Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

15 Jan 2015

माघे संक्रान्ति, घट्दो तरूलको बजार

कालेबुङ, 14 जनवरी।(छेवाङ योञ्जन) माघे संक्रान्तिको दिन गोर्खा समुदायमा तरुल खाने संस्कार रहेका कारण कालेबुङको बजारमा तरूलको माग बढ्दो छ। आज बुधबारको कालेबुङको हाटमा मागे संक्रान्तिलाई केन्द्र गर्दै कालेबुङ संल्ग्न बस्तीहरूबाट ल्याएका अनेकौँ प्रजातिका तरूलहरूको बजार बढ्दो थियो। कालेबुङको पारसहाटमा सँधै बस्तीका सब्जीहरू बेचबिखन गर्ने 15 माईल निवासी अमृतमाया राई अनुसार उनले यसपल्ट प्रायः सबै प्रकारका तरूलहरू बिक्रीमा राखेका छन्। बनतरूल 100 रुपियाँ प्रतिकिलो, घरतरूल 50 रुपियाँ, सिमलतरूल 30 रुपियाँ, पिडाँलु 60 रुपियाँ लगायतका मूल्यमा तरूलहरू बिक्री भइरहेको छ।
यद्यपि तरूलको बजार बितेका केही वर्षहरू यता घट्दो रहेको उनको भनाइ छ। आफ्नो संस्कार र संस्कृति आजका युवा पीडिले विस्तारै भूल्दै गएका कारण पनि तरूलको बजार घट्दो रहको हुनसक्ने उनको अनुमान छ। यद्यपि आज ठूला-साना लगायतका फूटपातसम्मका सब्जी दोकानहरू तरूलको किनबेच गर्नेहरूको सङ्ख्या धेरै थियो। गोर्खा एवं हिन्दु समुदायमा यसको धार्मिक अनि सांस्कृतिक पक्ष रहेको छ। स्थानीय एक पण्डित गणेश खतिवडा अनुसार ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी गरी उत्तरायण हुने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो। यसैले माघे संक्रान्तिलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यसै दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास रहेको खतिवडाले बताए। केही ठाउँहरूमा आज नै मकर संक्रान्ति पालन गरिएको भएपनि आज अपह्रान्न 12 बजीदेखि मात्र सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले बिहिबार नै मकर संक्रान्ति पालन गर्नुपर्ने उनको सझाउ रहेको छ। माघे संक्रान्ति पर्वमा यहाँको टिस्टा-त्रिवेणीमा स्नान गरी पूजाआजा गर्नेहरूको सङख्या पनि अहिले घट्दो छ भने केही वर्षदेखि मागे संक्रान्तिमा त्रिवेणीमा लाग्ने मेला पनि आयोजना हुन छोडेको छ। मकर संक्रान्तिका दिन नदीको किनारमा गएर स्नान गरेपछि दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ।

14 Jan 2015

जीटीए सञ्चालन गर्न मोर्चा असफल भएको दावी

कालेबुङ, 13 जनवरी। जीटीए सञ्चालन गर्न गोर्खा जनमुक्ति मोर्चा असफल भएको हिल तृणमूल युवा कङ्ग्रेसले दावी गरेको छ। आज एक भेटमा हिल तृणमूलका युवा अध्यक्ष भूपेन्द्र लेप्चाले यस्ता दावी गरेका हुन्। एक प्रश्नको उत्तरमा उनले भने, जीटीएलाई 90 प्रतिशत अधिकार दिएको छ। तर जीटीएलाई सञ्चालन गर्न नसकेर राज्य सरकारलाई दोष दिनु व्यवस्था सञ्चालनमा देखिएको असफलता हो।
जीटीएमा सरकारको बारम्बार हस्तक्षेप भइरहेको गोर्खा जनमुक्ति मोर्चाको आरोपको प्रतिक्रिया दिँदै उनले उल्टै जीटीएलाई पूर्ण स्वायत्तता दिएर पनि पहाडका कुनै समस्याहरू समाधान गर्न नसकेको बताएका छन्। उनी अनुसार पहाडमा अहिले बेरोजगारी, अस्थायी कर्मचारीहरूको स्थायीकरण साथै चिया अनि सिन्कोना बगानका श्रमिकहरूको पर्च-पट्टा मूल समस्याहरू हुन्। तर यी समस्याहरूको सामाधानको दिशमा क्षेत्रीय व्यवस्थाले कुनै काम गरेको छैन। बरू उल्टै अस्थायी कर्मचारीहरूलाई बिनाकारण स्थान्तरण एवं राजनैतिक शिकार बनाएर नोकरी समेत गुमाउनुपर्ने स्थिति सृजना गरेको लेप्चाले आरोप लगाए। यी समस्याहरूलाई क्षेत्रीय व्यवस्थाले समाधान गर्ने दिशमा पहल नगरेपनि हिल तृणमूलले भने यसपल्ट पनि राज्यकी मुख्यमन्त्रीसित यसबारे आवाज उठाउने बताएका छन्। यसअवधि उनले कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीको 2016 को चुनाउ नलड्ने घोषणामाथि पनि प्रतिक्रिया जाहेर गरेका छन्। उनले भने, अलग राज्यका निम्ति भनेर नै पहाडबाट तीनजना विधायक अनि एकजना सासंदले चुनाउ जितेका हुन्। तर अहिले आएर 2016 को चुनाउ नलड्ने घोषणा गर्नु जनतासितको घोका हो। चुनाउ नलड्ने घोषणा गर्नको साटो डा. छेत्रीले पहिलेबाट नै राजिनामा दिएको असल हुने लेप्चाले सुझाउ दिएका छन्।