Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Mar 2014

कालेबुङमा कंग्रेसको चुनाव प्रचार

कालेबुङ, 27 मार्च। 16 औँ लोकसभा चुनाउका निम्ति दार्जीलिङ समष्टिमा कङ्ग्रेसले पनि चुनावी कसरत शुरु गरेको छ। कङ्ग्रेसले सिलगढीका सुजय घटकलाई दार्जीलिङको आसनमा टिकट दिएपछि उनले आज कालेबुङमा पनि दलीय कर्मीहरूसित सभा गरे। उनी अनुसार कङ्ग्रेसले पहाड विकासलाई नै यसचोटीको चुनाउमा प्रमुख मुद्दा बनाएको छ। पहाड अनि समतलमाझ देखिएको विकास अनि सोच सम्बन्धीका विभिन्नतालाई तोड्नु नै आफ्नो पहिलो मुद्दा रहेको उनले बताए।
'यहाँ कोही मुख्यमन्त्रीकहाँ गइरहेका छन् भने कोही मोदीकहाँ'-घटकले भने,"तर कङ्ग्रेस मात्र एउटा यस्तो पार्टी हो जसले पहाडमा शान्ति, विकास अनि सद्भावना कायम राख्नसक्छ।' पत्रकारहरूसित कुराकानी गर्दै उनले पहाडका राजनैतिक ससस्याहरू आजसम्म कङ्ग्रेसल नै समाधान गर्दै आइरहेको दावी गरे। पूर्व प्रधानमन्त्री राजिव गान्धी लगायत जीटीए सम्झौताअवधि पनि पी. चिदम्बरम पहाड आएको प्रसङ्गलाई उनले उदाहरण बनाए। यसअवधि उनले हिल कङ्ग्रेसका नेतृत्वहरूले भन्ने गरेको स्वायत्त शासनको मुद्दा समेत उनीहरूको व्यक्तिगत सोच मात्र रहेको स्पष्ट पारे। कङ्ग्रेस पार्टीको नीति निर्धारण दिल्लीबाट नै हुने भएकाले यहाँका स्थानीय नेतृत्वहरूले गोर्खाल्याण्ड नै हुन्छ भनेपनि केही नहुने उनले स्पष्ट पारे। दार्जीलिङलाई राज्य दिनु अवथा स्वायत्त शासन दिनुपर्ने कङ्ग्रेसले नै आफ्नो चुनावी घोषणा पत्रमा हाल्ने भन्दै यी कुराहरू स्थानीय नेतृत्वहरूको सोच मात्र रहेको उनले बताए। उनले अझ भने अनुसार वालसन जल परियजनाको माध्यमबाट पहाडको पानीको समस्या कङ्ग्रेसले नै धेरै हद्सम्म पूर्ण गरेको हो। जीटीएमा राज्य सरकारको धेर हस्तक्षेप रहेकोले जीटीएले पनि काम गर्न नसकिरहेको उनले दावी गरे। दार्जीलिङमा अहिले केन्द्रको कङ्ग्रेस सरकारले नै तयार पारेको योजनाहरू राम्ररी लागु भइरहेको दावी गरे। यसका निम्ति बितेको वर्ष दार्जीलिङ जिल्लापालले सयदिने रोजगार योजनामा उत्कृष्ट पुरस्कार पाएको कुरालाई उनले उदाहरण दिए। आजको चुनावी सभामा जिल्ला कङ्ग्रेसका अध्यक्ष सरोज खत्री, उपाध्यक्ष डानियल लेप्चा, सचिव किरण मुखिया, एनोस लेप्चा, एलटी सिन्हा, देवाशिस घोष आदि उपस्थित थिए। सभामा भाजपा. मोर्चा, तृणमूल कङ्ग्रेस आदिको नीतिको विरोध गर्दै वक्ताहरूले कङ्ग्रेस समतलमा दह्रो स्थितिमा रहेको अनि पहाडमा पनि चुनावी अभियानलाई तीब्र रूपमा अघि लान दलीय कर्मीहरूलाई आह्वान गरिएको छ।

0 comments: