Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Mar 2014

छत्र सुब्बाले खोले भाजपा पार्टी कार्यालय

कालेबुङ, 27 मार्च। चुनाव अभियानलाई तिब्र पार्न कालेबुङका भारतीय जनता पार्टीका कार्यकर्ताहरूले पार्टी कार्यालय उद्घाटन गरेका छन्। भाजपा कार्यकर्ताहरूले यहाँको आरसी मिन्त्री रोडमा अवस्थित होटल एञ्जलिको तल्लो तलामा दलको चुनावी पार्टी कार्यालय स्थापित गरेका छन्।
हालैमा उक्त दलमा सामेल भएका छत्र सुब्बाले आज भाजपाको टाउन कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रममा नारी मोर्चा नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। नारी मोर्चा नेतृत्वहरू तारा लोहार लेप्चा, मृदुला सुब्बा, लह्मु शेर्पा अनि स्थानीय भाजपा कार्यकर्ताहरूको उपस्थितिमा पूर्र्व जीएलओ प्रमुख एवं हालैमा भाजपामा सामेल भएका छत्र सुब्बाले कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुब्बाले आज पनि आफू छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा रहेको पुष्टी गरेका छन्। आफ्नो सम्बोधनमा तिनले भारतीय जनता पार्टी सानो राज्य गठनको पक्षमा रहेको दावी गर्दै छुट्टै राज्यको कारण नै आफू उक्त दलमा सामेल भएको बताए। भाजपाको जीतपछि छट्टै राज्य सम्भव हुने बताउँदै सुब्बाले आज उद्घाटन गरेको सो पार्टी कार्यालय स्थायीरूपमा रहने बताए।

0 comments: