Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Feb 2013

मदन तामाङ हत्याकाण्डका भुमिगत आरोपीहरु पक्राउ

कालेबुङ, १५ फरवरी मदन तामङ्ग हत्याकाण्डमा अभियाग लागेर लामो समयदेखि भूमिगत रहेका पॉंचजनालाई सीबीआईले आज दार्जीलिङबाट पक्राउ गरेको छ| मोर्चाको विभिन्न भातृ सङ्गठनहरूसँग सम्बद्ध रहेका कार्यकर्ताहरू पूरण थामी, किस्मत छेत्री, दिनेश गुरुङ, आलोककान्तमणि थुलुङ अनि केशवराज पोख्रेललाई सीबीआईले आज बिहान पक्राउ गरेको हो| यी आरोपीहरुलाई आज दार्जीलिङ अदालतमा पेश गरिएपछि १४ दिनको न्यायिक हिरासतमा राख्ने कोर्टले निर्देश दिएको छ| सीबीआइले आरोपीहरूसँग सोधपुछ गर्न सातदिनको रिमाण्डमा दिन कोर्टलाई निवेदन गरेको थियो| सीजीएम कोर्टले सीबीआईको यस निवेदनलाई खारेज गरी आरोपहरूलाई न्यायिक हिरासतमा राख्ने निर्देश दिएको हो| मदन तामाङ्ग हत्याकाण्ड मामिला राज्यको सीआईडी विभागबाट हस्तान्तारण गरिएपछि सीबीआई टोलीले आरोपीहरूको खोजकार्य जारी राखेको थियो| आज विहान लगभग पॉंच बजीतिर दार्जीलिङ रेलवेस्टेशन परिसरबाट सीबीआईले पॉंचैजनालाई आफ्नो नियन्त्रणमा लिएको थियो| आरोपीहरू शहर छोडेर सिलगडीतिर जान लागिरहेको अवस्थामा पक्रा परेका थिए| अखिल भारतीय गोर्खालीग अध्यक्ष मदन तामङ्गको २१ मई २०१०मा हत्या भएपछि आज पक्रा पर्ने पॉंजना आरोपीहरू लगायत अन्य केही मोर्चा कार्यकर्ताहरू त्यसै समयदेखि भूमिगत भएका थिए| यस मामिलामा मोर्चाका युवा नेता दिपेन मालेलाई अगावै पक्राउ गरिसकेको थियो भने लामो समयको अन्तरालपछि एकासाथ पॉंचजना आरोपीहरू पक्राउ परेको घटनाले अब यस मामिलाले गति पक्रिन सक्ने अनुमान गरिएको छ| यस मामिलामा मोर्चा कार्यकर्ताहरूलाई पक्राउ गरिएको सम्बन्धमा दलका नेताहरूले कुनै प्रतिक्रिया र वयान जारी गरेका छैनन्| यता आज आरोपीहरूको पक्राउपछि अभियोजन पक्षका सरकारी वकिल पङ्कज प्रसादले घटनाक्रबारे यस आशयको जानकारी दिएका छन्|

0 comments: