Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

24 Aug 2013

राज्यपालले राजनीतिक टिप्पणी गर्न पाउँदैन - ड़ा. छेत्री, समय आए रेफरेण्डमको कुरा गर्छु - आर. मोक्तान

कालेबुङ 23 अगष्ट:
गोर्खा जनमुक्ति नारी मोर्चाको अगुवाइमा आज कालेबुङमा जनसभा अनि जुलूश सम्पन्न भयो। छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा नारी मोर्चा कालेबुङ महकुमा समितिले आयोजन गरेको आजको जुलूश अनि जनसभामा कालेबुङका विभिन्न क्षेत्रहरुबाट हजारौ मोर्चा समर्थकहरु सामेल भएका थिए। जुलूश यहाँको डम्बरचोकबाट शुरु भएको थियो। छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा अनि राज्य सरकारको वर्तमाण तामाशाही नीतिको विरोधमा जुलूशमा उपस्थित बनेका मोर्चा समर्थकहरुले व्यापक नारा-बाजी गरेका थिए। हामीलाई गोर्खाल्याण्ड चाहिन्छ; सीआरपीएफ गो ब्याग; अनि बंलाग सरकार होसियार;को नारा लगाएर आज जुलूशमा उपस्थित बनेका मोर्चा समर्थकहरुले शहर परिक्रमा गरेका थिए। पुलिस प्रशासनले हाल जुनप्रकारले मोर्चाका शिर्ष नेताहरुलाई क्रमिकरुपमा पक्राउ गर्ने काम गरिरहेको छ यस घटनाले अझ पहाड़का आन्दोलनकारी मोर्चा समर्थकहरुमा भने थप उर्जा प्रदान गरिरहेको छ। जसको फलस्वरुप हाल मोर्चा समर्थकहरु हजारौको संख्यमा सडकमा उत्रेर प्रतेक जनसभा अनि जुलूशहरुमा भाग लिइरहेका छन्। जुलूशमा उत्रेका मोर्चा समर्थकहरुले अघिबाटै अक्रोशित बनेर बंगाल प्रशासनको नीतिको विरोध जनाँउदै मुख्यमन्त्री ममता व्येनरजी मुर्दावादको नारा लगाइ रहेका छन्। आजसम्म पनि समर्थकहरुले सो नारा दोह्रोराई रहेका छन्। नारी मोर्चाको अगुवाईमा आज शहरमा सम्पन्न भएको जुलूशले शहर परिक्रमा गरि पुन: डम्बरचोकमा आएर एउटा जनसभामा परिणत भएको थियो। शहरको मुटु मानिने डम्बरचोकमा आज सम्पन्न भएको जनसभामा नारी मोर्चा कालेबुङ महकुमा समितिकी सचिव बनदना योञ्जन, मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्री, गोर्खाल्याण्ड संयुक्त कार्वाही समिति(गोसकास)का अध्यक्ष एनोश दाश प्रधान, गोर्खाल्याण्ड टोक्श फोर्स(गोटाफो)का संयोजक आर. मोक्तान लगायत मोर्चाका कालेबुङ महकुमा समितिका प्रतिनिधिहरु उपस्थित रहेका थिए। जनसभालाई नारी मोर्चा नेता बनदना योञ्जन, प्रवक्ता ड़ा. हर्कबहादुर छेत्री अनि गोटाफो संयोजक आर.मोक्तानले सम्बोधन गरेका थिए।
डम्बरचोकको जनसमुहलाई सम्बोधन गर्दै गोटाफो संयोजक आर मोक्तानले दार्जीलिङ, खर्साङ अनि कालेबुङको एतिहासिक तथ्यहरुमाथि प्रकाश पारेका थिए। तिनले यहाँको भू-भागहरु लिएर विगतमा सिक्किम अनि भुटानसंग भारत सरकारको समझौताहरु भएको प्रसङ्ग झिक्दै एतिहासिक आधारमा दार्जीलिङ, कालेबुङ, खर्साङ, सिलगढ़ी लगायत तराई अनि डुवर्सका भू-भागहरु बंगालको नरहेको दावी गरे। बंगाल विभाजन हुँदैन भन्नेहरुले यहाँको इतिहास पढ़नु  तिनले भने बंगाल हाम्रो आमा-बाउ होइन, अविभावक होइन। तिनले कालेबुङ लगायत तराई-डुवर्सका भू-भागहरु एक-समयमा भुटानको रहेको दावी गर्दै अंग्रेज शासित भारतदेखि लिएर स्वतन्त्रत पछिको भारत सरकारसमेतले यी भू-भागहरु कर भुटान सरकारलाई तिरेको तर्कहरु अघि राखेका छन्। सन् 1865मा अंग्रेजहरुले उक्त भू-भागहरुको कर 50,000रुपया भुटान सरकारलाई तिर्नुपर्ने थियो भने सन् 1910मा उक्त कर बढ़ेर एक लाख पुगेको अनि स्वतन्त्रता पछिको भारत सरकारले प्रतिवर्ष भुटान सरकारलाई करको रुपमा पाँच लाख रुपया बुझाएको तथ्यहरु आफूकहाँ रहेको गोटाफो संयोजक आर. मोक्तानले दावी गरेका छन्। तर 2007 मा भारतको विदेशमन्त्री प्रनब मुखर्जी  अनि भुटानका राजा जिग्मी केशर माझ भएको सन्धीमा भने कर तिर्ने कुरा उल्लेख भएको छैन। यो कुरा कालन्तरमा ठूलो समस्या बन्ने छ तिनले भने समय आए हामी रेफरेन्डमको कुरा उठाउँछौ। अर्कोतिर दार्जीलिङ, खर्साङ अनि सिलगढ़ीको खजना भने भारत सरकारले सिक्किमको राजालाई दिएको प्रमाण रहेको बताउँदै तिनले उक्ता भू-भागहरु एक समय सिक्किमको रहेको दावी गरेका छन्। यो भू-भाग बंगाल र भारतको होइन भन्ने पक्षमा म छु तिनले भने तर हाम्रो मांग भारतको संविधानको आधारमा छ पहाड़का जनताको जनभावनालाई ध्यानमा लिएर अब चाडैनै भारत सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको घोषणा गरिनु पर्ने तिनले माग गरेका छन्।
कालेबुङमा आज सम्पन्न भएको तेस्रो दिनको जुलूश अनि जनसभालाई सम्बोधन गर्दै मोर्चा प्रवक्ता ड़ा. हर्कबहादुर छेत्रीले पहाड़को आन्दोलनलाई विदेशी शक्तिले सहयोग गरिरहेको छ भन्ने सरकारको आरोपको खण्डन गरे। प्रवक्ता छेत्रीले राज्यको राज्यपाल समेतले हाल सरकारको पक्ष लिएर काम गरिरहेको आरोप लगाएका छन्। सरकारको चापमा परेर राज्यपालले सागरदेखि पहाड़सम्म बंगाल एक हो भनेको छ तिनले भने राज्यपालले राजनीति बारे टिप्पणी गर्न सुहाउँदैन। बंगाल सरकार अनि राज्यपालसंग कुराकानी गर्ने मोर्चा अनि गोर्खाल्याण्ड संयुक्त कार्वाही मसितिको कुनै प्रकारको उद्देश्य नरहेको बताउँदै तिनले राज्य केवल देशको संविधानको मात्र दिन सक्ने तर्क अघि राखेका छन्। राज्यपालको व्यक्तव्य आधारहिन हो, यसले कुनै फरक पर्दैन तिनले आफ्नो सम्बोधनमा यसो भने। तिनले हाल पहाड़मा युद्धक्षेत्रको माहौल निर्माण भएको जनाउँदै अब यस आन्दोलनलाई उच्चस्तरमा पुर्याउने बताएका छन्। पहाड़वासी माझ फाटो ल्याउन सरकारले लेप्चा विकास परिषर्द गठन गरेको आरोप लगाउँदै तिनले अब सरकारको रणनीतिलाई विफल पार्न जनता अकजुट बनेर अघि बढ़नु पर्ने अपिल गरेका छन्। जबसम्म यस आन्दोलनलाई केन्द्र सरकारले हस्तक्षेप गर्दैन तबसम्म राज्य सरकारसंग कुनै प्रकारको कुराकानी नहुने डा. छेत्रीको भनाइ छ। यता नारी मोर्चा नेतृ बनदना योञ्जनले पनि आजको जनसभालाई सम्बोधन गर्दै राज्य सरकारको कुर्ता प्रति आक्रोस व्यक्त गरेकी छन्। तिनले आफ्ने सम्बोधनमा राजनीतिक बन्दी बनेका मोर्चा नेताहरुलाई बिनाशर्त रिहा गरिनु पर्ने माग गरेकी छन्।
कालेबुङमा मोर्चाको क्रमिक जुलूश अनि जनसभा यथावत रहेता पनि शहरको दोकान-पाटहरु भने पुर्णरुपमा बन्द नै रहेको छ। बन्दले यहाँका शैक्षिक संस्थानहरु, यातायत सेवा लगायत अधिकांश सरकारी कार्यलयहरुलाई प्रभाव पारेको छ

अनिश्चितकालिन बन्दलाई नैतिक समर्थन - गोजोएक

कालेबुङ 23 अगष्ट: गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधानले आज एउटा पत्रकारसम्मेलनको आयोजना गरि मोर्चाले डाकेको अनिश्चितकालिन समितिले समर्थन जनाउने बताएका छन्। मोर्चाका नेताहरुलगायत कार्यकर्ताहरु गरि कुल 721 जनालाई पुलिसले पक्राउ गरेको अवस्थामा मोर्चा अध्यक्ष विमल गुरुङले अनिश्चितकालिन पहाड़ बन्द गर्ने घोषणा गर्नु स्वाभाविक रहेको बताउँदै तिनले यस निर्णयलाई नैतिक समर्थन गर्ने जनाएका छन्। अनिश्चितकालिन बन्दको प्रभाव अनि समितिको भावी कार्यक्रम बारे छलफल गर्न आगमी 26 अगष्ट भित्रमा एउटा बैठकको आयोजना गर्ने पनि तिनले जानकारी दिएका छन्। मोर्चाले छुट्टै कार्यक्रम गर्दै समितिलाई कुनै प्रकारको समस्या नहुने बताउँदै तिनले गोर्खाल्याण्ड संयुक्त कार्वाही समिति विश्वासको आधारमा गठित भएको बताए। ‘भुल बुझा-बुझहरुलाई फन्साएर हामी केवल मिल्ने मिल्ने बुदाहरुमा मात्र अघि बढ़ने छौ’ तिनले भने ‘विश्वासलाई कायम राख्ने प्रयास गर्ने छौ’। समितिका अध्यक्ष प्रधानले हाल पुलिस प्रशासनलाई मोर्चा नेता अनि कार्यकर्ताहरुलाई पक्राउ गर्न लगाएर राज्य सरकारले जीटीए समझौता अनि मानव अधिकारको उलङ्घन गरिरहेको आरोप लगाएका छन्।

23 Aug 2013

मोर्चा सहसचिव विनय तामाङ पक्राउ, कालेबुङबाट दुइ जना सभासद गरी कूल 14 जनालाई पक्राउ गरेको रिपोर्ट

कालेबुङ 22 अगस्त(प्रदीप)। मोर्चाका शीर्ष नेतृत्व अनि कार्यकर्ताहरूलाई पुराना मामिलाहरूमा पक्राउ गर्ने क्रममा आज दलका सहसचिव अनि सभासद बिनय तामाङ  अनि सभासद् सतीश पोखरेललगायत चारजना कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। कालेबुङ पुलिसले यी दुइ सभासद्लगायत अन्य चारजना कार्यकर्ताहरूलाई सिक्किमको रुम्तेकबाट पक्राउ गरेको छ। यिनीहरूलाई आज बिहान सखारै  कालेबुङ ल्याइएको थियो। पक्रा परेका अन्य चारजना मध्ये तीनजना रिवाज सुब्बा, ललित छेत्री अनि सुधीर मंग्राती कालेबुङका हुन् भने पासाङ उर्फ मणि तामाङ सभासद सतीश पोखरेलका चालक हुन्। केही दिनदेखि भुमिगत रहेका यी दुइ सभासदसहित तिनका सहयोगीहरूले सिक्किमको रुम्तेकमा लिएर बसेका थिए। गोप्य सुइँकोको आधारमा कालेबुङ पुलिसले सिक्किम पुलिसको सहयोगमा बुधबार अबेर रातीसम्म छापामारी अभियान चलाएर यिनीहरूलाई पक्राउ गरेको थियो। यद्यपि, पुलिसले यी छजना आरोपीहरूलाई रुम्तेकबाट पक्राउ गरिएको कुराको आधिकारिक पुष्टि गरेको छैन। मोर्चा सहसचिव बिनय तामाङले नै आफूहरूलाई पुलिसले सिक्किमको रुम्तेकबाट बुधबार अबेर राती नियञ्त्रणमा लिएको खुलाएका छन। तिनीअनुसार जनमानसको चहलपहल शून्यप्रायः भएको एउटा घरमा आश्रय लिएर बसेका यी छजनालाई कालेबुङ पुलिसको टोलीले बुधबार अबेर राती सिक्किम पुलिसको सहयोगमा पक्राउ गरी कालेबुङ लिएर आएको थियो।  सिक्किमबाट आज बिहान छः बजीतिर सीआरपीएफको कडा निगरानीमा यिनीहरूलाई कालेबुङ कोर्ट परिसरमा ल्याइएको थियो। त्यहाँ निकै बेर राखिएपछि यिनीहरूलाई लगभग साढे आठबजीतिर कालेबुङ थाना लगियो। त्यहाँ पनि झण्डै दुइ घण्टा राखिएपछि यिनीहरूलाई पुनः कालेबुङ कोर्ट लगिएको थियो। एसीजेएम कमल सरकार नआइञ्जेलसम्म दुइ जना सभासदहरू बिनय तामाङ अनि सतीश पोखरेललाई कोर्टको जेनरल रिकर्ड रुममा सौहार्दपूर्ण तरिकाले राखिएको थियो भने रहल चार कार्यकर्ताहरूलाई हाजतमा हालिएको थियो। दुइ सभासदहरूलाई यहीनेर खाजाको व्यवस्था पनि गरिएको थियो। दुवैले कोर्टको जेनरल रेकर्ड रुममा बसेर बिहानको चियानास्ता गरेका थिए। कोर्टको सम्बन्धित विभागले पुराना अनि धेरैवटा मामिलाहरूको अध्ययन गर्नु परेको कारण यिनीहरूलाई विचारक कमल सरकारको अघि हाजिर गर्न निकै समय लागेको थियो। लगभग चार घण्टापछि यिनीहरूलाई अपरान्ह एकबजीतिर एसीजेएमको अघि पेश गरिएको थियो। आरोपीहरूविरुद्ध पुलिसले दर्ता गरेको मामिलाहरूको गम्भीरतालाई हेरेर विचारक कमल सरकारले छजनै आरोपीहरूलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिए। यद्यपि, बचाउ पक्षको वकिलले जमानतको निम्ति कोर्टमा अर्जी गरेको थियो तर गर जमानती धाराहरूमा मामिला दर्ता भएको कारण कोर्टले जमानतको अर्जी अस्वीकार गरेको थियो। सभासद बिनय तामाङलाई गत फरवरीमा मंत्री गौतम देवलाई कालेबुङमा कालो झन्डा देखाएको अनि वर्ष 2011-को सिब्सुमा मोर्चाको राजनैतिक कार्यक्रमको अवधीमा कानून अमान्य गरेको, पुलिस प्रशासनलाई काम गर्न बाधा दिएको, सरकारी सम्पत्ति नष्ट गरेको जस्ता धाराहरूमा आरोपी बनाइएको छ भने सभासद सतीश पोखरेल अनि अन्य चार युवकहरूलाई प्राथमिकीमा नाम उल्लेख नभएका ‘अन्य’ आरोपीको रुपमा मुद्दा दर्ता गरिएको छ। मोर्चा सहसचिव बिनय तामाङलाई कूल चारवटा मामिलाहरूमा आरोपी बनाइएको छ। तिनलाई कालेबुङ थानाको केस संख्या 21/13-मा यसै बर्षको फरवरीमा मंत्री गौतम देबलाई कालो झण्डा देखाएको, केस संख्या 202/13 अनि 17/13-मा राजमार्ग 31-ए अवरोध गरेको, केस संख्या नगरकट्टा थानाको केस संख्या 17/11-मा सरकारी समपत्ति नष्ट गरेको अनि पुलिसलाई काममा बाधा दिएको मामिलामा पक्राउ गरिएको हो। यी चारवटा मामिलाहरूमा कालेबुङ अनि जलपाईगुडी कोर्टले तिनीविरुद्ध वारण्ट जारी गरेको थियो। यता, जीटीएको रेलिङ-कैजलेका सभासद सतीश पोखरेललगायत रहल चारलाई पनि नगरकट्टा थानाको बाहेक अन्य सबै मामिलामा आरोपी बनाइएको छ। यी छ जना आरोपीहरूविरुद्ध भारतीय दण्ड संहिताको धारा 143/147/148/149/186/283/323/ 341/353/427/435/506 अन्तर्गत कालेबुङ पुलिसले मुद्दा दर्ता गरेको थियो। यसैबीच, नगरकट्टा थानाको मुद्दामा बिनय तामाङलाई केही दिनपछि जलपाईगुडीको एसीजेएम कोर्टमा प्रस्तुत गर्न लगिन सक्ने सूत्रले बताएको छ। अहिले यी छजनै आरोपीहरूलाई कालेबुङस्थित कारागारमा राखिएको छ। यता, पक्राउपछि  मिडीयासँग प्रतिक्रिया जाहेर गर्दै मोर्चा नेता बिनय तामाङले मोर्चा नेतृत्वलाई धमाधम पक्राउ गरे पनि आन्दोलन बिथोल्ने सरकारको चेष्टा कदाचित सफल नहुने विचार व्यक्त गरेका छन। आफूलगायतका कार्यकर्ताहरूले आज साँझदेखि  सरकारको कथित दमन नीति विरुद्ध भोक हड्ताल शुरु गर्ने तामाङले आज बिहान गरेको घोषणा अनुरुप कालेबुङ जेलमा अनशन शुरु गरेका छन। तिनीलगायत सतीश पोखरेल, पेमा तामाङ, बरुण भुजेल, रिवाज सुब्बा, सुधीर मङ्ग्रातीले आमरण अनशनमा भाग लिएका छन। अहिलेसम्म राज्य प्रशासनले जीटीएका सभासदहरू रमेश लामा,अनित थापा, प्रणय थापा, योगेन्द्र राई, कल्याण देवान, निमा तामाङ, महेन्द्र प्रधान, प्रभा छेत्री, बिनय तामाङ अनि सतीश पोखरेल गरी कूल दसजनाको पक्राउ गरी सकेको छ भने सयौको संख्यामा मोर्चा कार्यकर्ता र समर्थकहरूलाई पनि पक्राउ गरी, दार्जीलिङ पहाडलगायत सिलगढी र जलपाईगढीका विभिन्न जेलमा राखेका छन। कालेबुङबाट मात्र अहिलेसम्म दुइ जना सभासद गरी कूल 14 जनालाई पक्राउ गरिएको छ। मोर्चा उपाध्यक्ष अनि सभासद कल्याण देवान अहिले जलपाईगुडी जेलमा छन भने सभासद निमा तामाङसहित तिनका छः जना सहयोगीहरूलाई सिलगढी जेलमा राखिएको छ। यता, जनमुक्ति कर्मचारी संगठनका कालेबुङ महकुमा अध्यक्ष खड्क विक्रम सुब्बा, महकुमा समिति सदस्य शेखर शर्मा अनि नगरपार्षद बरुण भुजेललाई कालेबुङ जेलमा राखिएको छ। राज्य सरकारको निर्देशमा जिल्ला पुलिस प्रशासनले मोर्चा नेतृत्व र कार्यकर्ताहरूको अन्धाधुन्ध धरपकड शुर गरेपछि अहिले अहिले अधिकांश शीर्ष नेतृत्व भुमिगत बनेका छन भने केही अर्ध भुमिगत अवस्थामा छन। पुलिसले दिनहुँ तीव्रत्तर पार्दै लगिरहेको धरपकडको अभियान अन्ततः मोर्चा अध्यक्ष बिमल गुरुङलाई पक्राउ गरेर मात्र समाप्त हुने छाँट देखा परेको छ। मोर्चा अध्यक्ष अहिले सार्वजनिक रुपले प्रकट भइरहेको भए पनि ढिलो छिटो तिनलाई पनि पुलिसले आफ्नो नियञ्त्रणमा लिन सक्ने सम्भावना यतिबेला चुलिएको छ। यसबाहेक गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको तर्फबाट आन्दोलनको नेतृत्व गरी रहेका केही शीर्ष नेताहरूलाई पनि ‘घरभित्र जनता’ अनि ‘घरबाहिर जनता’ कार्यक्रमका आह्वाकका रुपमा आरोपी बनाएर पक्राउ गर्ने सोँच बनाइ रहेको स्रोतको भनाइ छ।

गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको कालेबुङमा प्रथम जनसभा, आन्दोलनकोलागी एतिहासिक मञ्च तयार भएको छ - एनोश दाश प्रधान

कालेबुङ 22 अगष्ट : कालेबुङ शहरमा सम्पन्न भएको आजको जुलूश अनि जनसभालाई गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका प्रतिनिधिहरुले नेतृत्व गरेका थिए। पहाड़मा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दवाउन राज्य सरकारले पुलिस बलको प्रयोग गरिरहेको भए पनि राज्य चहाने जनसाधरण भने सक्रियरुपमा सड़कमा उत्रीरहेका छन्। मोर्चाका अग्रिम पंक्तिका नेता एवं दलका सह-सचिव विनय तामाङलाई पुलिसले पक्राउ गरेको खबरले कालेबुङ शहर तनाउपूर्ण रहेता पनि आज सम्पन्न भएको जुलूश अनि जनसभा कार्यक्रममा भने समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। आजको जुलूशलाई गोर्खाल्याण्ड संयुक्त कार्यवाही समितिका अध्यक्ष एनोश दाश प्रधान, उपाध्यक्ष जेबी राई, मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्री, गोटाफो संयोजक आर. मोक्तान आदिले नेतृत्व गरेका थिए। जुलूश यहाँको डम्बरचोकबाट शुरु भएको थियो भने शहर परिक्रमा पछि उक्त जुलूश सदा झै डम्बरचोकमा आएर एउटा जनसमावेशमा परिणत भएको थियो। डम्बरचोकमा भेला भएको जनसमावेशलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधानले छुट्टै राज्यको मांग गर्ने पहाड़का दलहरु एउटै मञ्चमा आएर एउटा एतिहासिक काम भएको जनाउँदै सम्पूर्ण पहाड़का दलहरु गोर्खाल्याण्डको पक्षाधर रहेको कुरा प्रमाणित भएकोमा हर्ष व्यक्त गरे। ‘पक्ष र विपक्ष बिचको पर्खाल आज तोडिएको छ’ तिनले भने ‘अन्य साथीहरुलाई पनि पर्खाल तोडेर गोर्खाल्याण्डको निम्ति एउटै मञ्चमा आउने म अपिल गर्दछु’। पहाड़का सबैदलहरुलाई एउटै मञ्चमा ल्याउने मोर्चाको पहललाई तिनले स्वागत जनाउँदै यो पहलले छुट्टै राज्यको आन्दोलनमा ठूलो टेवा पुग्ने बताए। राज्य सरकार अनि उच्चा न्यायलयले आन्दोलनलाई दवाउने प्रयास गरिरहेको भए पनि आज पहाड़का सम्पूर्ण जनताले स्वतस्पूर्त आन्दोलनलाई शक्तिशाली बनाइरहेकोले तिनको भनाइ छ। तिनले आन्दोलन अवधि हाल पक्रा परिरहेका मोर्चा नेताहरुको पक्ष लिँदै उनीहरुलाई सरकारले राजनैतिक बन्दीलाई झै व्यवहार गर्नुपर्ने माग गरेका छन्। ‘हाल बन्दी भएका हाम्रा नेताहरुले जेल भित्र यातना भोगीरहेका छन्’ तिनले भने ‘चाड़ैनै सरकार अनि जेल प्रशासनले राजनैतिक बन्दीमा परेका हाम्रा नेताहरुलाई उचित सुविधा प्रधान गर्नुपर्छ’। यस विषयलाई तिनले मानव अधिकार आयोग समक्ष राख्ने बताएका छन्। आज डम्बरचोकमा सम्पन्न भएको जनसभालाई समितिका उपाध्यक्ष जेबी राईले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा तिनले सामूहिक मञ्चको प्रसंग जिक्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अब पहाड़का सबै दलहरु, व्यक्तिविषेश अनि बुद्धीजीविहरु एउटै मञ्चमा आएर एतिहासीक काम गरेको बताए। ‘अब गोर्खाहरुमा चेतना आइसकेको छ’ तिनले भने। गोर्खाहरुको एकता देखेर हाल बंगाल सरकार हल्लिरहेको बताउँदै तिनले यो एकता अनि आन्दोलनलाई तोडन सरकारले सुरक्षा बलको प्रयोग गरिरहेको आरोप लगाए। तर, कुनै पनि शक्तिले गोर्खा जातिको दिर्घकालीन मांगको निम्ति उठेको आन्दोलनलाई रोक्न नसक्ने तिनको भनाइ छ। स्वाधिन भारतमा बंगाल सरकारले हाल गोर्खाहरुको संबैधानिक मांगलाई दवाउन राष्ट्र विरोधी आरोप लगाइ तिनको भनाइ छ। ‘राष्ट्रीय मिडिया अनि अर्मी इन्टिलिजेन्समा आधारित खबरहरुले हाम्रो मांगलाई विदेशी शक्तिहरुसंग तुलना गरिरहेको छ’ तिनले भने ‘यो राष्ट्र विरोधी बनाउने प्रयास हो’। केन्द्र सरकारले तेलङ्गना झै गोर्खाल्याण्डको मुद्दालाई पनि सहि समयमा निर्णय लिएर निर्माण गर्ने प्रक्रिया अघि बढ़ाउने कुरामा आफुहरु विश्वस्त रहेको समितिका उपाध्यक्ष राईको भनाइ छ। यता, मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले पनि जनसभालाई सम्बोधन गर्दै हाल सरकार समस्याको समाधान गर्ने पक्षमा नरहेको बताए। राजनीतिक समस्यालाई सुरक्षा बल प्रयोग गरेर समाधान गर्न नसकिने बताउँदै प्रवक्ता छेत्रीले मुख्यमन्त्रीको राजनीतिक क्षमतामाथि नै प्रशन उठाएका छन्। ‘एउटा जननेताको हैसियतले जनभावना नबुझि सुरक्षा बल पठाउँछ भने यसले नेतृत्वको स्तर कति छ भन्ने प्रमाण गर्छ’ तिनले भने। सभालाई सम्बोधन गर्दै तिनले पहाड़का अन्य दलहरुका प्रतिनिधिहरुलाई पनि एउटै मञ्चमा आउने अनुरोध गरे। बंगाल सरकारले संविधानको खिल्ली उड़ाइ रहेको बताउँदै तिनले उत्तर बंगाल विकाश मन्त्री गोतम देवले नै पहाड़ अनि समतलमाझ फाटो ल्याउने काम गरिरहेको आरोप लगाएका छन्।

सरकारको नीतिको विरोधमा क्रामाकपाको जुलूश, मोर्चा नेताहरुलाई विनाशर्त रिहा गरिनु पर्ने दलको मांग

कालेबुङ 22 अगष्ट : क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी कालिझोडा शाखाले आज क्षेत्रमा एउटा जुलूश निकालेर राज्य सरकारको दमन नीतिको विरोध जनाएको छ। क्रामाकपा कालिझोडा शाखाका सचिव दिलु लोहारले जारी गरेको एउटा प्रेस विज्ञाप्ती अनुसार गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिले घोषणा गरेको घर-बाहिर जनता कार्यक्रम पालन गर्दै आज राज्य सरकारको नीतिको विरोधमा क्षेत्रमा जुलूश निकालेको हो। तर, उक्त जुलूशमा क्षेत्रका मोर्चा प्रतिनिधि अनि कार्यकर्ताहरुले भने साथ नदिएको विज्ञ्याप्तीमा उल्लेख गरेको छ। शहर परिक्रमा पछि क्रामाकपा समर्थकहरुको जुलूश बस स्ट्याण्डमा पुगेर एउटा पदसभामा परिणत भएको थियो। पदसभालाई सम्बोधन गर्दै गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा सचिव अरुण घतानीले पुलिस प्रशासनले पक्राउ गरेको मोर्चा नेताहरुलाई विनाशर्त रिहा गर्नु पर्ने माग गरेका छन्। तिनले हाल गोर्खाल्याण्डको माग कुनै एक दलको मुद्दा नरहेर जनताको मुद्दा भएकोले गोर्खाल्याण्ड राज्य चहाने सम्पूर्ण गोर्खा जाति कुनै प्रकारको झण्डा बिना नै सड़कमा उत्रीनु पर्ने अपिल गरेका छन्। अबको आन्दोलनमा कुनै प्रकारको सम्झौता नहुने तिनको भनाइ रहेको प्रोस विज्ञ्याप्तीमा उल्लेख छ। अन्य विभागका कर्माच्रीहरुले आन्दोलनलाई समर्थन गरिरहेको समय एनचपीसी स्टेज 3 अनि 4 का कार्यालयहरु भने खुल्ला रहेकोले तिनीहरुलाई गोर्खाल्याण्ड विरोधीको संज्ञ्या दिँदै राज्य सरकारले पहाडमा भय र संत्रास फैलाउने काम गरिरहेको तिनले आरोप लगाएका छन्। कालिझोड़ामा आज सम्पन्न भएको उक्त पदसभा अनि जुलूशमा गक्रायुमो अनि गक्रानामोका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो पदसभालाई गोक्रायुमो नेताहरु आनन्द घतानी, भरत छेत्री, राजेश प्रधान, शङ्‌कर शर्मा, पुरण बसोर आदिले सम्बोधन गरेका थिए।

22 Aug 2013

ममता ब्यानर्जीले पहाड हाँसेको छैन भन्ने बुझ्नुपर्छ – जे बी राई


डी के वाइबा, कालेबुङ 21 अगष्ट। “मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जीलिङ आगमनमा स्वागत अथवा बिरोध केही हुनेछैन। तर तानशाही प्रबृत्ति अप्नाएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन खोज्ने ममता ब्यानर्जीले यसपल्ट दार्जीलिङवासी हाँसेका छैन्न भन्ने बुझ्नपर्छ” उक्त कुरा गोर्खाल्याण्ड जोईन एक्सन कमिटिका उपाध्यक्ष जे बी राईले पत्रकारहरुसंग कुराकानी गर्दै भनेका हुन। तिनी दार्जीलिङ आउँदा यहाँको वास्तविकता बुझ्न आवश्यक रहेको बताउँदै बिगत दिनहरुमा “दार्जीलिङ हासीरहेको छ” भन्ने ममता ब्यानर्जीले आफ्नो संवैधानिक अधिकारको लडाईमा लडीरहेका दार्जीलिङवासी हाँसेका छैनन भन्ने कुरा बुझेर यदि साँच्चै दार्जीलिङवासीलाई माया गर्छु भन्छ भने संवैधानिक अधिकारको लडाईलाई दबाउँने प्रयास गर्न नहुने स्पष्ट पारेका छन। “आज दार्जीलिङ रोईरहेको छ। यहाँ गोर्खाहरुले भारतीय स्ंविधानले दिएको आफ्नो अधिकार माग्दैछन। उता ममता ब्यानर्जीले तानाशाही प्रवृत्ति अप्नाएर आन्दोलनलाई दबाउँन खोज्दैछन। यस्पल्ट तिनको भ्रमण के को निम्ति हो भन्ने स्पष्ट भएपछि नै हामी प्रतिक्रिया गर्नेछौँ” तिनले भने। यसैक्रममा बङगाल सरकारले लेप्चा समुदायका मानिसहरुको भाषा साहित्य संस्कृतिको बिकाशको निम्ति लेप्चा बिकाश बोर्ड गठन गर्ने कार्यलाई स्वागत गर्दै वास्तवमा लेप्चा जातिको बिकाशको निम्ति उक्त कार्यहरु यसभन्दा धेरै अघि नै भईसक्नुपर्ने मन्तव्य प्रकट गरेका छन। “लेप्चा जातिको बिकाशको कार्यबारे हामी स्वागत गर्छौ। उनीहरुले आफ्नो अधिकारको निम्ति बसेका भोक हडतालमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफुहरुको पूर्ण सहयोग हुने बचन अघिबाटओइ दिईसकेका छन। यसकारण जातिको बिकाशको मुद्दा एकपट्टि र गोर्खाल्याण्डको मुद्दा अर्कोपट्टि भएको कारण गोर्खाल्याण्डको आन्दोलनमा लेप्चा समुदायका मानिसहरु एक छन भन्ने हामी पूर्ण विश्वास गर्छौँ” जे बी राईले अझ भने। सरकारले बारम्बार फूटाऊ अनि राज गरको नीति अप्नाउँने गरिरहेको बताउँदै ममता ब्यानर्जीको पहाड भ्रमण वासत्वमा त्यही पदक्षेप हुनसक्ने तिनले आशंका प्रकट गरेका छन।

नगरपार्षद बरुण भुजेल पक्राऊ

कालेबुङ 21अगस्त(प्रदीप)
 मोर्चा नेतृत्व र कार्यकर्ताहरूलाई पुराना मामिलाहरूमा पक्राउ गर्ने क्रम जारी रहेको छ। आज कालेबुङबाट नगरपालिका पार्षद बरुण भुजेल पनि पक्रा परेका छन। कालेबुङ नगरपालिकाको वार्ड नम्बर 16का नगरपार्षद भुजेललाई आज बिहान सखारै कालेबुङ पुलिसले इष्टमेन रोडस्थित निवासबाट आफ्नो नियञ्त्रणमा लिएको थियो। तिनले हिल तृणमूलको कालेबुङ महकुमाका अध्यक्ष छेवाङ भोटियामा गत मार्चमा भएको आक्रमण काण्डमा आरोपी बनाइएको छ। आज तिनलाई यहाँको एसीजेएम कोर्टमा पेश गरी न्यायिक हिरासतमा पठाइएको छ। तिनीविरुद्ध भारतीय दण्ड संहिताको धारा 147\148\149\447\325\326 \307अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अर्कोतिर, गत तीन दिनदेखि बन्द जारी रहे पनि आज सडकमा कुनै राजनैतिक कार्यक्रम पालन गरिएन। दार्जीलिङमा प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित भएको कारण हिजो अनि आज मोर्चाले जुलुश र पथसभाका कार्यक्रम स्थगित गरेको छ।यद्यपि, गोर्खाल्याण्डको  माग गर्दै सरकारमाथि दबाउ बनाउन नवगठित गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटिको आह्वानमा बन्द पालन भइरहेको छ, फलस्वरुप पहाडको जनजीवन निकै दिनदेखि अस्तव्यस्त रहेको छ।भोलि मोर्चाले आफ्नै ब्यानरमा कार्यकर्ता र समर्थकहरू सड्कमा थुपारेर आन्दोलनको गति फेरि जोरदार बनाउन तय गरेको छ।

मन्त्रीहरुको पहाड़ भ्रमण व्यर्थ, एलडीसीले जातिमाझ फाटो ल्याउँछ - ड़ा छेत्री


कालेबुङ 21 अगष्ट:
मुख्यमन्त्रीले पहाड़ भ्रमण गर्ने कुरालाई केन्द्र गर्दै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रेले विभिन्न प्रकारका टिप्पणीहरु दिएका छन्। डा. छेत्रीले आज कालेबुङका पत्रकारहरुसंग कुराकानी गर्दै यसचोटीको मुख्यमन्त्रीको पहाड़ भ्रमण अर्थहीन बन्ने बताए। गत केहीदिन अघिको उत्तरबंगाल विकास मन्त्री गौतम देवको कालेबुङ भ्रमणलाई पनि बेअर्थको रहेको बताउँदै तिनले भने मुख्यमन्त्री पहाड़ आउन्छन् अनि बसेर जान्छन्, यसको कुनै महत्व हुँदैनबंगालबाट कुनै पनि मन्त्री पहाड़ भ्रमणमा आउँछन् भने यहाँका जनतासंग भेटघाट गर्नु पर्छ। यहाँको समस्याहरुबारे जानकारी लिनु पर्छ। आन्दोलन गरिरहेका दलहरुसंग बैठक गर्नु पर्छ तिनले भने। यदी मुख्यमनत्री आएर पहाड़मा बस्छन् भने यसलाई भ्रमण भन्न नमिल्ने डा. छेत्रीको तर्क रहेको छ। यसचोटी मुख्यमन्त्री पहाड़ आएर खाली सड़कहरु देखेर यहाँका जनताको जनभावनालाई बुझ्ने बताउँदै तिनले भने- जसले समर्थन गर्छ त्यसलाई गुड़ा दसेर पनि प्रसंसा गर्छौ, जस्ले विरोध गर्छ उसलाई शुनशान सड़कहरु देखाइ दिनछौ। यसै कुराकानीको अवधिमा डा. छेत्रीले लेप्चा विकास परिषर्दको प्रसंगमा बोल्दै यसले पहाड़का लेप्चा अनि गोर्खाहरु माझ फाटो ल्याउने बताएका छन्। आजसम्म कुनै पनि विषयमा लेप्चाहरुलाई नछुट्याएको तिनको भनाइ छ। लेप्चा डेभल्पमेन्ट मार्फत धेरै विकास गर्न सक्छौ, गोर्खाल्याण्ड मार्फत विकास गर्न सक्दैनौ, गोर्खाल्याण्डमा हामीलाई छुट्याउँछ भन्ने खालको उनीहरुको धारणा होलातिनले भने आजसम्म त्यस्तो खाले छुट्याउने काम कहीले भएको छैन। आफूअघि कालेबुङको विधायक नै लेप्चा रहेको कुरा अघि राख्दै अनुपातको आधारमा पनि आम-गोर्खाहरु भन्दा लेप्चाहरु नै उच्च ओहदाहरुमा रहेको तिनको भनाइ छ। तर, यसमा पनि उनीहरुको गुनासो छ भने त्यो उनीहरुको आफ्नै विचार हो। प्रजातन्त्रमा विचार राख्न पाइन्छ तिनले भने। अन्तमा लेप्चा विकास परिषर्दले पहाड़का यी दुइ जातीमाझ आवश्यै पनि फाटो ल्याउने कुरालाई तिनले ठोकुवा गरेका छन्।


जुलूश धकणा स्थगित, बन्द यथावत



कालेबुङ 21 अगष्ट:
मोर्चा महा-सचिव रोशन गीरिले आन्दोलनलाई दुइदिनको लागी स्थगित गर्ने घोषणा गरेपछि आज कालेबुङमा प्रतिदिन हुने जुलूश अनि पदसभा कार्यक्रम हुन सकेन। यध्यपि जुलूशमा भाग लिन मोर्चा समर्थकहरु भने यहाँको डम्बरचोकमा उपस्थित बनेका थिए। डम्बरचोकमा उपस्थित बनेको मोर्चा समर्थकहरुलाई सम्बोधन गर्दै प्रवक्ता डा. हर्कबहादुर छेत्रीले दलको घोषणा अनुरुप दुइदिनको निम्ति जुलूश अनि धरणा कार्यक्रम स्थगित गरेको बताए। पार्टी महा-सचिव रोशन गीरिले दार्जीलिङमा एउटा पत्रकारसम्मेलनको आयोजना गरि दुइदिन पहाड़मा कुनै प्रकारको जुलूश अनि पदसभाहरु नहुने जानकारी दिएता पनि यता कालेबुङमा भने मोर्चा समर्थकहरु संगै हालैमा गठित भेएको गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधान, उपाध्यक्ष जेबी राई, गोटाफो संयोजक आर. मोक्तान लगायत क्रामाकपा नेताहरु डम्बरचोकमा उपस्थित बनेका थिए। तर, मोर्चा अनि गोजोएक-को आपसी तालमेलको मकिको कारण आज सबै दलका प्रतिनिधिहरु सडकमा उपस्थित रहेता पनि कालेबुङमा कुनै प्रकारको कार्यक्रमहरु भने भएन। डम्बरचोकको भिड़लाई सम्बोधन गर्दै मोर्चा प्रवक्ता छेत्रीले समर्थकहरुको उत्साहजनक उपस्थितिलाई स्वागत जनाए। जुलूश अनि पदसभाको कार्यक्रम स्थगित हुँदा प्रवक्ता छेत्रीले गत 19 अगष्टको दिन दुर्घटनामा निधन भएका मिरिकका नारी मोर्चा कार्यकर्ताहरुको दिवाङ्गत आत्मा-शान्तिको निम्ति समर्थकहरुलाई दुइ मिनचको मौन धारण गरिदिने अनुरोध गरे। उक्त मौन धारणको कार्यक्रम पछि कालेबुङ शहर फेरि जन-शुन्य बनेको थियो। जुलूश, धरणा अनि पदसभाको कार्यक्रम स्थगित भएता पनि कालेबुङमा बन्द भने यथावत नै रहेको छ। शहरको दोकान-पाट, यातायत सेवा, शैक्षिक संस्थान, ब्यांक, डाकघरलगायतको अधिकांशा करकारी कार्यलयहरु आजसम्म पनि खुलेको छैन। शहरको मुलमार्गहरुमा केवल एम्बुलेन्स, सेना अनि पुलिसको बहान मात्र देख्न पाइन्छ।

20 Aug 2013

‘घर भित्रै जनता’ पहाड़ अचल



कालेबुङ 19 अगष्ट:
गोर्खाल्याण्ड जोइन्ट एक्शन कमिटिले आह्वान गरेको घर भित्रै जनताकार्यक्रमले सम्पूर्ण पहाड़ नै ठप्प बन्यो। यस अघि मोर्चाले डाकेको पहाड़ बन्द अनि जनता कर्फ्युलाई हाई कोर्टले असंवैधानिक रहेको पुष्टी गरे पछि हाई कोर्टको व्यानलाई ध्यानमा राख्दै गोजोएक-ले घर भित्रै जनता नामक रणनीति तय गरेको हो। अनिश्चितकालीन पहाड़ बन्द, जनता कर्फ्यु वा घर भित्रै जनता जुनै पनि प्रकारको कार्यक्रम होस छुट्टै राज्य चहाने पहाड़का जनताले यसलाई पूर्णरुपले समर्थन जनाइरहेका छन्। अघिबाटै दुइदिने जनता कर्फ्युको सामना गरिरकेका पहाड़का जनताले आज छुट्टै राज्य प्राप्तिको निम्ति घर भित्रै बसेर गोजोएक-ले आह्वान गरेको घर भित्रै जनता कार्यक्रमलाई पनि सफल बनाएका छन्। छुट्टै राज्यको निम्ति आन्दोलनलाई नेतृत्व गर्नेहरुले पहाड़ बन्द, जनता कर्फ्यु, घर भित्रै जनता गरि रणनीतिलाई विभिन्न प्रकरको नाम दिए तापनि यस्तो असर भने एकै प्रकारको रहेको छ। आज पहाड़भरिका जनताले जोरोएक-ले आह्वान गरेको घर भित्रै जनता कार्यक्रमलाई पालन गर्दा यहाँका तीनैवाट महकुमा ठप्प बनेको थियो। यता, कालेबुङ महकुमामा छुट्टै राज्य चहाने जनताले शान्तिमय ढ़ंगमा उक्त कार्यक्रम पालन गरेका छन्। कमिटिको कार्यक्रमलाई पालन गर्दै आज पुरा दिन कालेबुङवासी घरवाट बाहिर निस्केन्न्। फलस्वरुप पुरा शहर शुनशान हरेको थियो। आज जनता घरबाट बाहिर नआउँदा यहाँका दोकान-पाट, यातायात सेवा, शैक्षिक संस्थान, ब्यांक, डाक-घरलगायतको अधिकांश सरकारी कार्यलयहरुसम्मेत बन्द रहेको थियो। केवल यहाँको महकुमा अधिकारीको कार्यलयमात्र आज खुला रहेको थियो। कालेबुङ शहरको मुल-मार्गहरुमा केवल एम्बुलेन्स, सेन अनि पुलिसको वहानमात्र देखियो। गोजोएक-ले आह्वान गरेको घर भित्रै जनता पनि आन्दोलनकै एउटा अंश रहेकोले गर्दा शहरमा शान्ति-श्रंखला बनाइ राख्न पुलिस प्रशासनले कड़ा सुरक्षा व्यवस्था मिलाएको छ। पुलिसका जवानहरुलाई शहरको विभिन्न स्थानहरुमा तैनाथ गरिएको छ भने कालेबुङमा रहेको दुइ कम्पनी केन्द्रीय अर्धसैनिक बलका जवानहरुले पनि क्रमिकरुपमा शहरको प्रमुख स्थानहरुमा गस्ति लगाइरहेका छन्।

कालेबुङमा दुइवटा परिक्षाहरु शुरु



कालेबुङ 19 अगष्ट:
छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा चलिरहेको आन्दोलनको कारण पहाड़ अचल रहेता पनि यस्तै अवस्थामा कुशल शिक्षक बन्नको निम्ति आजदेखि पहाड़का 48 जना उम्मेद्वारहरुले डिपलोमा इन एलिमेन्ट्री एडूकेशनको परिक्षा दिन शुरु गरेको छ। पश्चिम बंगाल शिक्षा मंत्रायल अधिनस्थ सञ्चानल हुने प्राथमिक शिक्षक प्रशिक्षणलाई यस बर्षदेखि शिक्षा परिषदले डिपलोमा इन एलिमेन्ट्री एडूकेशनको नाम दिएको छ। उक्त डिपलोमा कोर्स यहाँको जनता कलेजमा विगत वर्ष 2012देखि शुरु भएको थियो। उम्मेद्वारहरुले दुइ वर्षको प्रशिक्षण पुरा गरे पछि आजदेखि परिक्षा शुरु हो। यहाँका जनता कलेज/बीटी कलेजका प्राचार्य मनिन्द्र भुजेले आज पत्रकारहरुलाई जानकारी दिँदै परिक्षामा कुल 48 जना परिक्षार्थीहरु रहेको बताउँदै परिक्षार्थीहरुमा 24 जना पुरुष अनि 24 जना महिला रहेका छन्। पहाड़मा चलिरहेको आन्दोलनले परिक्षामा असर पर्दैन भन्ने प्रशना गर्दा तिनले जनता कलेजमा बीटी गर्नेहरुको निम्ति हस्टेलको पनि सुविधा भएको कारण बन्दले कुनै प्रकारको प्रभाव नपर्ने बताए। परिक्षा दिने सबै उम्मेद्वारहरु हस्टेलमा नै बस्छन् तिनले भने बिहान परिक्षा केन्द्रमा विध्यार्थीलगायत हामी हस्टेलबाटै आउँछौ। यहाँको जुब्ली हाई स्कूलमा आजदेखि शुरु भएको उक्त परिक्षा आगमी महिनाको दुइ तारिक समापन हुनेछ। कतिपय समस्याको कारण विगत धेरै वर्ष अघिदेखि यहाँको जनता कलेजमा यस प्रकारको कोर्स अनि परिक्षा बन्द अवस्थामा थियो भने गलभग सात पर्ष पछि आजदेखि पुन शुरु भएको छ। शिक्षण पेशामा चासो राख्ने उम्मेद्वारहरुले पहाड़ बन्द रहेता पनि आज सफलतापुर्वक परिक्षा दिएका छन्।
अर्कोतिर, कालेबुङ शहर अचल रहेको अवस्थामै आजदेखि एक्सट्रनल माध्यमिक परिक्षा वोर्डको सेनटप परिक्षा शुरु भएको छ। कालेबुङ संग्लन क्षेत्रहरुबाट कुल 64जना विध्यार्थीहरुले आजदेखि सेनटप परिक्षा लेख्न शुरु गरेका छन्। यस वर्ष कालेबुङबाट कुल 80जना विध्यार्थीहरुले उक्त परिक्षाको निम्ति फारम जम्मा गरेका थिए भने आज सेनटप परिक्षाको प्रथम दिन केवल 64 जना विध्यार्थीहरुमात्र उपस्थित बनेका थिए। परिक्षा यहाँको कुमदुनी विधाल्यमा सम्पन्न भइरहेको छ।  यस सेनटप परिक्षा आगमी 23 अगष्टको दिन सकिने विधाल्यका शिक्षक प्रभारी योंगदेन घिसिङले जानकारी दिएका छन्।

चोरीको आरोपमा चार युवाहरु पक्राउ



कालेबुङ 19 अगष्ट
चोरी गरेको आरोपमा आज कालेबुङ पुलिसले यहाँको इष्टमेन रोडबाट चारजना युवाहरुलाई पक्राउ गरेको छ। इष्टमेन रोडमा अवस्थित इडेन गार्डन स्कूलको हस्टेलबाट सिलिन्डर अनि अन्य आवश्यक सामाग्रीहरु चोरी गरेको आरोपमा पुलिसले रोशन खवास, शिव सुब्बा, माइकल राई अनि छिरिङ तामाङलाई आज बिहान पक्राउ गरेको हो। कालेबुङ थाना शुत्रबाट प्राप्त भएको जानकारी अनुसार प्रमुख आरोपी रोशन खवास रहेको छ भने चोरी गरिएको सामाग्रीहरु पुलिसले शिव सुब्बाको घरबाट उद्धार गरेको हो। चोरी काण्डमा माइकल राई अनि छिरिङ तामाङले सहयोग पुर्याएको पुलिस शुत्रको भनाइ छ। यता आरोपी छिरिङ तामाङ विरुध न्यायलयले अघिबाटै ड्रग्स मामिलामा वारंट जारी गरेको थियो। उक्त चारैजना आरोपीहरुलाई पुलिसले आज कालेबुङ कोर्टमा पेस गरेको थियो। कोर्टले प्रमुख आरोपी रोशन खवासलाई दुइदिनको पुलिस हिरासतमा पठाएको छ भने अन्यलाई न्यायिक हिरासतमा लिएको छ।