Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

29 Jan 2014

मानेको पातमा जनता र चलखेल

 Manoj Bogati

 कालेबुङ, 29 जनवरी। ‘जनता भनेको मानेको पातको थोपा सरह हो, पात हल्लिएपछि जनता भुइँमा खस्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मदन तामङको हत्या हुन अघि जनतालाई लक्ष्य गर्दै भनेका थिए। मदन तामङको हत्यापछि जनता तिनको विरुद्धमा ओर्लिएको देखेपछि तिनले आफ्नो टिप्पणी सच्याए। ‘जनता भनेको मानेको पातको थोपा होइन रहेछ, जनता नरहे नेताको अर्थ नहुँदोरहेछ,’ गुरूङले दुईवटा टिप्पणी दुई फरक परिस्थिति भोगेपछि नै गरेका थिए। तिनी जब जिटिएका प्रमुख बने तब जनतालाई मानेको पातको थोपा भनेर अर्थाए। मदन तामङको हत्याले मोर्चा नेताहरूको हरिबिजोक पारेको बेला जनताले देखाएको आक्रोस देखेपछि जनतामाथि राखेको धारणा सच्याए। अहिले फेरि विमल गुरूङ जिटिएका प्रमुख बनेका छन्‌ भने जनतालाई फेरि त्यही ‘मानेको पातको थोपा’ बताइरहेका छन्‌। तर विमल गुरूङले यतिबेला जनतालाई मानेको पातको थोपा बताइरहेका छन्‌ जतिबेला जनता विभिन्न शक्तिहरूमा विभाजित छन्‌। मुखेञ्जी लोकसभा चुनाउ छ अनि राज्य सरकारले मोर्चालाई लिएर चलखेल सुरु गरिसकेको छ। मोर्चालाई जिटिएमा थन्काएर तृणमूलको सरकारले आन्दोलनकारी गोर्खाहरूलाई बोर्डको प्रलोभन देखाएर विभाजन गरिसकेको छ अनि राज्यसत्ताको यो चलखेलको केन्द्र केवल लोकसभा चुनाउ नै रहेको स्पष्ट छ। कुरा के चलिरहेको छ भने लोकसभा चुनाउमा तृणमूल कंग्रेसले उम्मेदवार दिने कि मोर्चाको उम्मेदवारलाई तृणमूलले सघाउने? मोर्चाको उम्मेदवारलाई तृणमूलले समर्थन गर्नु वा तृणमूलको उम्मेदवारलाई मोर्चाले समर्थन गर्नु एउटै कुरा हो। दुवैले पठाएको सांसद ‘गोर्खाल्याण्ड’को निम्ति होइन। लोकसभा चुनाउको मुद्दा गोर्खाल्याण्ड नभएपछि जनता निश्चित रुपमा मानेको पातको थोपा नै बन्ने हो। तर थोपा रहेको जनता तृणमूल कंग्रेसको सरकारको ‘विकास बोर्ड’-को पातमा छ। ‘बोर्ड’-को कारण लेप्चाहरूको भोट तृणमूल कंग्रेसको थैलोमा खस्न पनि निस्चित छ। अब खस जनजाति, खम्बु राई, तामाङ, भुजेल, भोटिया अथवा जो जो ‘बोर्ड’-को निम्ति कम्मेर कसेर निस्किएका छन्‌, उनीहरूको भोट पनि ‘बोर्ड’-ले पकाएर तृणमूल कंग्रेसको थैलोमा नै झर्ने निस्चित कुरा हो। हरेक जात गोष्ठीको भोट बोर्डको कारण गोर्खाल्याण्ड विरोधी तृणमूल कंग्रेसलाई जाने निश्चित देखेपछि विमल गुरूङले जनताको अर्थ मानेको पातको थोपा देख्नु आश्चर्यजनक होइन। कमसेकम गोर्खाल्याण्ड यस्तो मुद्दा थियो जसले समग्र जातगोष्ठीलाई एक सूत्रमा बॉंध्ने काम गरेको थियो। जब मुद्दा नै रहेन तब त्यो एकता फुटेर बोर्डमा विभाजित छ। यो विभाजन सम्पूर्ण जातिको निम्ति कतिको हानिकारक हो, त्यसबारे बहस भइरहेको छैन। डा. महेन्द्र पी. लामाले गरिरहेको कसरतले पनि भोट विभाजित हुने निश्चित रहेको छ। विमल गुरूङको पार्टीले छुट्टै राज्यको निम्ति राष्ट्रिय पार्टी भाजपा वा कंग्रेस कसलाई समर्थन गर्ने भन्ने कुराको जवाब स्वंय मोर्चासित पनि छैन। किन भने मोर्चाले शक्ति जातगोष्ठीमा विभाजित भइसकेको छ। छुट्टै राज्यको आन्दोलन घटेर विकासमा अल्झिएपछि पाहाडका जात गोष्ठीलाई ममताको ममतामा नै विश्वास हुन थालेको छ। विमल गुरूङमाथिको विश्वास गुमाएपछि नै ‘बोर्ड’-को राजनीतिले शक्ति प्राप्त गरेको हो। हरेक जात गोष्ठीको एकता अन्तमा ‘भोट’ शक्तिमा रुपान्तर भइसकेपछि जनता मानेको पातको थापा भन्दा धेर केही पनि नहुने निश्चित भयो। तर लोकसभा चुनाउ सकिएपछि यो शक्तिको अवस्था कस्तो हुने हो, त्यो लोकसभाभरि चल्ने चलखेेलले निर्धारण गर्ने निश्चित छ।