Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

24 Apr 2014

विपक्षी दलहरूका कारण असामाजिक घटनाहरू भइरहेको छ - डा. छेत्री

कालेबुङ, 24 अप्रेल।
पहाड़मा विपक्षी दलहरूको कार्यक्रमहरूसँगै अगणतान्त्रीक र असामाजिक तत्वहरूको रगरगी धेर हुन थाल्यो दुषकर्मकाण्डको चौतर्फी विरोध भइरहेको समय विधायक डा. हर्कबहादुर छेत्रीले आज यस प्रकारको बयान दिएका हुन्। हाल टिस्टा बालिका बलत्कार घटनाको चौतर्फी विरोध भइरहेको समय कालेबुङका विधायक एव मोर्चा प्रवक्ता डा. छेत्रीको उक्त बयानले विरोधको माहोललाई नै फयातुलो पारेको छ। आज कालेबुङका पत्रकारहरूसँग कुराकानी गर्दै विधायक छेत्रीले असामाजिक क्रियाकलाप बढ़्नुमा विपक्षी दलहरूलाई जिम्मेवार बताएर आफ्नो दललाई यस्ता घटनाहरूबाट अक्षुण राख्ने प्रयास गरेका छन्।  डा. छेत्रीको उक्त बयानलाई विवादस्पद वयान मान्न सकिन्छ। दुष्कर्मकाण्डलाई केन्द्र गर्दै डा. छेत्रीले असमाजिक तत्वहरूलाई विपक्षका दलहरूले आश्रय दिइरहेको गम्भिर आरोप लगाएका हुन्। “असामाजिक तत्वहरू हुन त हरेक ठाउँमा छ”-छेत्रीले भने, “जब पहाडमा विपक्षका दलहरूको कार्यक्रमहरू हुनथाल्यो तब गणतान्त्रिक भन्दा अगणतान्त्रिक कुराहरू धेर अघि आउनथाल्यो।”
अहिले पार्टीको नाममा असमाजिक तत्वहरू विपक्षका दलहरूमा पस्ने गरेको बताउँदै असामाजिक क्रियाकपालहरूका निम्ति शंकाका सुई विपक्षतर्फ फर्काएका छन्। विपक्षका दलहरूमा असामाजिक तत्वहरू पनि पस्ने गरेको अनि समाजविरोधी कार्य गर्नेहरूलाई पनि पार्टीले प्रश्रय दिनेगरेको बताए।
उनले केही दिनअघि नशालु पदार्थ सेवनको मामिलामा पनि यस्तै काम भएको आरोप लगाए। नशालु पदार्थ सेवनको मामिलामा विपक्षका पार्टीहरूकै सहयोगमा केही दिनअघि ड्रग्स सेवन गर्नेहरूले नै उल्टा प्राथमिकी गरेको उनले उदाहरण दिए।
“पार्टीको नाममा उनीहरूलाई प्रश्रय दिनु हुँदैन, डा. छेत्रीले भने, “नत्र समाज बिग्रेर जान्छ।”
वर्तमान राजनैतिक परिस्थितिको सन्दर्भमा डा. छेत्रीले केन्द्रमा ममता-मोदीको मिलन हुनसक्ने
सम्भावना धेरै कम रहेको बताएका छन्। उनी अनुसार केही दिनअघि प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले भाजपालाई ममताको सहयोगको आशा नरहेको बयान दिएका थिए। यसैको आधारमा पनि भाजपलाई तृणमूल कङ्ग्रेसको सहयोगको आशा नरहेको डा. छेत्रीको अनुमान छ। डा. छेत्रीको धारणा अनुसार यदि केन्द्रमा भाजपा अनि तृणमूल कङ्ग्रेसमाझ गठबन्धन भएको खण्डमा पनि मोर्चालाई खासै फरक पर्दैन। प्रधामन्त्री उम्मेदवार नरेन्द्र मोदी स्वयंले गोर्खाहरूको पक्षमा कुरा गरेकाले मोदीकै वयानलाई समातेर आगामी दिनमा मोर्चा काम गर्ने पक्षमा छ।

22 Apr 2014

टिस्टा दुष्कर्मकाण्डको चौतर्फी विरोध

कालेबुङ, 21 मार्च।(छेवाङ योञ्जन)
टिस्टामा नाबालिकामाथि भएको दुष्कर्मकाण्डको अहिले चौतर्फी विरोध भइरहेको छ। यस मालिमामा एकजना आरोपी पक्रा परेपनि दोषीलाई कोठर सजाय
दिनपर्ने माग जारी छ। यस घटनामाथि टिस्टावासीमात्र होइन यहाँका विभिन्न सङ्घ-संस्था अनि व्यक्ति विशेषले पनि आज उठाउन शुरु गरेका छन्। भारतीय गोर्खा परिसङ् आफैले एउटा सर्वभारतीय गोर्खाहरूको छाता सङ्गठन रहेको बताउँछ। यस सङ्गठनले यो घटनालाई कसरी हरेको छ
? यसबेला यस्ता सङ्गठनहरूले समाजसित सरोकार रहेका यस्ता जटिल मामिलाहरूमा कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो? टिस्टामा घटेको घटनाले आज चार दिन पुरा गरेपछि भागपोलाई केही गर्नुपर्छ भन्ने लागेको छ र अन्य सङ्घ-संस्थाहरूसित मिलेर प्रतिवाद जनाउने काम शुरु गरेको छ। आज यस परिसङ्घले यहाँका विभिन्न अराजनैतिक सङ्घ-संस्थाहरू कालेबुङ कृषक कल्याण सङ्गठन, गोर्खा दुःख निवारक सम्मेलन, कालेबुङ, संरक्षण समिति, हिल सोसियल वेलफेयर सोसाइटी आदिका प्रतिनिधिहरूसित बैठक गरी कालेबुङ महकुमा अधिकारी कार्यालयमा ज्ञापन बुझाएको छ। परिसङ्घका अध्यक्ष डा. एनोस दास प्रधानले घटनाको खण्डन गर्दै दोषीले कठोरभन्दा कोठर सजाय पाउनुपर्ने माग गरेका छन्। उनले यस घटनालाई निन्दनीय बताउँदै घटनाबारे विस्तृत छानबिन गर्ने बताएका छन्। उनले भने अनुसार सङ्गठनले अस्पतालबाट पनि पीडितको अवस्था अनि स्वास्थ्य जाँच रिपोर्ट लिनेछ। यसैको आधारमा पुलिस प्रशासनलाई पनि सही कार्यवाही गर्ने आग्रह गर्नेछ। उनले केही वर्षअघिको जिना प्रधान हत्याकाण्डसरह यो मामिला हराउन नहुने अनि पिडितले न्याय पाउनुपर्ने माग गरेका छन्। अर्कोतिर, हिल तृणमूल कङ्ग्रेस महिला सङ्गठनले पनि घटनाको विरोध जनाउँदै यस घटनाले सम्पूर्ण पहाडलाई नै लज्जित बनाएको सङ्गठनकी संयोजिका ननिता गौतमले बताएकी छन्। यसरी नै गोर्खा जनमुक्ति नारी मोर्चाले पनि घटनाको खण्डन गरेको छ। यसरी नै बाल हित अनि बाल अधिकारका निम्ति कार्य गरिरहेको संस्था बाल सुरक्षा अभियानको पक्षमा संयोजिका सिस्टर सुवेषणा थापाले पनि यस्तो अमानवीय क्रियापललाई दुर्भाग्यपूर्ण बताएकी छन्। यसपल्टको यस मामिलामा न्यायको माग गर्दै जनता नै सडकमा आउनु सकरात्मक कुरा रहेको बताएकी छन्। स्मरण गराइन्छ, गत 18 अप्रेलका दिन टिस्टाको गफुर गाउँमा एउटी 3 वर्षीय नाबिकमाथि दुष्कर्म भएको घटना अघि आयो। यस घटनाको आरोपमा सुनिल राई नाम युवक पक्रा परिसकेका छन्। यस घटना घटेलगत्तैदेखि टिस्टाबासीको आक्रोश अनि प्रदर्शन कार्य जारी रहेको छ। टिस्टाबासीले शुरु गरेको यस न्यायको लडाइँमा अहिलेघरि कालेबुङका विभिन्न सङ्-संस्थाले पनि साथ दिन शुरु गरेको छ।  यद्यपि दोषीले उचित सजाय पाउनसक्छ भन्नेकुरामा सन्देह छ। अहिलेसम्म यस्ता घटनाहरूमा दोषीहरूले सजाय पाएको घटना कमै मात्र छ। यसैले टिस्टाकाण्डको विरोधमा शुरु भएको न्यायको लडाइँमा पनि मानिसहरूले कानुनप्रति विश्वास गर्न सकिरहेका छैनन्। यस सन्दर्भमा कालेबुङका एक वरिष्ट अधिवक्ता प्रभार देवानले भने अनुसार दोषीलाई सजाय दिन कानुनी लडाइँ धेरै संवोदनशिल भएर लड्नुपर्छ। यस मामिलामा उचित प्रमाणहरू सङ्कलन गर्न सकिए दोषीले कमभन्दा कम 20 वर्षको सजाय पाउनसक्छन् भने दोषीलाई उमरकैदको सजाय पनि हुनसक्छ। यस्ता मामिलाहरूमा आरोपीले जमानत पाउन गाह्रो अनि 90 दिनभित्र पुलिसले चार्सिट दर्ता गर्नुपर्ने हुन्छ। यस मामिलामा पुलिसले पनि जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने अनि प्रमाण एवं गवाहीहरू जुटाउनमा सबैले परिवार अनि पुलिसलाई सहयोग गरे निश्चय नै केही समयभित्र नै दोषीले कठोर सजाय पाउने उनले बताएका छन्।

काँडामा जीवन फूलाउने कालेबुङको पाइन भ्यू नर्सरी

कालेबुङ, 21 मार्च।
कालेबुङमा अवस्थित विभिन्न नर्सरीहरूमध्ये पाइन भ्यू नर्सरी आज कालेबुङको एउटा प्रमुख पर्यटन स्थलको रूपमा स्थापित भइसकेको छ। यहाँ आउने देशी तथा विदेशी पर्यटकहरूले पाइन भ्यू नर्सरीको भ्रमण अवाक् भन्छन् अनि सराहना गर्छन्। यहाँ आउने अधिकांश पर्यटकहरू क्याक्स्टका कलेक्सनहरू देखेर छक्क पर्दै जीवनमै नौलो अनुभव भएको बताउँछन्।
यहाँ काँडाहरूमाझ जीवन फूलाइएको छ। अत्याधिक तापमानमा मात्र फूल्ने क्याक्टसका अनेकौँ प्रजातिहरू पाइन भ्यू नर्सरीमा पाइन्छ। कालेबुङ शहरदेखि लगभग 2 किलोमिटर टाडामा अतिसा रोडमा  अवस्थित पाइन भ्यू नर्सरीमा विश्वभरिका लगभग 15 सयभन्दा धेर प्रजातिका क्याक्ट्सहहरू पाइन्छ। मुख्य गरेर क्याक्टय् गरम ठाउँहरूमा मात्र पाइन्छ। तर जबपनि पर्यटकहरू कालेबुङको पाइन भ्यू नर्सरीको भ्रमण गर्न आइपुग्छन् तब यहाँ रहेका अनेकौँ प्रजातिका क्याक्टस्हरू देखेर उनीहरू अवाक् बन्छन्। किनभने धेरजसो समय ठण्डा रहने कालेबुङको पाइन भ्यू नर्सरी आज एसियाकै सबैभन्दा वृहत क्याक्टस् नर्सरीका रूपमा स्थापित भइसकेको छ।
लगभग 42 वर्षअघिदेखि फूल खेतीमा रूची राख्ने स्व. मोहन एस. प्रधानको नीजि प्रयासमा पाइन भ्यू नर्सरी आजको स्थितिमा पुगेको हो। अर्किडको खेती अनि यसको व्यापारका स्वं प्रधानले फूल खेतीलाई आफ्नो जीवन धान्ने माध्यम बनाएका थिए। शुरू दिनहरूमा फूल खेती रूचीको विषय मात्र थियो। पछिबाट अर्किड फूल व्यवसायमा कतिपय असुविधाहरू देखापरेपछि उनले कालेबुङमा क्याक्टस् फुलाउने निधो गरेका हुन्। विदेशमा रहेका एकजना साथीको सुझाउ स्वरूप स्वं प्रधानले क्याक्टस् खेती शुरु गरेका थिए। यसबेला उनले उत्तर-दक्षीण अनि मध्य अमेरीकाबाट क्याक्यक्टस्का बिरूवाहरू कालेबुङ ल्याउने गर्थ्ये। एकजना उध्यमी व्यक्ति प्रधानको लगनशिलता अनि कर्मनिष्ठाकै फलस्वरूप आज विश्वमा नै क्याक्टस् खेतीको रूपमा पाइन भ्यू नर्सरी दोस्रो स्थानमा छ। वर्ष 2011 को जनवरी सातमा मोहन शमसेर प्रधानको निधन भएपछि आज उनकी स्वास्नी धुनु प्रधान अनि छोरी नभनिता प्रधान यसलाई अझ ठूलो रूप दिन प्रयासरत् छ।
यस नर्सरी हाल कालेबुङ आउने हरेक पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु बन्नपुगेको छ। सठिक मौसमको समय यस नर्सरीमा दैनिक 3 सयभन्दा अधिक पर्यटकहरू आउने गरेका छन्। जनवरी महिनादेखि मध्य मार्चसम्म, अप्रेल महिनादेखि मध्य जुलाईसम्म अनि अक्टोबर महिनामा यस नर्सरीमा पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। पाइन भ्यू नर्सरी कालेबुङको प्रमुख पर्यटकस्थसितै कालेबुङको परिचय हो।