Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

17 Feb 2016

“पिरती आफै हुँदोर’छ” प्रेमको मूल्य स्थापित गर्ने हूक्यर्सको प्रयास"

कालेबुङ, 14 फरवरी।
समाजमा मनवीय प्रेमको मूल्य फर्काइल्याउन हूक्यर्सले भेलेनटाइन डेलाई आज विशेष प्रकारले पालन गरेको थियो। हुन त हूक्यर्सले प्रत्येक वर्ष नै प्रेम दिवस पालन गर्दै आइरहेको हो। तर, यस चोटी भने उक्त संस्थाले समाजका हरेक तपकाका व्यक्तीत्वहरुलाई लिएर प्रेम दिवस पालनको व्यवस्था मिलाएको थियो।
कार्यक्रम यहाँको बाह्रा माइलमा अवस्थित रौनक गेस्ट हाउसमा सम्पन्न भएको थियो। आजको कार्यक्रममा एसयुएमआइ स्कूलका उपाप्राचार्य जायोन लेप्चा, भूतपूर्व फूटबल खेलाड़ी उर्गेन लामा, दृष्टी प्रोडक्सनका निर्देशक अजय अग्रवाल, वेबल कमप्युटर सेन्टरका निर्देशक राजीव चाचन, वरिष्ठ नागरिक गर्जमान राई, हूक्यर्सका संस्थापक एरोन योञ्जन, केटीभीका निर्देशक नरेन्द्र तामाङ, युवा कवि मनोज बोगटी आदिको विशेष उपस्थिति रहेको थियो।  
पिरती आफै हुँदोर भन्ने थिम राखेर यसचोटी हूक्यर्सले पुरानो प्रेम प्रथा र रोमान्सहरुलाई मञ्चमा उतार्ने प्रयास गरेको थियो। कार्यक्रम शुरू हुन अघि ओपन मञ्चमा 80को दशकको रोमान्टीक गीतहरु बजिरहेको थियो। यसै बीच हूक्यर्सका कलाकारहरु निशा अनि टासी राईले गाउन शुरु गरे गजबका हे दिन देखो जरा। सुरीलो स्वरको यो डुएट प्रस्तुतीले कार्यक्रममा उपस्थित बनेका सबैलाई केहीबेर भावुक बनाएको थियो। उपस्थित अतिथिहरु अनि युवाहरुको भावुक्तालाई आकर्षण गर्न मञ्चमा चड़ेका थिए कवि प्रदीप लोहागुण। उनले भेलेनटाइन डेको एतिहासिक पक्ष खुलाउन पौराणीक कथा सुनाए। प्रेममा अधारित रोम राज्यको कथा सुनाइरहेका युवा कवि लोहागुणले आज सम्पन्न गरिएको कार्यक्रमको उद्देश्यबारे प्रकास पार्दै कार्यक्रम सञ्चालन गरेका थिए। आजको युवा पुस्तामा भेलेन्टाइन डेको क्रेज बढ्दो रहेता पनि प्रेमको मुल्य भने जोखिममा रहेको कवि लोहागुणको भनाइ छ। कार्यक्रममा स्वागत सम्बोधन संस्थाका सलहाकार टासी शेर्पाले राखेका थिए। आफ्नो छोटो सम्बोधनमा उनले युवाहरुलाई सम्झौता बिहिन प्रेमको सम्मान गर्नुपर्ने सन्देश दिएका थिए। उनले भने – प्रेममा फाइदा खोजे त्ये व्यवसाय हुन्छ। तर, प्रेम व्यवसाय होइन। कार्यक्रमलाई थप रोचक बनाएको थियो कवि मनोज बोगटी र उनकी पत्नी भक्ती बोगटीमाझको प्रेम प्रसङ्गले। दुवै दाम्पतीमाझ मिडिएटर थिए कवि प्रदीप लोहागुण। युवा एकादेमी पुरस्कार विजेता मनोज बोगटीले भक्तीसँगको बिवहा पुर्वको प्रेमप्रसङ्ग सुनाउँदै आफूले भक्तीलाई लेखेको अन्तीम प्रस्ताव पत्र पढेर सुनाए। बोगटीको अन्तीम प्रस्ताव पत्रको जवाबमा आफूले लेखेको चिठ्ठी भक्तीले पठन गरेकी थिइन्। प्रेम पत्र लेख्न भूलीसकेका युवाहरुका निम्ती मनोज र भक्तीको प्रेम कथा प्रेणादायक अनि रोमान्टीक विषय थियो। अतिथिहरुको  बिवहा अघिको प्रेमिल क्षणहरु मञ्चमा उतार्न आतुर थिए प्रदीप लोहागुण। उनले क्रमैले सिने निर्माता एव निर्देशक बिक्रम पराजुली दाम्पती, फुटबलर उर्गेन लामा दाम्पती, केटिभी निर्देशक नरेन्द्र तामाङ दाम्पती अनि हूर्यर्सका संस्थापक एरोन योञ्जन दाम्पत्यलाई मञ्चमा निमत्याएर पती-पत्नीमाझको परिवारिक अनि प्रेमसङ्ग झिकेका थिए। यता, एसयुएमआइका उपाप्राचार्य जायोन लेप्चाले आफ्नो पूर्व प्रेम कथा सुनाएका थिए। युवाहरूलाई नारी अनि प्रेमको सम्मान गर्नुपर्ने सन्देश दिँदै उनले हूक्यर्सको कार्यक्रमको पनि प्रसंसा गरे। आजको कार्यक्रम अवधी बिवाहित जीवनको 50औँ वर्ष पुरा गरिसकेका गर्जमान राई दाम्पतीलाई संस्थाले भेलेनटाइन कपल अफ दी इयरले सम्मान जनाएको छ। यसरी नै बिवाहित जीवनको 25औँ वर्ष पुरा गरेकोमा फुटबलर उर्गेन लामा दाम्पतीलाई पनि सोही सम्मान प्रदान गरेको छ। कार्यक्रममा उपस्थित बनेका बृद्धहरुलाई हुक्यर्सले अतिथिहरु जायोन लेप्चा अनि उर्गेन लामाको बाहुलीबाट खास्टो प्रदान गरी सम्मान जनाएको थियो। कार्यक्रममा हूक्यर्सका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो।