Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Apr 2014

विपक्षी दलहरूका कारण असामाजिक घटनाहरू भइरहेको छ - डा. छेत्री

कालेबुङ, 24 अप्रेल।
पहाड़मा विपक्षी दलहरूको कार्यक्रमहरूसँगै अगणतान्त्रीक र असामाजिक तत्वहरूको रगरगी धेर हुन थाल्यो दुषकर्मकाण्डको चौतर्फी विरोध भइरहेको समय विधायक डा. हर्कबहादुर छेत्रीले आज यस प्रकारको बयान दिएका हुन्। हाल टिस्टा बालिका बलत्कार घटनाको चौतर्फी विरोध भइरहेको समय कालेबुङका विधायक एव मोर्चा प्रवक्ता डा. छेत्रीको उक्त बयानले विरोधको माहोललाई नै फयातुलो पारेको छ। आज कालेबुङका पत्रकारहरूसँग कुराकानी गर्दै विधायक छेत्रीले असामाजिक क्रियाकलाप बढ़्नुमा विपक्षी दलहरूलाई जिम्मेवार बताएर आफ्नो दललाई यस्ता घटनाहरूबाट अक्षुण राख्ने प्रयास गरेका छन्।  डा. छेत्रीको उक्त बयानलाई विवादस्पद वयान मान्न सकिन्छ। दुष्कर्मकाण्डलाई केन्द्र गर्दै डा. छेत्रीले असमाजिक तत्वहरूलाई विपक्षका दलहरूले आश्रय दिइरहेको गम्भिर आरोप लगाएका हुन्। “असामाजिक तत्वहरू हुन त हरेक ठाउँमा छ”-छेत्रीले भने, “जब पहाडमा विपक्षका दलहरूको कार्यक्रमहरू हुनथाल्यो तब गणतान्त्रिक भन्दा अगणतान्त्रिक कुराहरू धेर अघि आउनथाल्यो।”
अहिले पार्टीको नाममा असमाजिक तत्वहरू विपक्षका दलहरूमा पस्ने गरेको बताउँदै असामाजिक क्रियाकपालहरूका निम्ति शंकाका सुई विपक्षतर्फ फर्काएका छन्। विपक्षका दलहरूमा असामाजिक तत्वहरू पनि पस्ने गरेको अनि समाजविरोधी कार्य गर्नेहरूलाई पनि पार्टीले प्रश्रय दिनेगरेको बताए।
उनले केही दिनअघि नशालु पदार्थ सेवनको मामिलामा पनि यस्तै काम भएको आरोप लगाए। नशालु पदार्थ सेवनको मामिलामा विपक्षका पार्टीहरूकै सहयोगमा केही दिनअघि ड्रग्स सेवन गर्नेहरूले नै उल्टा प्राथमिकी गरेको उनले उदाहरण दिए।
“पार्टीको नाममा उनीहरूलाई प्रश्रय दिनु हुँदैन, डा. छेत्रीले भने, “नत्र समाज बिग्रेर जान्छ।”
वर्तमान राजनैतिक परिस्थितिको सन्दर्भमा डा. छेत्रीले केन्द्रमा ममता-मोदीको मिलन हुनसक्ने
सम्भावना धेरै कम रहेको बताएका छन्। उनी अनुसार केही दिनअघि प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले भाजपालाई ममताको सहयोगको आशा नरहेको बयान दिएका थिए। यसैको आधारमा पनि भाजपलाई तृणमूल कङ्ग्रेसको सहयोगको आशा नरहेको डा. छेत्रीको अनुमान छ। डा. छेत्रीको धारणा अनुसार यदि केन्द्रमा भाजपा अनि तृणमूल कङ्ग्रेसमाझ गठबन्धन भएको खण्डमा पनि मोर्चालाई खासै फरक पर्दैन। प्रधामन्त्री उम्मेदवार नरेन्द्र मोदी स्वयंले गोर्खाहरूको पक्षमा कुरा गरेकाले मोदीकै वयानलाई समातेर आगामी दिनमा मोर्चा काम गर्ने पक्षमा छ।

0 comments: