Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

22 Aug 2013

जुलूश धकणा स्थगित, बन्द यथावत



कालेबुङ 21 अगष्ट:
मोर्चा महा-सचिव रोशन गीरिले आन्दोलनलाई दुइदिनको लागी स्थगित गर्ने घोषणा गरेपछि आज कालेबुङमा प्रतिदिन हुने जुलूश अनि पदसभा कार्यक्रम हुन सकेन। यध्यपि जुलूशमा भाग लिन मोर्चा समर्थकहरु भने यहाँको डम्बरचोकमा उपस्थित बनेका थिए। डम्बरचोकमा उपस्थित बनेको मोर्चा समर्थकहरुलाई सम्बोधन गर्दै प्रवक्ता डा. हर्कबहादुर छेत्रीले दलको घोषणा अनुरुप दुइदिनको निम्ति जुलूश अनि धरणा कार्यक्रम स्थगित गरेको बताए। पार्टी महा-सचिव रोशन गीरिले दार्जीलिङमा एउटा पत्रकारसम्मेलनको आयोजना गरि दुइदिन पहाड़मा कुनै प्रकारको जुलूश अनि पदसभाहरु नहुने जानकारी दिएता पनि यता कालेबुङमा भने मोर्चा समर्थकहरु संगै हालैमा गठित भेएको गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधान, उपाध्यक्ष जेबी राई, गोटाफो संयोजक आर. मोक्तान लगायत क्रामाकपा नेताहरु डम्बरचोकमा उपस्थित बनेका थिए। तर, मोर्चा अनि गोजोएक-को आपसी तालमेलको मकिको कारण आज सबै दलका प्रतिनिधिहरु सडकमा उपस्थित रहेता पनि कालेबुङमा कुनै प्रकारको कार्यक्रमहरु भने भएन। डम्बरचोकको भिड़लाई सम्बोधन गर्दै मोर्चा प्रवक्ता छेत्रीले समर्थकहरुको उत्साहजनक उपस्थितिलाई स्वागत जनाए। जुलूश अनि पदसभाको कार्यक्रम स्थगित हुँदा प्रवक्ता छेत्रीले गत 19 अगष्टको दिन दुर्घटनामा निधन भएका मिरिकका नारी मोर्चा कार्यकर्ताहरुको दिवाङ्गत आत्मा-शान्तिको निम्ति समर्थकहरुलाई दुइ मिनचको मौन धारण गरिदिने अनुरोध गरे। उक्त मौन धारणको कार्यक्रम पछि कालेबुङ शहर फेरि जन-शुन्य बनेको थियो। जुलूश, धरणा अनि पदसभाको कार्यक्रम स्थगित भएता पनि कालेबुङमा बन्द भने यथावत नै रहेको छ। शहरको दोकान-पाट, यातायत सेवा, शैक्षिक संस्थान, ब्यांक, डाकघरलगायतको अधिकांशा करकारी कार्यलयहरु आजसम्म पनि खुलेको छैन। शहरको मुलमार्गहरुमा केवल एम्बुलेन्स, सेना अनि पुलिसको बहान मात्र देख्न पाइन्छ।

0 comments: