Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Aug 2013

राज्यपालले राजनीतिक टिप्पणी गर्न पाउँदैन - ड़ा. छेत्री, समय आए रेफरेण्डमको कुरा गर्छु - आर. मोक्तान

कालेबुङ 23 अगष्ट:
गोर्खा जनमुक्ति नारी मोर्चाको अगुवाइमा आज कालेबुङमा जनसभा अनि जुलूश सम्पन्न भयो। छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा नारी मोर्चा कालेबुङ महकुमा समितिले आयोजन गरेको आजको जुलूश अनि जनसभामा कालेबुङका विभिन्न क्षेत्रहरुबाट हजारौ मोर्चा समर्थकहरु सामेल भएका थिए। जुलूश यहाँको डम्बरचोकबाट शुरु भएको थियो। छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा अनि राज्य सरकारको वर्तमाण तामाशाही नीतिको विरोधमा जुलूशमा उपस्थित बनेका मोर्चा समर्थकहरुले व्यापक नारा-बाजी गरेका थिए। हामीलाई गोर्खाल्याण्ड चाहिन्छ; सीआरपीएफ गो ब्याग; अनि बंलाग सरकार होसियार;को नारा लगाएर आज जुलूशमा उपस्थित बनेका मोर्चा समर्थकहरुले शहर परिक्रमा गरेका थिए। पुलिस प्रशासनले हाल जुनप्रकारले मोर्चाका शिर्ष नेताहरुलाई क्रमिकरुपमा पक्राउ गर्ने काम गरिरहेको छ यस घटनाले अझ पहाड़का आन्दोलनकारी मोर्चा समर्थकहरुमा भने थप उर्जा प्रदान गरिरहेको छ। जसको फलस्वरुप हाल मोर्चा समर्थकहरु हजारौको संख्यमा सडकमा उत्रेर प्रतेक जनसभा अनि जुलूशहरुमा भाग लिइरहेका छन्। जुलूशमा उत्रेका मोर्चा समर्थकहरुले अघिबाटै अक्रोशित बनेर बंगाल प्रशासनको नीतिको विरोध जनाँउदै मुख्यमन्त्री ममता व्येनरजी मुर्दावादको नारा लगाइ रहेका छन्। आजसम्म पनि समर्थकहरुले सो नारा दोह्रोराई रहेका छन्। नारी मोर्चाको अगुवाईमा आज शहरमा सम्पन्न भएको जुलूशले शहर परिक्रमा गरि पुन: डम्बरचोकमा आएर एउटा जनसभामा परिणत भएको थियो। शहरको मुटु मानिने डम्बरचोकमा आज सम्पन्न भएको जनसभामा नारी मोर्चा कालेबुङ महकुमा समितिकी सचिव बनदना योञ्जन, मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्री, गोर्खाल्याण्ड संयुक्त कार्वाही समिति(गोसकास)का अध्यक्ष एनोश दाश प्रधान, गोर्खाल्याण्ड टोक्श फोर्स(गोटाफो)का संयोजक आर. मोक्तान लगायत मोर्चाका कालेबुङ महकुमा समितिका प्रतिनिधिहरु उपस्थित रहेका थिए। जनसभालाई नारी मोर्चा नेता बनदना योञ्जन, प्रवक्ता ड़ा. हर्कबहादुर छेत्री अनि गोटाफो संयोजक आर.मोक्तानले सम्बोधन गरेका थिए।
डम्बरचोकको जनसमुहलाई सम्बोधन गर्दै गोटाफो संयोजक आर मोक्तानले दार्जीलिङ, खर्साङ अनि कालेबुङको एतिहासिक तथ्यहरुमाथि प्रकाश पारेका थिए। तिनले यहाँको भू-भागहरु लिएर विगतमा सिक्किम अनि भुटानसंग भारत सरकारको समझौताहरु भएको प्रसङ्ग झिक्दै एतिहासिक आधारमा दार्जीलिङ, कालेबुङ, खर्साङ, सिलगढ़ी लगायत तराई अनि डुवर्सका भू-भागहरु बंगालको नरहेको दावी गरे। बंगाल विभाजन हुँदैन भन्नेहरुले यहाँको इतिहास पढ़नु  तिनले भने बंगाल हाम्रो आमा-बाउ होइन, अविभावक होइन। तिनले कालेबुङ लगायत तराई-डुवर्सका भू-भागहरु एक-समयमा भुटानको रहेको दावी गर्दै अंग्रेज शासित भारतदेखि लिएर स्वतन्त्रत पछिको भारत सरकारसमेतले यी भू-भागहरु कर भुटान सरकारलाई तिरेको तर्कहरु अघि राखेका छन्। सन् 1865मा अंग्रेजहरुले उक्त भू-भागहरुको कर 50,000रुपया भुटान सरकारलाई तिर्नुपर्ने थियो भने सन् 1910मा उक्त कर बढ़ेर एक लाख पुगेको अनि स्वतन्त्रता पछिको भारत सरकारले प्रतिवर्ष भुटान सरकारलाई करको रुपमा पाँच लाख रुपया बुझाएको तथ्यहरु आफूकहाँ रहेको गोटाफो संयोजक आर. मोक्तानले दावी गरेका छन्। तर 2007 मा भारतको विदेशमन्त्री प्रनब मुखर्जी  अनि भुटानका राजा जिग्मी केशर माझ भएको सन्धीमा भने कर तिर्ने कुरा उल्लेख भएको छैन। यो कुरा कालन्तरमा ठूलो समस्या बन्ने छ तिनले भने समय आए हामी रेफरेन्डमको कुरा उठाउँछौ। अर्कोतिर दार्जीलिङ, खर्साङ अनि सिलगढ़ीको खजना भने भारत सरकारले सिक्किमको राजालाई दिएको प्रमाण रहेको बताउँदै तिनले उक्ता भू-भागहरु एक समय सिक्किमको रहेको दावी गरेका छन्। यो भू-भाग बंगाल र भारतको होइन भन्ने पक्षमा म छु तिनले भने तर हाम्रो मांग भारतको संविधानको आधारमा छ पहाड़का जनताको जनभावनालाई ध्यानमा लिएर अब चाडैनै भारत सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको घोषणा गरिनु पर्ने तिनले माग गरेका छन्।
कालेबुङमा आज सम्पन्न भएको तेस्रो दिनको जुलूश अनि जनसभालाई सम्बोधन गर्दै मोर्चा प्रवक्ता ड़ा. हर्कबहादुर छेत्रीले पहाड़को आन्दोलनलाई विदेशी शक्तिले सहयोग गरिरहेको छ भन्ने सरकारको आरोपको खण्डन गरे। प्रवक्ता छेत्रीले राज्यको राज्यपाल समेतले हाल सरकारको पक्ष लिएर काम गरिरहेको आरोप लगाएका छन्। सरकारको चापमा परेर राज्यपालले सागरदेखि पहाड़सम्म बंगाल एक हो भनेको छ तिनले भने राज्यपालले राजनीति बारे टिप्पणी गर्न सुहाउँदैन। बंगाल सरकार अनि राज्यपालसंग कुराकानी गर्ने मोर्चा अनि गोर्खाल्याण्ड संयुक्त कार्वाही मसितिको कुनै प्रकारको उद्देश्य नरहेको बताउँदै तिनले राज्य केवल देशको संविधानको मात्र दिन सक्ने तर्क अघि राखेका छन्। राज्यपालको व्यक्तव्य आधारहिन हो, यसले कुनै फरक पर्दैन तिनले आफ्नो सम्बोधनमा यसो भने। तिनले हाल पहाड़मा युद्धक्षेत्रको माहौल निर्माण भएको जनाउँदै अब यस आन्दोलनलाई उच्चस्तरमा पुर्याउने बताएका छन्। पहाड़वासी माझ फाटो ल्याउन सरकारले लेप्चा विकास परिषर्द गठन गरेको आरोप लगाउँदै तिनले अब सरकारको रणनीतिलाई विफल पार्न जनता अकजुट बनेर अघि बढ़नु पर्ने अपिल गरेका छन्। जबसम्म यस आन्दोलनलाई केन्द्र सरकारले हस्तक्षेप गर्दैन तबसम्म राज्य सरकारसंग कुनै प्रकारको कुराकानी नहुने डा. छेत्रीको भनाइ छ। यता नारी मोर्चा नेतृ बनदना योञ्जनले पनि आजको जनसभालाई सम्बोधन गर्दै राज्य सरकारको कुर्ता प्रति आक्रोस व्यक्त गरेकी छन्। तिनले आफ्ने सम्बोधनमा राजनीतिक बन्दी बनेका मोर्चा नेताहरुलाई बिनाशर्त रिहा गरिनु पर्ने माग गरेकी छन्।
कालेबुङमा मोर्चाको क्रमिक जुलूश अनि जनसभा यथावत रहेता पनि शहरको दोकान-पाटहरु भने पुर्णरुपमा बन्द नै रहेको छ। बन्दले यहाँका शैक्षिक संस्थानहरु, यातायत सेवा लगायत अधिकांश सरकारी कार्यलयहरुलाई प्रभाव पारेको छ

0 comments: