Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

29 Mar 2014

धमिलो सम्बन्धमा मोर्चा

कालेबुङ 28 मार्च। (प्रदीप)ः गत लोकसभा चुनाउको तितो अनुभवहरू पचाएर मोर्चाले यसपालि फेरि भाजपालाई समर्थन गर्ने जोखिम त उठाएको छ तर कथङ्काल केन्द्रमा भाजपा सरकार आउन सकेन भने राज्यको तृणमूल सरकारले धूलो काट्छ भन्ने चिन्ताले यतिबेला मोर्चा नेतृत्वलाई गाँजेको छ। केही दिनदेखि मीडियासँग टाँडिएर बसेका मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले आज यहाँका पत्रकारहरूलाई यस आशयको बयान दिएर दलभित्र मच्चिरहेको हुण्डरीको छनक दिएका छन।
यसपालि केन्द्रमा भाजपाको सरकार आउँछ भन्ने कुरामा मोर्चा नेताहरू आश्वस्त देखिएका छन। यति आत्मविश्वासकै कारण मोर्चा नेतृत्वले एकपल्ट राम्रो खप्की खाइसकेको राज्यकी मुख्यमञ्त्री ममता व्यानर्जीको ईच्छाविरुद्ध गएर भाजपालाई समर्थन गर्ने निर्णय लिएको छ। तर केन्द्रमा भाजपा आउन सकेन अनि दार्जीलिङ लोकसभा समष्टिमा पनि तृणमूल उम्मेद्वारले जीते भने आफ्नो गति के होला भन्ने मनोवैज्ञानिक दबाउ पनि मोर्चा नेताहरूले झेलिरहेका छन। ‘यदि केन्द्रमा भाजपाको सरकार गठन भएन अनि यता पहाडमा पनि भाजपा प्रार्थी पराजित भए पहाडवासीले राज्य सरकारको कठोर प्रताडनाको सामना गर्न पर्नेछ। त्योबेला राज्यले कुनै राजनैतिक दललाई छोड्दैन’ बिधायक डा हर्क बहादुर छेत्रीले भने। उनले यहाँको गोजमुमो पार्टी कार्यलयमा पत्रकारहरुसँग कुराकानी गर्दै भारतीय जनता पार्टी सानो राज्य गठनको पक्षमा रहेको कारण मोर्चाले समर्थन गरेको स्पष्टिकरण दिदै यदि भाजपा प्रार्थी पराजय भए गोर्खाहरुलाई राज्य सरकारले प्रताडना दिन सक्ने संकेत दिएका छन। भारतीय जनता पार्टी स सानो राज्य गठनको पक्षमा हुनको साथै भाजपाले राष्ट्रिय चुनाव घोषणा पत्रमा दार्जीलिङको समस्यालाई सहानुभूतिपूर्वक हेरिने भनि उल्लेख गर्ने पनि डा छेत्रीले बताएका छन। “पहाडवासीले सकारात्मक राजनीति गर्नुपर्छ। बिगतका दिनहरुमा जसले सरकार गठन गर्योड त्यस दलका प्रार्थी हामीले चुनेर पठाउँन सकेनौ। यो हाम्रो निम्ति दुर्भाग्य हो। तर यसपल्ट गोर्खाल्याण्ड दिने सरकार केन्द्रमा बनिने छाँट हुँदा हामी पछि पर्न हुँदैन” तिनले अझ भने। आजसम्म पहाडवासीले गलत प्रार्थी चुनेर संसदमा पठाएकै कारण यहाँको समस्या समाधान हुन नसकेको पनि तिनले बताए। यस सिलसिलामा तिनले भाजपा सांसद जसवन्त सिहको पनि आलोचना गरे। जहिले पनि जसवन्त सिहको जयजयकार गर्ने डा छेत्रीले आज तिनको आलोचना गर्दै सांसद सिहले गोर्खाल्याण्डको मुद्दालाई अखिल्यै गम्भिरतापूर्वक नलिएको आरोप थोपे। “हामी दिल्ली जाँदा तिनलाई झक्झकाउँदा मात्र अहिक तातिने गर्थे। वास्तवमा तिनले कहिल्यै गोर्खाहरुको समस्यालाई गम्भिरता पूर्वक लिएनन। यदि लिने हो भने भाजपामा राम्रो स्थान भएका संसदले तेलेंगना गठन हुँदा यसबारे चर्चा गर्न सक्ने थिए” डा छेत्रीले भने। अर्कोतर्फ भारतीय जनता पार्टीको राज्य शाखाले गोर्खाल्याण्डको बिरोध गरिरहेको सन्दर्भमा प्रश्न गर्दा राज्य भाजपालाई गोर्खाल्याण्डको बिरोध गर्नु आफ्नो राजनैतिक विवशता हो भनि प्रष्ट पारेका छन। तिनले आगमी लोकसभालाई लिएर मोर्चाले भाजपाको केन्द्रीय नेतृत्वसंग बैठक गरी गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन सम्झौता गरेको बताउँदै यदि भाजपाको सरकार गठन हुन नसके अझ पनि गोर्खाहरुको निम्ति दुर्भाग्य नै हुने पनि तिनले बताएका छन। यसको साथै डा छेत्रीले कुराकानीकै क्रममा लोकसभा चुनावबारे मौनता साँचेर बसेको गोरामुमो बारे प्रश्न गर्दा गोरामुमोले तृणमूललाई नै समर्थन गर्ना सक्ने सम्भावना व्यक्त गरे। “गोरामुमोकाहरु पहाड कसरी आए ? तिनीहरुलाई कसले ल्याए ? ¬चुनाव पछि उनीहरुको सुरक्षाको राज्य सरकारले गर्न सक्छ। यसकारण पनि गोरामुमोले तृणमूललाई समर्थन गर्न सक्छ” डा छेत्रीले भने।

घोटलाकाण्डका आरोपी कालिकोटेमाथि उपभोक्ता प्रेसर

कालेबुङ , 28 मार्च। इनरट्रिप रेयुकाई घोटालाकाण्डका अभियुक्त गौतम कालिकोटे आज न्यायालको पेशीअवधि पनि सञ्जोले बस्न पाएनन्। जब उनी आज कालेबुङ न्यायालय पुगे तब निवेशकहरूको एउटा ठूलै झुण्ड कोर्ट परिसरमा बसेका थिए। यसअवधि अभियुक्तलाई निवेशकहरूले चाँडै पैसा फिर्ता गर्नुपर्ने माग गर्दा निक्कैबेर कोर्ट परिसरमा तर्का-तर्की भएको थियो। गौतम कालिकोटेले इनरट्रिप रेयुकाईको नाममा मोठ 52 वटा स्वनिर्भर दल गठन गरेका थिए। प्रत्येल दलबाट 7 हजार पाँच सय रूपियाँ उनले संग्रह गरेका थिए। स्वनिर्भर दलहरूबाट संग्रहित राशी मोठ 11 लाख रुपिँया लिएर उनी चम्पट कसेको आरोप छ। यसपछि निवेशकहरूले प्राथमिकी दर्ता गरेपछि कालिकोटेको घर कुर्की गरिएको थियो। यसपछि कालिकोटेसित निवेशकहरूको पैसा फिर्ता गर्ने सम्झौता भएको थियो। यद्यपि सम्झौता भएको महिनौदिन बितिसक्दा समेत पैसा फिर्ता नगरेपछि आज न्यायालय आइपगुका कालिकोटेलाई निवेशकहरूले घेरेर पैसा फिर्ता गर्ने माग गरेको पीडितहरूले जनाएका छन्।

मोर्चाको बैठक

कालेबुङ, 28 मार्च। लोकसभा चुनाउलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा महकुमा समिति कार्यालयमा दलीय कर्मी सभा सम्पन्न भयो। मोर्चा महकुमा समितिका संयोजक नोर्देन लामाको अध्यक्षतामा सम्पन्न सभामा मोर्चा प्रवक्ता एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री, सभासद् डा. आरबी भुजेल, सुनिल प्रधान, दावा लेप्चा लगायत केन्द्रीय समितिका सदस्य तारा लोहार लेप्चा, नगरपालिका अध्यक्ष गङ्गामाया गुरुङ, उपाध्यक्ष जायन लेप्चा, महकुमा समितिका सचिव कुमार चामलिङ, नगरपार्षदगण एवं अन्य पदाधिकारीहरू उपस्थित थिए। सभामा आगामी लोकसभा चुनाउलाई ध्यानमा राख्दै विभिन्न रणनीतिहरू तयार गरियो। यसका साथै वर्तमान पहाडको राजनैतिक परिस्थितिमाथि पनि चर्चा-परिचर्चा गरियो।

28 Mar 2014

दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशनको महकुमा स्तरीय चुनाउ समिति गठन

कालेबुङ 27 मार्च। (प्रदीप)ः दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशन अनि यसका सहयोगी दलहरू मिलेर आज महकुमा स्तरीय चुनाउ समिति गठन गरिएको छ। यहाँको ठाकुरवाडीस्थित श्यामादेवी भवनमा सम्पन्न बैठकपछि चुनाउ समितिको गठन गरिएको हो। बैठकमा मूल रूपले डीडीयुडीएफ,क्रामाकपा अनि भागोपका नेताहरू उपस्थित थिए।
यद्यपि आज गठन गरिएको चुनाउ समितिमा यी तीन दलसहित गोर्खालीग र गोरानिमोका प्रतिनिधिहरूलाई पनि सामेल गरिएको छ। डीडीयुडीएफ र क्रामाकपाको संयुक्त आन्तरिक बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै फाउण्डेशनको शीर्ष समितिका चेयरमेन डा एनोसदास प्रधानले जनाएअनुसार आज गठन गरिएको महकुमा स्तरको चुनाउ समितिमा डीडीयुडीएफबाट सोनाम छिरिङ भोटियालाई संयोजक मनोनित गरिएको छ भने क्रामाकपाबाट मोहन पौड्याल, भागोपबाट पीके प्रधान, गोर्खालीगबाट प्रताप खाती अनि गोरानिमोबाट दावा पाखरिनसहित 8 जना सदस्यहरूलाई समितिमा सामेल गरिएको छ। निर्दल उम्मेद्वार डा महेन्द्र पी लामाको पक्षमा तृणमूल स्तरसम्म चुनाउप्रचार गर्न अब नगरपालिका र ब्लक स्तरमा पनि चुनाउ समितिहरूको गठन गरिने डा प्रधानले बताएका छन। कालेबुङ महकुमा क्षेत्रमा डा लामाको पक्षमा चुनाउ अभियान चलाउन यो समितिले कार्यक्रमहरू तय गर्ने उनले जनाएका छन। यो समितिले आउँदो 31 मार्चका दिन यहाँको टाउन हलमा एउटा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्ने आजको बैठकले प्रस्ताव ग्रहण गरेको छ। निर्दल उम्मेद्वार डा महेन्द्र पी लामाको उपस्थिति रहने यस दिनको कार्यक्रममा विभिन्न जातीय अनि धार्मिक संगठन, शैक्षिण संस्थानका प्रतिनिधि, नागरिक समाज र विद्यार्थीवर्गलाई निम्ताएर डीडीयुडीएफको लक्ष्य र लामाको उम्मेद्वारिताबारे अन्तरक्रिया गरिने शीर्ष समितिका चेयरमेन डा एनोसदास प्रधानले बताएका छन। यसरी नै चुनाउ समितिले 12 अप्रेलमा यहाँको मेलाग्राउण्डमा एउटा चुनावी जनसभाको आयोजना गर्ने निधो गरेको छ। यसै गरी महकुमाको अन्य क्षेत्रहरूमा पनि जनसभा र पथसभाहरूको आयोजना गरी डा लामाको पक्षमा प्रचार गरिने उनको भनाइ छ। डा प्रधानले गोरामुमोलाई डा महेन्द्र पी लामाको पक्षमा आफ्नो समर्थन जाहेर गरिदिन अपिल पनि गरेका छन। उनले छैंटौं अनुसूचीमार्फत गोर्खाल्याण्डसम्म पुग्ने गोरामुमो प्रमुख सुवास घिसिङको सपनालाई साकार पार्न डा लामा प्रतिबद्ध रहेको दाबी गर्दै भने, “हामीलाई छुट्टै राज्यको सपना देखाउने सुवास घिसिङ नै हुन्। छैटौं अनुसूचीबाटै भए पनि उनको लक्ष्य पनि गोर्खाल्याण्ड नै हो। महेन्द्र पी लामा उनको यो सपना पुरा गर्ने अभियानमा लागेका छन। यतिबेला उनले लामालाई समर्थन गर्नुपर्छ” उनले गोजमुमो र भाजपालाई जाली गोर्खाल्याण्डपन्थी दलको संज्ञा दिँदै यी दलहरूमाथि विश्वास गर्न सकिने अवस्था नरहेको मन्तव्य व्यक्त गरेका छन। ‘गोर्खाल्याण्डपन्थीहरू पनि साँचो र जाली दुइ थरी छन। अहलुवालिया टाइपका दलहरू जाली गोर्खाल्याण्डपन्थी हुन। आफ्नो चुनावी क्षेत्रमा एउटा कुरा गर्छ अनि दलको घोषणा पत्रमा अर्को कुरा। भाजपाले आफ्नो चुनावी घोषणापत्रमा कतै पनि गोर्खाल्याण्डको उल्लेख गरेको छैन” प्रधानले टिप्पणी गरेका छन। उनले गोरूबथानको चुनावी जनसभामा तृणमूल नेत्री ममता व्यानर्जीले दिएको भाषणको पनि आलोचना गरेका छन। राज्यकी मुख्यमञ्त्रीको भाषण यहाँको कुनै दलविशेषलाई धम्क्याउने मात्र नभएर सम्पूर्ण गोर्खा समुदायको आत्मसम्मानलाई नै चोट पुर्याषउँने प्रकारको भएको आरोप लगाउँदै भने, ‘पहाडका जनताले उनको धम्कीको जवाफ ईभीएममार्फत हुनेछन’

गोरामुमोको सभा

कालेबुङ 27 मार्च। (प्रदीप)ः कालेबुङ नगरपालिकाको एघार नम्बर वार्डमा गोरामुमोले आज टाउन कमिटिको शाखा विस्तार गरेको छ। 11 नम्बर वार्डको गोसखान क्षेत्रमा आज सम्पन्न दलको बैठकपछि टाउन कमिटि शाखाको पुनर्गठन गरिएको छ। दलको कालेबुङ महकुमा समितिका
अध्यक्ष मौरिस कालीकोटेको उपस्थितिमा सम्पन्न बैठकमा सहसचिव अनील लोप्चनलगायतका नेताहरू सहभागी थिए। टाउन कमिटिको 11 नम्वर वार्ड शाखामा राकेश मुखिया अध्यक्ष, शरण थापा उपाध्यक्ष, गम्भीरे तामाङ सचिव, प्रभात राई सहसचिवसहित कार्यकारी सदस्यहरू मनोनित गरिएको छ। वार्ड स्तरीय सभालाई सम्बोधन गर्दै महकुमा समितिका सहसचिव अनील लोप्चनले छैटौं अनुसूचीको अन्तरिम काउन्सिलको निम्ति आएको कोषले नै जीटीए सञ्चालन भइरहेको दाबी गरेका छन। उनले छैटौं अनुसूचीले मात्र जनाकाङ्क्षा पूरा हुने ठोकुवा गर्दै भने, ‘आज केही मानिसहरू सुतेको नाटक गर्दैछन, उनीहरूलाई जगाउन आवश्यक छ। चुनावी राजनीतिसँग हाम्रो कुनै सरोकार छैन। हाम्रो सङघर्ष केवल छैटौं अनुसूचीको प्राप्तिको लागि हुनेछ’

छत्र सुब्बाले खोले भाजपा पार्टी कार्यालय

कालेबुङ, 27 मार्च। चुनाव अभियानलाई तिब्र पार्न कालेबुङका भारतीय जनता पार्टीका कार्यकर्ताहरूले पार्टी कार्यालय उद्घाटन गरेका छन्। भाजपा कार्यकर्ताहरूले यहाँको आरसी मिन्त्री रोडमा अवस्थित होटल एञ्जलिको तल्लो तलामा दलको चुनावी पार्टी कार्यालय स्थापित गरेका छन्।
हालैमा उक्त दलमा सामेल भएका छत्र सुब्बाले आज भाजपाको टाउन कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रममा नारी मोर्चा नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। नारी मोर्चा नेतृत्वहरू तारा लोहार लेप्चा, मृदुला सुब्बा, लह्मु शेर्पा अनि स्थानीय भाजपा कार्यकर्ताहरूको उपस्थितिमा पूर्र्व जीएलओ प्रमुख एवं हालैमा भाजपामा सामेल भएका छत्र सुब्बाले कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुब्बाले आज पनि आफू छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा रहेको पुष्टी गरेका छन्। आफ्नो सम्बोधनमा तिनले भारतीय जनता पार्टी सानो राज्य गठनको पक्षमा रहेको दावी गर्दै छुट्टै राज्यको कारण नै आफू उक्त दलमा सामेल भएको बताए। भाजपाको जीतपछि छट्टै राज्य सम्भव हुने बताउँदै सुब्बाले आज उद्घाटन गरेको सो पार्टी कार्यालय स्थायीरूपमा रहने बताए।

कालेबुङमा कंग्रेसको चुनाव प्रचार

कालेबुङ, 27 मार्च। 16 औँ लोकसभा चुनाउका निम्ति दार्जीलिङ समष्टिमा कङ्ग्रेसले पनि चुनावी कसरत शुरु गरेको छ। कङ्ग्रेसले सिलगढीका सुजय घटकलाई दार्जीलिङको आसनमा टिकट दिएपछि उनले आज कालेबुङमा पनि दलीय कर्मीहरूसित सभा गरे। उनी अनुसार कङ्ग्रेसले पहाड विकासलाई नै यसचोटीको चुनाउमा प्रमुख मुद्दा बनाएको छ। पहाड अनि समतलमाझ देखिएको विकास अनि सोच सम्बन्धीका विभिन्नतालाई तोड्नु नै आफ्नो पहिलो मुद्दा रहेको उनले बताए।
'यहाँ कोही मुख्यमन्त्रीकहाँ गइरहेका छन् भने कोही मोदीकहाँ'-घटकले भने,"तर कङ्ग्रेस मात्र एउटा यस्तो पार्टी हो जसले पहाडमा शान्ति, विकास अनि सद्भावना कायम राख्नसक्छ।' पत्रकारहरूसित कुराकानी गर्दै उनले पहाडका राजनैतिक ससस्याहरू आजसम्म कङ्ग्रेसल नै समाधान गर्दै आइरहेको दावी गरे। पूर्व प्रधानमन्त्री राजिव गान्धी लगायत जीटीए सम्झौताअवधि पनि पी. चिदम्बरम पहाड आएको प्रसङ्गलाई उनले उदाहरण बनाए। यसअवधि उनले हिल कङ्ग्रेसका नेतृत्वहरूले भन्ने गरेको स्वायत्त शासनको मुद्दा समेत उनीहरूको व्यक्तिगत सोच मात्र रहेको स्पष्ट पारे। कङ्ग्रेस पार्टीको नीति निर्धारण दिल्लीबाट नै हुने भएकाले यहाँका स्थानीय नेतृत्वहरूले गोर्खाल्याण्ड नै हुन्छ भनेपनि केही नहुने उनले स्पष्ट पारे। दार्जीलिङलाई राज्य दिनु अवथा स्वायत्त शासन दिनुपर्ने कङ्ग्रेसले नै आफ्नो चुनावी घोषणा पत्रमा हाल्ने भन्दै यी कुराहरू स्थानीय नेतृत्वहरूको सोच मात्र रहेको उनले बताए। उनले अझ भने अनुसार वालसन जल परियजनाको माध्यमबाट पहाडको पानीको समस्या कङ्ग्रेसले नै धेरै हद्सम्म पूर्ण गरेको हो। जीटीएमा राज्य सरकारको धेर हस्तक्षेप रहेकोले जीटीएले पनि काम गर्न नसकिरहेको उनले दावी गरे। दार्जीलिङमा अहिले केन्द्रको कङ्ग्रेस सरकारले नै तयार पारेको योजनाहरू राम्ररी लागु भइरहेको दावी गरे। यसका निम्ति बितेको वर्ष दार्जीलिङ जिल्लापालले सयदिने रोजगार योजनामा उत्कृष्ट पुरस्कार पाएको कुरालाई उनले उदाहरण दिए। आजको चुनावी सभामा जिल्ला कङ्ग्रेसका अध्यक्ष सरोज खत्री, उपाध्यक्ष डानियल लेप्चा, सचिव किरण मुखिया, एनोस लेप्चा, एलटी सिन्हा, देवाशिस घोष आदि उपस्थित थिए। सभामा भाजपा. मोर्चा, तृणमूल कङ्ग्रेस आदिको नीतिको विरोध गर्दै वक्ताहरूले कङ्ग्रेस समतलमा दह्रो स्थितिमा रहेको अनि पहाडमा पनि चुनावी अभियानलाई तीब्र रूपमा अघि लान दलीय कर्मीहरूलाई आह्वान गरिएको छ।