Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

23 Aug 2013

गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको कालेबुङमा प्रथम जनसभा, आन्दोलनकोलागी एतिहासिक मञ्च तयार भएको छ - एनोश दाश प्रधान

कालेबुङ 22 अगष्ट : कालेबुङ शहरमा सम्पन्न भएको आजको जुलूश अनि जनसभालाई गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका प्रतिनिधिहरुले नेतृत्व गरेका थिए। पहाड़मा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दवाउन राज्य सरकारले पुलिस बलको प्रयोग गरिरहेको भए पनि राज्य चहाने जनसाधरण भने सक्रियरुपमा सड़कमा उत्रीरहेका छन्। मोर्चाका अग्रिम पंक्तिका नेता एवं दलका सह-सचिव विनय तामाङलाई पुलिसले पक्राउ गरेको खबरले कालेबुङ शहर तनाउपूर्ण रहेता पनि आज सम्पन्न भएको जुलूश अनि जनसभा कार्यक्रममा भने समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। आजको जुलूशलाई गोर्खाल्याण्ड संयुक्त कार्यवाही समितिका अध्यक्ष एनोश दाश प्रधान, उपाध्यक्ष जेबी राई, मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्री, गोटाफो संयोजक आर. मोक्तान आदिले नेतृत्व गरेका थिए। जुलूश यहाँको डम्बरचोकबाट शुरु भएको थियो भने शहर परिक्रमा पछि उक्त जुलूश सदा झै डम्बरचोकमा आएर एउटा जनसमावेशमा परिणत भएको थियो। डम्बरचोकमा भेला भएको जनसमावेशलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधानले छुट्टै राज्यको मांग गर्ने पहाड़का दलहरु एउटै मञ्चमा आएर एउटा एतिहासिक काम भएको जनाउँदै सम्पूर्ण पहाड़का दलहरु गोर्खाल्याण्डको पक्षाधर रहेको कुरा प्रमाणित भएकोमा हर्ष व्यक्त गरे। ‘पक्ष र विपक्ष बिचको पर्खाल आज तोडिएको छ’ तिनले भने ‘अन्य साथीहरुलाई पनि पर्खाल तोडेर गोर्खाल्याण्डको निम्ति एउटै मञ्चमा आउने म अपिल गर्दछु’। पहाड़का सबैदलहरुलाई एउटै मञ्चमा ल्याउने मोर्चाको पहललाई तिनले स्वागत जनाउँदै यो पहलले छुट्टै राज्यको आन्दोलनमा ठूलो टेवा पुग्ने बताए। राज्य सरकार अनि उच्चा न्यायलयले आन्दोलनलाई दवाउने प्रयास गरिरहेको भए पनि आज पहाड़का सम्पूर्ण जनताले स्वतस्पूर्त आन्दोलनलाई शक्तिशाली बनाइरहेकोले तिनको भनाइ छ। तिनले आन्दोलन अवधि हाल पक्रा परिरहेका मोर्चा नेताहरुको पक्ष लिँदै उनीहरुलाई सरकारले राजनैतिक बन्दीलाई झै व्यवहार गर्नुपर्ने माग गरेका छन्। ‘हाल बन्दी भएका हाम्रा नेताहरुले जेल भित्र यातना भोगीरहेका छन्’ तिनले भने ‘चाड़ैनै सरकार अनि जेल प्रशासनले राजनैतिक बन्दीमा परेका हाम्रा नेताहरुलाई उचित सुविधा प्रधान गर्नुपर्छ’। यस विषयलाई तिनले मानव अधिकार आयोग समक्ष राख्ने बताएका छन्। आज डम्बरचोकमा सम्पन्न भएको जनसभालाई समितिका उपाध्यक्ष जेबी राईले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा तिनले सामूहिक मञ्चको प्रसंग जिक्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अब पहाड़का सबै दलहरु, व्यक्तिविषेश अनि बुद्धीजीविहरु एउटै मञ्चमा आएर एतिहासीक काम गरेको बताए। ‘अब गोर्खाहरुमा चेतना आइसकेको छ’ तिनले भने। गोर्खाहरुको एकता देखेर हाल बंगाल सरकार हल्लिरहेको बताउँदै तिनले यो एकता अनि आन्दोलनलाई तोडन सरकारले सुरक्षा बलको प्रयोग गरिरहेको आरोप लगाए। तर, कुनै पनि शक्तिले गोर्खा जातिको दिर्घकालीन मांगको निम्ति उठेको आन्दोलनलाई रोक्न नसक्ने तिनको भनाइ छ। स्वाधिन भारतमा बंगाल सरकारले हाल गोर्खाहरुको संबैधानिक मांगलाई दवाउन राष्ट्र विरोधी आरोप लगाइ तिनको भनाइ छ। ‘राष्ट्रीय मिडिया अनि अर्मी इन्टिलिजेन्समा आधारित खबरहरुले हाम्रो मांगलाई विदेशी शक्तिहरुसंग तुलना गरिरहेको छ’ तिनले भने ‘यो राष्ट्र विरोधी बनाउने प्रयास हो’। केन्द्र सरकारले तेलङ्गना झै गोर्खाल्याण्डको मुद्दालाई पनि सहि समयमा निर्णय लिएर निर्माण गर्ने प्रक्रिया अघि बढ़ाउने कुरामा आफुहरु विश्वस्त रहेको समितिका उपाध्यक्ष राईको भनाइ छ। यता, मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले पनि जनसभालाई सम्बोधन गर्दै हाल सरकार समस्याको समाधान गर्ने पक्षमा नरहेको बताए। राजनीतिक समस्यालाई सुरक्षा बल प्रयोग गरेर समाधान गर्न नसकिने बताउँदै प्रवक्ता छेत्रीले मुख्यमन्त्रीको राजनीतिक क्षमतामाथि नै प्रशन उठाएका छन्। ‘एउटा जननेताको हैसियतले जनभावना नबुझि सुरक्षा बल पठाउँछ भने यसले नेतृत्वको स्तर कति छ भन्ने प्रमाण गर्छ’ तिनले भने। सभालाई सम्बोधन गर्दै तिनले पहाड़का अन्य दलहरुका प्रतिनिधिहरुलाई पनि एउटै मञ्चमा आउने अनुरोध गरे। बंगाल सरकारले संविधानको खिल्ली उड़ाइ रहेको बताउँदै तिनले उत्तर बंगाल विकाश मन्त्री गोतम देवले नै पहाड़ अनि समतलमाझ फाटो ल्याउने काम गरिरहेको आरोप लगाएका छन्।

0 comments: