Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

7 Apr 2016

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

कालेबुङ, 6 अप्रेल।
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन? गुनणस्तरीय शिक्षाको सोच राख्ने हरेकलाई हालमा यी प्रश्नहरुले सताइरहेको छ।
तर, पहाड़को शिक्षा व्यवस्था दिनोदिन झुर बन्दै जानुमा  पाठशाला सञ्चालन समिति अनि शिक्षक प्रमुखहरु जिम्मेवार रहेको कुरा  खुलासा भएको छ। कालेबुङ महकुमाको भालुखोप ग्राम पञ्चायतमा अवस्थित छ "चम्पामाया निम्न वुनियादी प्रथमिक पाठशाला। सन्‌ 1957 सालमा स्थापित उक्त पाठशालाको वर्तमान बेहाल अवस्थाले जो कोहीलाई पनि स्कूल सञ्चालन समिति अनि स्कूल प्रमुखलाई प्रश्न गर्न बाध्य बनाउँछन्‌। वर्ष 2013देखि शिक्षक प्रभारी भीम छेत्रीको देखरेकमा रहेको उक्त स्कूलले विद्यार्थीहरुको भविष्यमात्र बिगारेको छैन तर, दार्जीलिङ पहाड़को प्रथमिक पाठशालाहरुको पनि बदनाम गरिरहेको छ। कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीको साथमा आज हिमालय दर्पणलेे उक्त पाठशालाको आकसमिक भ्रमण गरेको थियो। यस पाठशालामा सचिव छेत्रीले पार्थमिक स्तरको पढाई गरेका छन्‌। तर, स्कूलको वर्तमान अवस्थादेखि उनी खुशी छैनन्‌। किन कि दुइ वर्षको अन्तरालमा विद्यार्थीहरुको संख्या घटेर 2 सयदेखि 7 मा पुगेको छ।  18 फरवरीदेखि स्कूल शुरु भएता पनि हालसम्म स्कूलमा मध्यान्न भोजन पाकेको छैन। यसै घटनाको निरिक्षण गर्न सङ्गठनका सचिव छेत्री चम्पामाया निम्न वुनियादी प्राथमिक पाठशाला पुगेका थिए। शिक्षक प्रमुख भीम छेत्री रक्सी पिएर झुर थिए। "सर किन स्कूलमा मिड-डे मिल पाक्दैन?' छेत्रीको प्रश्न थियो। प्लास्टीकको चौकिमा हल्ली रहेका शिक्षक प्रमुख भीम छेत्रीले उतर दिए "पकाउनेहरु आउँदैनन्‌।' यता, मध्यान्न भोजन पकाउने हर्केमाया अनि गंगा छेत्री भन्छन्‌ "सरले कुनै दिन पनि बोलाएनन्‌।' शिक्षक प्रमुखले भोजन पकाउने निर्देश दिने हुन्‌ कि कर्मचारीहरुले आफू खुशी पकाउनु पर्ने हो यसै विबादले विद्यार्थीहरुले एक महिना अघिदेखि मध्यान्न भोजन खान पाएका छैनन्‌। हर्कमायाले भन्छिन्‌ "स्कूल 18 फरवरीमा लागेको हो। 4 अप्रेलको दिन मात्र  सरले बोलाउनु भयो। तर स्कूलमा पकाउनको निम्ति ग्यास चुलाको व्यवस्थापन छैन।' विगत वर्ष पनि पाठशालामा केवल दाल र भातमात्र पाकेको दुवै कर्मचारीहरुले खुलासा गरे। त्यसो भए विद्यार्थीहरुलाई हप्तमा एकचोटी अण्डा अनि मासु ख्वाउने पैसा कसको खल्तीमा पस्यो त ? एक महिनादेखि मध्यान्न भोजन नपाक्दा चालम, दाल, आलु प्याज कुहुएको अवस्थामा छ। त के अब विद्यार्थीहरुलाई कुहुएकै चामल ख्वाउने़?   यो नष्ट भएको खाध्य समाग्रीहरुको भरपाइ कसले गर्ने त?  प्रथमिक पाठशालाहरुमा आर्थिक रुपले विपन्नवर्गका विद्यार्थीहरु पढन आउँछन्‌।  विद्यार्थीहरुको संख्या किन घट्यो भन्ने प्रश्न गर्दा शिक्षक छेत्रीको सोझो जवाब छ "छेवैमा नर्सरी स्कूल छ।' तर, उनी बुझ्दैनन्‌  अविभावकहरु किन नर्सरी स्कूल पढाउन बध्य छन्‌। स्कूलको पाचौ श्रेणीमा केवल एकजना विद्यार्थी छन्‌। उनी आज स्कूल आएनन्‌ पाचौ श्रेणी बन्द छ। हालमा विद्यार्थीहरुको कुल संख्या 28 छ तर, आज 7 जनामात्र उपस्थित थिए।  स्कूलमा कुनै प्रकारको अनुशासन छैन न त सञ्चालन समिति नै सक्रिय छ। महिनौसम्म मध्यान्न भोजन नपाक्दा पनि सञ्चालन समिति मौम छ। गाउँलेहरु भन्छन्‌ "भीम सरले स्कूल खतम पाऱ्यो।' वर्ष 2013 मा पनि मध्यान्न भोजन काण्डले गर्दा स्कूल बैठकमा नै अनिभावकहरुले बबाल मच्चाएका थिए। विद्यार्थीहरुको अण्डा कसले खॉंदैछ भन्ने प्रश्न चुलिएको थियो। तर, करीब दुइ वर्ष पछि आज पनि स्कूलको अवस्थामा सुधार आएको छैन। चम्पामाया आफ्नो घर छेउको स्कुल रहेको तबाउँदै विष्णु छेत्री भन्छन्‌ "यहॉं धेर भोकोपेट नानीहरु आउँछन्‌।' विद्यार्थीहरुलाई ब्यालेन्स डाइट दिनको निम्ति नै भारत सरकारले मध्यान्न भोजन परियोजना शुरु गरेको होतर यस स्कूलका विद्यार्थीहरुले ब्यालेन्स डाइट होइन दाल भात पनि खान पाएका छैनन्‌। "सरकारले नियमित रुपमा पैसासाथै सहुलियतहरु दिइरहेको छ' उनले भने "तर आजसम्म यस स्कूलमा भने विद्यार्थीहरुले ड्रेस किन्ने पैसा पाएका छैनन्‌।' स्कूललाई पिउने पानीको निम्ति 1.5 लाख रुपिया प्राप्त भएको थियो। तर, विद्यार्थीहरु महिनौदेखि सिन्टेक्समा जमेको पानी पिउन वाध्य छन्‌। पिउने पानीबाट 90 प्रतिश्त रोग लाग्ने हुनाले  विष्णु छेत्रीले सिन्टेक्सको पिउने पानी जॉंचको निम्ति लिएका छन्‌। विजुलीको बील नतिर्दा स्कूल ऋृणमा डुबेको छ। "शिक्षक प्रमुखको अवस्था नै ठीक छैन' उनले भने "भारप्राप्त सभासद रोशन गीरिले भीम सरलाई हटाउनु पर्छ।' यो घटनलाई चुनाउसॅंग जोड्‌दै उनले चुनाउ प्रचारको अवधि उम्मेद्वारहरुले प्रथमिक पाठशालाहरुको पनि भ्रमण गर्नु पर्ने आह्लान गरे। बाल हित अनि शिक्षा व्यवस्थामाथि काम गरिरहेको गैरसरकारी संस्थाहरुको नजरमा यस्ता प्राथमिक पाठशालाहरु नपर्नु पनि दुर्भाग्य नै हो। पाठशाला भित्रै शिक्षादेखि बञ्चित बनेका विद्यार्थीहरुको हितमा कुन संस्थाले काम गर्ने?  मध्यान्न भोजनको अभावमा अनाहारको शिकार बनिरहेका नानीहरुको पक्षमा कुन एनजीओ अघि आउने?  यस्ता गम्भीर प्रश्नहरुले घेरिएको छ दार्जीलिङ पहाड़को प्रथमिक शिक्षा व्यवस्थालाई। शिक्षा अनि खाध्य प्रत्येक विद्यार्थीहरुको जन्मसिद्ध अधिकार रहेको बताउँदै छेत्रीले दोषी सञ्चालन समिति अनि शिक्षक-शिक्षिकाहरु विरुद्ध विभागले कार्वाही गर्नु पर्ने माग गरेका छन्‌। उनले भने "भीम सर हटाउ स्कूल बचाउ, अब आन्दोलन गर्नेछौ।'

17 Feb 2016

“पिरती आफै हुँदोर’छ” प्रेमको मूल्य स्थापित गर्ने हूक्यर्सको प्रयास"

कालेबुङ, 14 फरवरी।
समाजमा मनवीय प्रेमको मूल्य फर्काइल्याउन हूक्यर्सले भेलेनटाइन डेलाई आज विशेष प्रकारले पालन गरेको थियो। हुन त हूक्यर्सले प्रत्येक वर्ष नै प्रेम दिवस पालन गर्दै आइरहेको हो। तर, यस चोटी भने उक्त संस्थाले समाजका हरेक तपकाका व्यक्तीत्वहरुलाई लिएर प्रेम दिवस पालनको व्यवस्था मिलाएको थियो।
कार्यक्रम यहाँको बाह्रा माइलमा अवस्थित रौनक गेस्ट हाउसमा सम्पन्न भएको थियो। आजको कार्यक्रममा एसयुएमआइ स्कूलका उपाप्राचार्य जायोन लेप्चा, भूतपूर्व फूटबल खेलाड़ी उर्गेन लामा, दृष्टी प्रोडक्सनका निर्देशक अजय अग्रवाल, वेबल कमप्युटर सेन्टरका निर्देशक राजीव चाचन, वरिष्ठ नागरिक गर्जमान राई, हूक्यर्सका संस्थापक एरोन योञ्जन, केटीभीका निर्देशक नरेन्द्र तामाङ, युवा कवि मनोज बोगटी आदिको विशेष उपस्थिति रहेको थियो।  
पिरती आफै हुँदोर भन्ने थिम राखेर यसचोटी हूक्यर्सले पुरानो प्रेम प्रथा र रोमान्सहरुलाई मञ्चमा उतार्ने प्रयास गरेको थियो। कार्यक्रम शुरू हुन अघि ओपन मञ्चमा 80को दशकको रोमान्टीक गीतहरु बजिरहेको थियो। यसै बीच हूक्यर्सका कलाकारहरु निशा अनि टासी राईले गाउन शुरु गरे गजबका हे दिन देखो जरा। सुरीलो स्वरको यो डुएट प्रस्तुतीले कार्यक्रममा उपस्थित बनेका सबैलाई केहीबेर भावुक बनाएको थियो। उपस्थित अतिथिहरु अनि युवाहरुको भावुक्तालाई आकर्षण गर्न मञ्चमा चड़ेका थिए कवि प्रदीप लोहागुण। उनले भेलेनटाइन डेको एतिहासिक पक्ष खुलाउन पौराणीक कथा सुनाए। प्रेममा अधारित रोम राज्यको कथा सुनाइरहेका युवा कवि लोहागुणले आज सम्पन्न गरिएको कार्यक्रमको उद्देश्यबारे प्रकास पार्दै कार्यक्रम सञ्चालन गरेका थिए। आजको युवा पुस्तामा भेलेन्टाइन डेको क्रेज बढ्दो रहेता पनि प्रेमको मुल्य भने जोखिममा रहेको कवि लोहागुणको भनाइ छ। कार्यक्रममा स्वागत सम्बोधन संस्थाका सलहाकार टासी शेर्पाले राखेका थिए। आफ्नो छोटो सम्बोधनमा उनले युवाहरुलाई सम्झौता बिहिन प्रेमको सम्मान गर्नुपर्ने सन्देश दिएका थिए। उनले भने – प्रेममा फाइदा खोजे त्ये व्यवसाय हुन्छ। तर, प्रेम व्यवसाय होइन। कार्यक्रमलाई थप रोचक बनाएको थियो कवि मनोज बोगटी र उनकी पत्नी भक्ती बोगटीमाझको प्रेम प्रसङ्गले। दुवै दाम्पतीमाझ मिडिएटर थिए कवि प्रदीप लोहागुण। युवा एकादेमी पुरस्कार विजेता मनोज बोगटीले भक्तीसँगको बिवहा पुर्वको प्रेमप्रसङ्ग सुनाउँदै आफूले भक्तीलाई लेखेको अन्तीम प्रस्ताव पत्र पढेर सुनाए। बोगटीको अन्तीम प्रस्ताव पत्रको जवाबमा आफूले लेखेको चिठ्ठी भक्तीले पठन गरेकी थिइन्। प्रेम पत्र लेख्न भूलीसकेका युवाहरुका निम्ती मनोज र भक्तीको प्रेम कथा प्रेणादायक अनि रोमान्टीक विषय थियो। अतिथिहरुको  बिवहा अघिको प्रेमिल क्षणहरु मञ्चमा उतार्न आतुर थिए प्रदीप लोहागुण। उनले क्रमैले सिने निर्माता एव निर्देशक बिक्रम पराजुली दाम्पती, फुटबलर उर्गेन लामा दाम्पती, केटिभी निर्देशक नरेन्द्र तामाङ दाम्पती अनि हूर्यर्सका संस्थापक एरोन योञ्जन दाम्पत्यलाई मञ्चमा निमत्याएर पती-पत्नीमाझको परिवारिक अनि प्रेमसङ्ग झिकेका थिए। यता, एसयुएमआइका उपाप्राचार्य जायोन लेप्चाले आफ्नो पूर्व प्रेम कथा सुनाएका थिए। युवाहरूलाई नारी अनि प्रेमको सम्मान गर्नुपर्ने सन्देश दिँदै उनले हूक्यर्सको कार्यक्रमको पनि प्रसंसा गरे। आजको कार्यक्रम अवधी बिवाहित जीवनको 50औँ वर्ष पुरा गरिसकेका गर्जमान राई दाम्पतीलाई संस्थाले भेलेनटाइन कपल अफ दी इयरले सम्मान जनाएको छ। यसरी नै बिवाहित जीवनको 25औँ वर्ष पुरा गरेकोमा फुटबलर उर्गेन लामा दाम्पतीलाई पनि सोही सम्मान प्रदान गरेको छ। कार्यक्रममा उपस्थित बनेका बृद्धहरुलाई हुक्यर्सले अतिथिहरु जायोन लेप्चा अनि उर्गेन लामाको बाहुलीबाट खास्टो प्रदान गरी सम्मान जनाएको थियो। कार्यक्रममा हूक्यर्सका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

31 Jan 2016

कालेबुङको भू-भाग 2007 सालको सन्धिले स्पष्ट पारेको छ, राष्ट्र विरोधीको विवाद आफ्नै जातीलाई दोषी बनाउनु मात्र हो - जेबी राई

कालेबुङ, 31 जनवरी।

गोर्खा जनमुक्ति मोर्चा एव जीटीए चिफ बिमल गुरूङले कालेबुङको भू-भाग भुटानको रहेको भन्दै भारत सरकारले यस प्रति पदक्षेप लिने अपिल गरेका थिए।
गुरूङको यस प्रकारको बयान छापामा आउनसाथै दार्जीलिङ पहाड़लगायत राज्यमा नै गुरूङको बयान नयाँ राजनीतिक मुद्दा भएको थियो। यता, हालैमा गठित भएको जन आन्दोलन पार्टीले त गुरूङको बयान राष्ट्र विरोधी रहेको भन्दै केन्द्रीय मन्त्रीहरुसमेतलाई पत्रचार गरिसकेको छ। मोर्चा अध्यक्ष गुरूङको उक्त बयान अनि जापले उक्त बयानलाई राष्ट्री बिरोधी बताए पछि हलसम्म पनि समाजिक सञ्जालमा यस विषयमाथि विभिन्न प्रकारका प्रतिक्रियाहरु देखा परिरहेको छ। आज यसै विषयबारे आफ्नो विचार राख्दै क्रान्तिक्री मार्क्सवादी कम्युनिष्ट पार्टी(क्रामकपा) केन्द्रीय समिति उपाध्य जेबी राईले  यी घटनाहरुले भारतीय गोर्खाहरुलाई  आघात पुग्ने बताएका छन्।
"भाइ फुटे बवार लुटे"  भन्ने उखानको उदाहरण दिँदै उनले वर्ष 2007 सालमा भएको भारत-नेपाल सन्धिले कालेबुङ अनि भुटानमाझको लिज प्रथा अन्त भएको बताएका छन्। उनले भने - एक त कालेबुङ भुटानको भू-भाग हो र यसलाई कसरी जिल्ला बनायो भन्ने कुरामा ऐतिहासिक, राजनीतिक र प्रशासनिक हिसाबले एकै ठाउँमा छ। सन् 1949 को भारत-नेपाल सन्धिको बादमा 2007 मा भारत-नेपाल माझ नयाँ सन्धि बनियो। र, यस सन्धिले कालेबुङको लिजको कुरा समाप्त भएको छ भन्ने कुरा नै मैले बुझेको छु। उक्त सन्धिले लिज प्रथा अन्त भएको दावी गर्दै उनले जीटीए चिफ गुरूङलाई प्रश्न उठाएका छन्। उनले भने - बिमल गुरूङले कहाँबाट चै यो भुटानकै पर्छ र लिजको पैसा तिर्दैछ भन्ने कुरा थाहा पाए?  यो कुरा कुन सन्धिमा कहिले उल्लेख भएको छ?  2007 सालको सन्धिले भू-भाग विवादको कुरा अन्त भएको बताउँदै उनले जीटीए चिफ गुरूङको बयानलाई भने राष्ट्र विरोधी नरहेको बताएका छन्। विगतको राजनीतिक इतिहासहरु केलाउँदै उनले भने - यसलाई राष्ट्र विरोधी वयान भनेर भन्न सकिन्दैन। कारण केही दिन अघि विधायकले नै कुरा गर्दै थिए। भारत स्वाधिन हुन भन्दा अघि गोर्खा लीग पार्टीले कस्तो प्रकारको राजनीतिक अड़ान लिएको थियो त्यस बेलाको ब्रिटिस सरकारलाई। स्वधिन्ताको लगतै पछि बलभाई पटेलले नेहरुलाई लेखेको चिठ्ठी, कालेबुङमा नेहरु आउँदा यहाँका गोर्खा लीगहरुलाई नभेटेको कुराहरु विधायकले गर्दै थिए। अब यस्तै कुरा सुवास घिसिङले पनि गरे।  हामीले गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई विरोध गर्नुको एउटा कारण चै यो पनि थियो कि घिसिङले नेपालको राजालाई किन चिठ्ठी लेख्यो? भारतीय गोर्खाहरु स्वाधिन भारतको भारतीय नगरिक रहेको बताउँदै उनले छुट्टै राज्य बनिन्छ भने भारतको संविधान अनुसारले बनिने दावी गरेका छन्। विगतको घिसिङ राजनीतिको प्रसङ्ग झिक्दै उनले भने - घिसिङले इंगल्याण्डको रानीलाई चिठ्ठी लेख्ने काम थिएन। यो स्वर्भभौम राष्ट्रको कुरा विदेशमा लैजाने कुनै कारण थिएन त्यो घिसिङको गलती थियो। पछि उनी हेगमा पनि पुगे। र हेगले उनलाई सजिलै भनिदियो। कि भारतको संविधान अन्तर्गत यसमा राजनीतिक समाधान हुनुपर्छ। यी घटनाहरुले त्यस बेला गोरामुमो अध्यक्ष सुवास घिसिङलाई पनि राष्ट्र विरोधीको सज्ञा दिएको उनको भनाइ छ। उनले भने - घिसिङले नेपालको राजालाई, अमेरीकाको प्रेसिडेट्नलाई, चीनको चिएरमेनलाई चिठ्ठी लेख्दा राष्ट्रीय विरोधी कुरा भनथ्यो। तर, समयकालमा यसो भएन उनै सुवास घिसिङलाई राष्ट्रीय शान्ती पुरस्कार प्रदान गरिएको हो। हालैमा एउटा म्याकजिनले भारतीय युग पुरुषहरु मध्ये सुवास घिसिङलाई पनि सम्मान जनाएको छ। घिसिङ राष्ट्र विरोध भएन। मोर्चा अध्यक्ष एव जीटीए चिफ बिमल गुरूङले राजनीतिक अज्ञान्ताको कारण नै यस प्रकारको बयान दिएको हुन सक्ने बताउँदै उनले भने - कालेबुङ भुटानको भू-भाग हो भन्ने सायद उनकोमा तथ्य होला वा सिमित राजनीतिक ज्ञानको कारण उनले यो कुरा भनेको हुन सक्छ।  घिसिङले पनि एक चोटी भारतीय गोर्खाहरुको प्रसङ्गमा गृहमन्त्रीलाई  गोर्खाहरु चै भारतीय नगरिक हुन् कि होइनन् भन्ने प्रश्न उठाएको बताउँदै क्रामकपा नेता राईले गृहमन्त्री चौहानले 1950 अघिको जति पनि भारतीय गोर्खाहरु भारतमा छन् उनीहरु जम्मै भारतीय गोर्खाहरु हुन् भनेर उतर दिइसकेको बताए। यस प्रकारका राजनीतिक घटनाक्रमहरुले आफ्नै जातीलाई नोक्सान पुग्ने बताउँदै उनले भने - हामीले हाम्रै जातीको खोइरो खनेर, उनी चै गलती म चै ठीक भनेर औल्याउने कुरा हुँदैछ। अब मान्छे र पार्टी सबै सुवास घिसिङको उपज हुन । यही मध्ये कतिजना साथीहरु त्यही थिए। नेता तीनै हुन्। त्यो नेताले चै भारतको विरुधी कुरा गऱ्यो। म चै साचो भारतीय हु भन्ने प्रमाण गर्न खोजी रहेकाछन् नेताहरुले । तर, त्यही जनता अघि उता थियो। त्यहीँ जनता यता ल्याए पछि।  अघि चै भारत विरोधी भयो त्यो जनता अहिले चै भारत प्रेमी भयो त  त्यो जनता ?? यस्तो प्रमाण गर्नु हामीले आफैले आफैलाई धेरै दोषी बनाउनु हो। यो मलाई राम्रो लागेको छैन।