Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Feb 2012

आफूलाई जेलमुक्त गर्न मोर्चाको कुनै भुमिका नरहेको-छत्रे


7 फरवरी(कालेबुङ):- गोर्खाल्याण्ड र जीटीएको मुद्दालाई केन्द्र गरी पहाडका राजनैतिक दलहरुले एका आपसमा आरोप प्रत्यारोपको हिलोछेपाई शुरु गरेका छन। एकातिर मोर्चाले यहाँका विपक्षी दलहरुबारे कटु शब्दमा टिप्पणी गरेको छ भने अन्य दलहरुले पनि मोर्चाको विरोधमा मुख खोल्न थालेका छन। मोर्चा अध्यक्ष बिमल गुरुङले पहाडमा चारवटा राजनैतिक दलहरुले भागोपको पहलमा खडा गरेको गोर्खाल्याण्ड टास्क फोर्सको उद्देश्य र कार्यशैलीबारे कटु टिप्पणी गरेका छन। उनले यस राजनैतिक मञ्चका कार्यकर्ताहरुले भुमिगत ढंगले प्रशिक्षण लिई रहेको आरोप लगाएका छन। गुरुङले अलग राज्यका पक्षधर मानिने छत्रे सुब्बाबारे पनि टिका टिप्पणी गरेका छन। उनले  छ्त्रे सुब्बालाई जेलमुक्त गर्न मुख्य मंत्रीसँग स्वयले कुरा गरेको दाबी गर्दै छत्रेको नेतृत्वमा अलग राज्यको आन्दोलन सम्भव नहुने ठोकुवा गरेका छन।

यता, बिमल गुरुङको टिप्पणीबारे आफ्नो प्रतिक्रिया ब्यक्त गर्दै छत्रे सुब्बाले आफूलाई जेलमुक्त गर्न मोर्चाको कुनै भुमिका नरहेको बताएका छन। उनले आफू आज पनि गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेको बताउँदै मोर्चाले जीटीएमा सम्झौता गरेर यस मुद्दालाई ओझेल पारेको बताए।
अर्कोतिर, गोर्खाल्याण्ड टास्क फोर्सका संयोजक डा एनोशदास प्रधानले पनि गुरुङले लगाएको आरोपको खण्डन गरेका छन।

0 comments: