन्। असममा सेवारथ रहेका माइला छोरा अर्धसैनिक बलमा कमानडेन्ट पदमा छन्। तर, तीन छोराहरू मध्ये आज कान्छा छोरा एमएन रायले भने रणभूमिमा नै विरगति प्राप्त गरे। राय परिवारका खुबै नजिकका छिमेकी अधिवक्ता डी एन पाण्डेले सहीद कर्णेल एमएन रायलाई नजिकबाट चिनेका छन्। सानदेखि नै सहीद एमएन रायमा देश प्रेमको भवना ओतप्रोत भएको तिनी बताउँछन्। देशको 66 औँ गणतन्त्र दिवसमा तिनले युद्ध सेना मेडल ग्रहण गरेक थिए। उक्त सम्मान प्राप्त गरेको 48 घण्टा नबित्दै कर्णेल एमएन रायले जम्मू-काशमिरको पुलवामा आतंकवादी आक्रमणमा विरगति प्राप्त गरेका हुन्। विरगति प्राप्त पछि "नेशनल हिरो"को उपाधी पाएका कर्णेल एमएन रायले आफ्नो प्रथमिकस्तरको शिक्षा कालेबुङकै सेभेनडेज एडभेन्टिज चर्च स्कूलबाट ग्रहण गरेका थिए। त्यस पछि यहाँको सरकारी विद्यालयबाट तिनले बाह्रौ श्रेणीसम्मको शिक्षा आर्जन गरेका थिए। सानैछदा पिताका एनसीसी ड्रेस लगाएर तिनले सेनाको खाटी नकल गर्थे। त्यसैले अह्लावाद विश्वविद्यालयको अध्ययन पछि तिनी 2/9 गोर्खा राइफलमा भर्ना भएका थिए। जन्मदेखि युवाकालसम्म कालेबुङमै हुर्केका कर्णेल एमएन रायले विरगति प्राप्त गरेको घटनाले कालेबुङका तिनका मित्रमण्डली, परिचित र शुभचिन्तकहरूलाई ममार्हत पारेको छ। यता, तिनका छिमेकी डीएन पाण्डेले तिनको बिरता अनि इमान्दारीताको गुणगाण गरेका छन्। आफ्नो तीनै जना छोराहरूलाई देश रक्षका निम्ति अर्पण गर्ने एनपी राय औकाश ग्रहण पछि भने आफ्नै पूर्खौली थलो उत्तर प्रदेशको डेढ़ागावामा बस्दै आइरहेका छन्। तर, आफ्नो सरकारी भत्ताको सिलसिलामा तिनी विगत 2013 सालसम्म कालोबुङ आइनै रहन्थे। हाल तिनले 80 वर्ष पुरा गरिसकेका छन्।
कालेबुङकै माटोमा हुर्केका कर्णेल एमएन रायले आफू पछि आफ्नी स्वास्नी प्रियाङ्का, 12 वर्षीय छोरी अलका, 9 वर्षीय छोरी रिचा अनि 7 वर्षे छोरा अधित्यलाई छोडी राखेका छन्। आज तिनको अन्तिम संसकार सैनिक सम्मानको साथमा दिल्लीमा सम्पन्न भयो।
युद्ध मैदानमै विरगति प्राप्त गर्ने एमएन रायलाई देशका सम्पूर्ण युवाहरूले उदाहरण स्वरूप लिनु अतिअवश्यक छ। तिनका छिमेकी डीएन पाण्डेले पनि कर्णेल एमएन रायको बिरगतिलाई पहाड़का युवाहरूले प्रेणास्वरूप लिइनुपर्ने बताएका छन्। सहीद हुन अघि तिनले दिएको सन्देश "आफ्नो भूमिका यसरी निर्वहा गरी कि पर्दा झरिस्काद पनि थप्पड़ी बजिरहोस्" यसले केवल भारतवासीलाई मात्र होइन सम्पूर्ण विश्वलाई नै नयाँ उर्जा दिएको छ।

29 Jan 2015

पेदोङ अग्निकाण्ड, अग्निशमन विभागको माग

कालेबुङ, 28 जनवरी (छेवाङ योञ्जन) कालेबुङ खण्ड दुइको प्रमुख वाणिज्य केन्द्र मानिने पेदोङलाई 27 जनवरी बेलुकीको विषण अग्निकाण्डले करोडौको नोक्सान पुऱ्याएको छ। अग्निकाण्डले कालेबुङ शहरदेखि कुल 22 किलोमिटर टाड़ामा अवस्थिति उक्त बजारको लगभग 40 वटा घरलाई क्षति पुऱ्याएको छ। अग्निकाण्डका चपेटमा परेका 40 परिवारका कुल 100 जना भन्दा अधिक मानिसहरू हाल घरविहिन बनेका छन्। पटक-पटक आगलागीको शिकार बनिरहेको पेदोङमा यो आजसम्मकै भयानक अग्निकाण्ड हो। यसैले अग्निकाण्डको घटना पछि चिन्तित बनेका पीडित अनि पेदोङवासीले हाल पेदोङमा नै अग्निशमन विभाग हुनुपर्ने माग गरिरहेका छन्।
घटना 27 जनवरीको मध्यरात 12 बजी तिर भएको हो। जुनबेला पेदोङवासी मस्त निन्द्रामा थिए। तर, बजार माझको चिया दोकानबाट सल्केको आगोले केही क्षणमा नै भीषण रूप लिँदा सम्पूर्ण बजारवासीको होस, हवस उढेको थियो। लगभग 30 मिनट भित्रमानै आगलागीको भिषणरूप आम मानिसको नियन्त्रणदेखि बाहिर पुगीसकेको थियो। मध्यरातमा शुरू भएको उक्त अग्निकाण्डले केही बेरमा नै छेउछाउको दोकान-पाठ अनि निजी आवसहरूलाई आफ्नो चपेटमा लिइसकेको थियो। पीडितहरूले आफ्नो ज्यान बाहेक यस काण्डबाट केही पनि जोगाउन सकेनन्। अग्निकाण्डमा आफ्नो ज्यानको क्षती नभएता पनि 40 वरिवारले युगौ देखि थुपारेका धन-सम्पती भने पूर्णरूपले नष्ट भएको छ। पेदोङ हाट-बजार परिसरमा लागेको उक्त आगोले क्षेत्रका धेर जस्तो काठको घरहरूलाई पूर्णरूपले ध्वस्त पारेको छ। पक्का घरहरू समेतलाई आंशिक रूपले क्षती पुऱ्याएको छ। उक्त आग्निकाण्डले लगभग 10 करोड़सम्मको क्षती पुऱ्याएको पीडितहरूको अनुमान छ। आगलागी घटनाको 30 मिनट पछि भने पेदोङ सेनाका जवानहरूले आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। सेनाका जवाहरूले केहीहदसम्म आगोलाई नियन्त्रणमा ल्याउन सफल बनेका थिए। तर, आगोलाई पुर्णरूपमा नियन्त्रणमा ल्याउन नसकेको प्रत्यक्षदर्शीहरूको भनाइ छ। पछिबाट रम्फू अनि सिङ्तामको दमकलहरू पेदोङको आगो निभाउन आइपुगेको थियो। तर, पेदोङदेखि 22 किलोमिटरको टाड़ामा मात्र रहेको कालेबुङ आग्निशमण विभागको दमकल भने घटना भएको 2 घण्टा पछि मात्र पेदोङ पुगेकोमा पीडित पक्षको धेर गुनासो छ। यसैले आज घर विहिन बनेका पेदोङ अग्निकाण्डाका पीडितहरूले पेदोङमा नै अग्निशमन विभाग हुनुपर्ने माग गरिरहेका छन्। अग्निकाण्डका पीडित सुशीलले अग्निकाण्डबारे जानकारी दिँदै आज 40 परिवार घर बिहिन बन्न पुगेको बताए। तिनले आफ्नो लगायत आफ्नै काकाको 6 परिवार रहेको घर पूर्णरूपले नष्ट भएको बताए। पेदोङमा नै फायर ब्रिगेट नभएको कारण आज पेदोङ हाटबजार परिसरका व्यवयासहरूले अग्निकाण्डको धेर नेस्कान खप्नु परिरहेको पीडितहरूको भनाइ छ। यता, पीडित विनोद अग्रवालले पनि अग्निकाण्डले आफ्नो स्मपूर्ण घर-सम्पती नष्ट पारेको बताए। तिनले भने आगलागीबाट हामीले केही पनि जोगाउन सकेनौ। तर, सम्पूर्ण पेदोङवासीको निम्ति यहाँ नै फायर ब्रिगेट हुनु आवश्यक छ। तिनी अनुसार पेदोङदेखि पाँच किलोमिटर परिसरमा नै अग्निशमन विभाग हुन आवश्यक छ। पेदोङको हाट बजार कालेबुङ खण्ड दुइ अन्तर्गत पर्ने कागे, रेसी, अलगड़ा, तन्द्रेबुङ आदि ग्रामीण क्षेत्रहरूका निम्ति प्रमुख वाणिज्य केन्द्र हो। यसैले पनि पेदोङ हाटले हालमा ठूलोरूप लिइरहेको छ। पेदोङवासी छिरिङ भोटीयाले पनि घटना प्रति खेद प्रकट गर्दै पेदोङमा अग्निशमन विभाग नहुनुमा सरकारको विफल बताएका छन्। विगतमा पेदोङमा घटेको अग्निकाण्डहरूबारे बिवरण दिँदै तिनले भने - पेदोङले विस्तारै शहरको रूप लिइरहेको छ। यसैले पेदोङ अनि अलगड़को माझमा फायर बिग्रेट हुनु जरुरी छ। तिनी अनुसार अलगड़मा फायर ब्रिगेट भए त्यसले पेदोङ, लाभा, बुद्धबारे जस्ता कालेबुङ शहरदेखि टाड़ामा रहेको क्षेत्रहरूसमेतमा समयमा नै सेवा पुऱ्याउन सक्नेछन्। क्षेत्रीय विधायकलाई अघिबाटै पेदोङमा फायर ब्रिगेट हुनुपर्ने मागबारे अवगत गराएको बताउँदै तिनले विधायकले नै यस दिशा तर्फ पहल चाल्नु पर्ने बताएका छन्। यस घटनाबारे जानकारी पाउन साथ क्षेत्रका सभासद दावा लेप्चा घटना स्थलमा पुगेका थिए। घटना स्थलको निरिक्षण गर्दै तिनले पनि पेदोङमा अग्निशमन विभाग हुनुपर्ने दिशामा पहल गरिरहेको बताएका छन्। तिनले भने फायर ब्रिगेटको सेवा हामीले समयमा पाउन सकिरहेका छैनौ। विगतमा पनि पेदोङमा धेरैवटा अग्निकाण्डको घटना घटीसकेको हो। त्यसै कारण हामीले धेरै चोटी पेदोङमा फायर ब्रिगेट हुनुपर्ने माग गरिरहेका छौ। तर, सरकारले यस दिश तर्फ ध्यान दिइरहेको छैन। जुन चै चिन्ताजनक कुरा हो। पेदोङमा घटेको अग्निकाण्डबारे जानकारी लिन महकुमा अदिकारी के राधिका अय्यर, जीटीए सभासदहरू निमा तामाङ, सीपी पौड्याय आदि पेदोङ हाट बजार पुगेका थिए। क्षेत्रवासी अनि उपस्थिति प्रतिनिधिहरूले पीडितहरूलाई राहत पुऱ्याउन एउटा समिति पनि गठन गरेको छ।
हालका निम्ति अग्निकाण्डका पीडितहरूलाई पेदोङ स्वर्जनिक भावनमा राहतको व्यवस्था मिलाएको छ। अर्कोतिर घटनाबारे जानकारी पाएपछि जीटीए प्रमुख एव मोर्चा अध्यक्ष विमल गुरूङले पनि खेद प्रकट गरेका छन्। तिनले एउटा प्रेस विज्ञाप्ती जारी गरी पीडितहरूलाई चाडो-भन्दा चाडो राहत सामाग्री प्रदान गर्ने आश्वसन दिएका छन्। यो समय पहाड़का सम्पूर्ण संघ-संस्थाहरूले पेदोङ अग्निकाण्डका पीडितहरूलाई सह्योग पुऱ्याइ दिने अपिल गर्दै तिनले आफूस्वयम पनि पेदोङ आउने बचन दिएका छन्। पीडितहरूको सूची सीआर राई, छगमल गर्ग, सुरेश अग्रवाल, सुनिल अग्रवाल, किशाल अग्रवाल, अजय अग्रवाल, विनोद अग्रवाल, मनोज अग्रवाल, डन अग्रवाल, मुकोश अग्रवाल, रूपेन अग्रवाल, फेमश टेलर, नविन विश्वकर्म, सुखसागर, विद्यासागर साहा, अलतु कानु, सुवास कानु, भूपाल कानु, दर्मेन्द्र कानु, निर्मल कानु, विसाल कानु, सन्दिप जैन, रामनाथ मह्तो, सुपेनद्र मह्तो, सन्तोष मह्तो.

25 Jan 2015

दार्जीलिङमा, सेन्तेरेम फिभर

सेन्तेरेम सेन्तेरेम हाइदिउ न सेन्तेरेम, हालमा सबैको मुखमा यो गीत झुण्डीएको छ। भनौ नेपालीहरूको अधिक बसोबास रहेको दार्जीलिङ पहाड़मा अहिले सेन्तेरेम फिभर छाएको छ। बिजय, बिकाशको म भए पर्देशी, थुपदेन भोटीयाको मेरो हजुर झुपडी बास छ, अनि मन्त्र ब्याण्डको रक नम्बरहरू पछि अहिले सेन्तेरेमले दार्जीलिङको सङ्गतीक क्षेत्रमा बलियो स्थान पाइरहेको छ।
बितेको वर्षको मध्यतिरतिरदेखि अत्याधिक चर्चामा रहेको गीत सेन्तेरेमको अडियो क्यासेट आज औपचारिक रूपमा व बिमोचन गरियो। विमोचन अघिदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा प्रसिद्धि कमाइसकेको यस गीति एल्बम आज राई समुदायको येलेदोङ पर्वअवधि सिक्किमका गायिका नर्थ इस्ट सुपरस्टार रेमन्ती राईको बाहुलीबाट गरिएको थियो। सेन्तेरेम अनि अन्य चारवटा गीतहरू रहेको यस एल्मबका गीतकार उज्ज्वल बमजन हुन् भने अजय राई अनि निलम मोक्तानको सङ्गीत संयोजनमा तयार भएको यस एल्बमका गीतहरू स्थानीय भालुखोपनिवासी प्रणेश राईले गाएका छन्। गायक प्रणेश राई यस गीतको सफलापछि अध्याधिक खुशी छन्।
यसै गीतले नै आफूलाई गायकको रूपमा स्थापित गरेपछि उनले अहिलेसम्म दार्जीलिङ, खरसाङ सिलगडी, कालेबुङ आदि ठाउँहरूमा प्रस्तुति दिने अवसर पाएका हुन्। “कुनै पनि गायकको एल्बम निकाल्ने सपना हन्छ”-प्रणेश भन्छन्-“यसैले आज पहिलेबाटै चर्चा पाइसकेको गीतहरू समावेश रहेको एल्बम सेन्तेरेम निक्लाल्न पाउँदा सन्तुष्ट लागेको छ।” आज सेन्तेरम-को अडियो क्यासेट सार्वजनिक भएपछि पछि,बाट यसको भिडियो एल्बम पनि बनाउने प्रणेशले सोच बनाएका छन्।