Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

25 Aug 2015

BHARATIYA GORKHA PARISANGH WRITES TO HOME MINISTRY TO STOP EVICTION OF GORKHAS BY ILP ACTIVISTS IN MANIPUR

Siliguri, August 25, 2015: Disturbed by reports that Gorkhas of Manipur were being forced to leave their homes by activists agitating for the implementation of the Inner Line Permit System in the state, the Bharatiya Gorkha Parisangh has written to Union Minister of State for Home Affairs, Shri Kiren Rijiju, seeking protection for the Gorkhas from forceful eviction.
The Inner Line Permit system, if adopted by the Manipur legislative assembly, will require outsiders to acquire government permission to enter and stay in the state. The activists demanding the IPL system are wrongly describing the state’s Gorkhas as “outsiders”. Rev Dr Enos Das Pradhan, national president of the Bharatiya Gorkha Parisangh, rued that on a day when the Gorkhas across India celebrated Balidan Diwas to commemorate the day when Major Durga Malla had died as a freedom fighter at the hands of the British in 1944, there was news that Gorkhas were facing atrocities in Manipur. The letter to Shri Kiren Rijiju emphasised that there while the Bharatiya Gorkha Parisangh had no objection to the introduction of the Inner Line Permit System in Manipur, the cutoff date for identifying outsiders should be 1972, when the state had been formed. Gorkhas were not outsiders in the state, stated Rev Dr Pradhan. “There is enough evidence to show that Gorkhas had been living in Manipur long before it was created and yet are facing a threat to their lives and properties.” He requested the Union Home Ministry to take immediate steps to stop any forceful eviction of Gorkhas from Manipur. The National Working Committee of the Bharatiya Gorkha Parisangh, which met in Siliguri on August 22, has decided to send an enquiry committee comprising Shri Sukhman Moktan, Shri R. Moktan, Shri Munish Tamang and Shri Bhupendra Adhikari to Manipur to interact with the leadership of the Joint Action Committee that is spearheading the agitation for the ILP. They will apprise the Joint Action Committee of the need to recognise the rights of Gorkhas who have been living in Manipur from a time before it became a state in 1972. A delegation is also likely to meet Shri Kiren Rijiju in New Delhi shortly to discuss the issue of Gorkhas in Manipur vis a vis the ILP.

25 Jun 2015

नेपाल भुकम्प पीडितको लागी सङ्गीत

कालेबुङ, 23 जुन। (प्रदीप)ः-
78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलको दर्शकदीर्घमा केहीबेर थप्पडीको आवाज गुञ्जयमान भएको थियो।
यो उमेरमा पनि आफ्ना प्रशंसकहरूलाई निराश नपार्ने उर्जावान गायिका अरू कोही नभएर सुश्री शान्ति ठटाल थिइन्। कालेबुङका कलाकर्मीहरूको समूह फ्रेण्ड्स् फर सोसियल कन्सर्नले नेपालको भुइँचालो पिडीतहरूको निम्ति अर्थसहयोग जुटाउन आयोजना गरेको सांगीतिक कार्यक्रम ‘मेलोडी फर रिमेडी’-मा गीत प्रस्तुत गर्न शनिबार साँझ नै दार्जीलिङबाट आइपुगेकी थिइन्। उनी दशकौंपछि कालेबुङमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी बनेकी थिइन्। आफ्ना जमानाकी एक लोकप्रिय गायिकालाई यतिका बर्षपछि सुन्न र हेर्न टाउनहलमा धेरै संख्यामा पाका मानिसहरूको उपस्थिति थियो तर उनका कालजयी गीतहरूले युवा पुस्ताका दर्शक-श्रोताहरू पनि मञ्त्रमुग्ध नभइ रहन सकेनन्। सुश्री ठटालले यस दिन सम्हालेर राख, आँधीहुरीले, मायाले सम्झ्यो कि कसोलगायतका गीतहरू गाएर आफ्ना प्रशंसकहरूलाई मुग्ध पारेकी थिइन्। उनलाई आयोजन समितिले प्रशस्तिपत्र प्रदान गरी अभिनन्दन पनि जनाएको थियो। नेपालका भुइँचालोपिडीतहरूको निम्ति कालेबुङका कलाकर्मीहरूको तर्फबाट पनि सहयोग गर्न यो कार्यक्रमको आयोजना गरिएको थियो। साहित्य, संगीत, पत्रकारिता, नाटक र सिनेमा क्षेत्रसँग जोडिएका मानिसहरूको तत्परतामा आयोजित कार्यक्रमको मूल उद्देश्य नेपालका भुइँचालो पिडीतहरूलाई सहयोग गर्ने रहेको भए पनि यसले अरू उद्देश्यहरूको पनि परिपूर्ति गरेको थियो। कार्यक्रममा सुश्री शान्ति ठटाललगायत डूवर्सको बाणी व्याण्ड अनि गायक पुष्पण प्रधान, काठमाण्डौबाट गायिका झुमा लिम्बु पनि कलाकर्मीहरूको यो सदिच्छालाई सहयोग पुर्‍याउन सहभागी थिए।
दुवै गायिकाहरूलाई दार्जीलिङका संगीतकार जीवनप्रकाश प्रधानको टोलीले साथ दिएका थिए। आयोजक कलाकर्मीहरूको उद्देश्य भुइँचालोपिडीतहरूको सहयोगसितै दुइपुस्ताका गायक-गायिका अनि गीतसंगीतकारहरूबीच सहकार्य, भारत-नेपालबीच संगीतिक विनियमलगायत बाणी व्याण्डका प्रतिभाशाली गायक पुष्पण प्रधान विशिष्ट गीतसंगीतको रस कालेबुङे संगीतप्रेमीहरूलाई आस्वादन गराउनु पनि थियो। संगीतकार अम्बर गुरूङको छत्रछायाँमा रहेर नेपाली संगीतजगतमा ख्याति कमाइरहेकी झुमा लिम्बुले पनि अर्थपोर्ण गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई आनन्दित तुल्याएकी थिइन। पहिलोपल्ट भारतेली नेपाली संगीतश्रोताहरूलाई आफ्नो गीत सुनाइरहेकी झुमालाई पनि आयोजकहरूले कदरपत्र प्रदान गरि सम्मान जनाएका थिए। यस अवसरमा डूवर्सको बाणी व्याण्ड अनि यसका गायक पुष्पण प्रधानको प्रस्तुति बेजोड थियो।
आफ्ना अनि अरूका गरी उनले झण्डै एक दर्जन गीत गाएका थिए। फत्तेमान राजभण्डारीको मर्न बरू गारो हुन्नबाट शुरु गरेर मनोज बोगटीको शब्द र आफ्नै संगीत रहेको ‘ए बूढा बा! यो त मेरो समय हो’ भन्ने अन्तिम गीत गाएर लगभग दुइ घण्टासम्म श्रोताहरूलाई बाँधेर राख्न उनी सफल भएका थिए। दर्शकश्रोताहरूसँग सम्वाद गर्दै गीत प्रस्तुत गर्ने शैलीले पनि उनलाई यस दिन धेरै रूचाइएको थियो। नेपालीसंगीतमा सुफीसंगीतको स्वाद दिने उनको गीत र गायिकीप्रति विशेष गरी युवापुस्ताका श्रोताहरू मोहित भएका थिए। पुष्पणको बेजोड प्रस्तुतिले मुध भएका संगीतकार जीवनप्रकाश प्रधानले कार्यक्रमबीच नै आफ्नो रेकर्डिङ स्टुडियो रिदमको तर्फबाट बाणी व्याण्डको एउटा एल्बम निकाल्ने घोषणा पनि गरेका थिए। यो कार्यक्रमको अर्को विशेष आकर्षण थियो नाटक भानु र पाला। यही नाटकको भाग एक र दुइले चर्चा र लोकप्रियता कमाएका कलाकार ललित गोलेले आफ्नै निर्देशनाअ तयार पारेको भानु र पाला नाटकले दर्शकहरूलाई प्रहसन मात्र प्रदान गरेको थियो तर हालमा सामाजिक अनि राजनैतिक विसंगतिहरूप्रति कलात्मक प्रहार पनि गरेको थियो। उनले यस दिन अगावै प्रदर्शन भइसकेको भानु र पालाको भाग एक अनि दुइसहित तयारीमा रहेको भाग तीनका केही अंशहरूको सम्मिश्रण प्रस्तुत गरेका थिए। गोलेलाई यो नाटकमा महेन्द्र बागदास, मदन भुजेल, बिक्रम पराजुली आदि कलाकारहरूले साथ दिएका थिए।
यो कार्यक्रममा कालेबुङका युवाव्यवसायी सोनाम याक्खा प्रमुख अतिथि थिए भने युवाकवि गगण राई बिशेष अतिह्ति थिए। दुवै अतिथिहरूको बाहुलीबाट कलाकारहरू शान्ति ठटाल, झुमा लिम्बु अनि पुष्पण प्रदानलाई अंगवस्त्र ओडाएर अभिनन्दन गर्ने कार्य गरिएको थियो। दुवैले भुइँचालो पिडीतहरूको सहयोगको निम्ति व्यक्तिगत तर्फबाट राम्रो रकम पनि प्रदान गरेका थिए।

9 Mar 2015

विपक्षी दलहरूको भुमिका के?

कालेबुङ, 3 मार्च (प्रदीप लोहागुण)-
दार्जीलिङ पहाडको ताजा राजनैतिक परिस्थितिमा यहाँका विपक्षीहरूलाई कसैले नसोधेको एउटा खरो प्रश्न छ, “विपक्षी दलहरूको भुमिका के?”
पहाडका विपक्षी दलहरूले विरोधको लागि मात्र विरोध गरिरहेका छन् कि रचनात्मक राजनीति पनि गरिरहेका छन? यहाँका विपक्षी दलहरूले गोर्खाल्याण्डको सवालमा गोजमुमोको खोइरो मात्र खनिरहने कि आफ्ना रणनीति तय गरेर लक्ष्यप्राप्तिको दिशामा अघि पनि बढ्ने हुन्? यतिबेला यस्ता तमाम प्रश्नहरू बहसको सतहमा उठाइनु स्वाभाविक मात्र होइन सापेक्षित पनि देखिन्छ। गोजमुमोले जीटीए ग्रहण गरेपछि बकाइदा चुनाउ जितेर यो दल जीटीएको सत्तामा पुगेको हो। यस हिसाबले हेर्ने हो भने गोजमुमो पहाडको राजनीतिको सत्तासिन दल हो अनि यहाँ भएका तमाम ठूला साना दलहरू आफूलाई विपक्षी दल भन्न रूचाउँछन्। तर तिनका राजनीति गर्ने कार्यनीति र रणनीति हेर्दा काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो देखिन्छ।
पहाडका विपक्षी दलका रूपमा क्रामाकपा, गोरामुमो, गोर्खालीग, गोरानिमोजस्ता राजनैतिक दलहरू देखिन्छ भने भागोप, डीडीयुडीएफजस्ता गैर राजनैतिक संस्थाहरूले पनि गोर्खाल्याण्डको सवालमा मोर्चासँग विरोधिता राखेको देखिन्छ। यीबाहेक राष्ट्रीय दलहरू भाजपा, तृणमूल कङ्ग्रेस र राष्ट्रीय कङ्ग्रेसको पहाडी एकाईले पनि गोर्खाल्याण्डबाहेकका मुद्दाहरूमा विपक्षीको स्थान लिन रूचाएको देखिन्छ। तर दार्जीलिङ पहाडको राजनीतिमा आफ्नो अस्तित्वको दावी गर्ने यी दलहरूले के साँचो अर्थमा विपक्षीको भुमिका निर्वाह गरिरहेका छन् त भन्ने सवालमा सबै दलका नेतृत्वले आत्मचिन्तन गर्नु पर्ने देखिन्छ। गोर्खाल्याण्डको निम्ति भनेर माकपाबाट छुटेर आएको क्रामाकपा गोरामुमो पहाडमा सत्तासिन हुँदैदेखि बिपक्षीको चौकी ओगटेर बसेको छ। वर्गीय मुक्तिको संघर्षलाई जातीय मुक्तिको सवालसमेत मानेर अस्तित्वमा आएको क्रामाकपाले गोरामुमोदेखि गोजमुमोको शासनकालसम्म आइपुग्दा दह्रो विपक्षी भनिमाग्ने आफ्नो बचेखुचेको सम्मान र शक्ति पनि हराउँदै गइरहेको छ। छैटौँ अनुसूचीको मुद्दामा अडिग रहेको गोरामुमो आफ्ना नेता सुवास घिसिङको निधन पछि अहिले आफै नेतृत्व संकटसँग जुझिरहेको छ। गोर्खालीगको अवस्था सबैभन्दा निरीह र शोचनीय छ। सांगठनिक संरचना र शक्तिको दृष्टिले धरासायी भइसकेको यो दलले मदन तामाङ जीवित हुञ्जेल पहाडको राजनीतिमा विपक्षी दल भन्न सकिनेसम्मका कामहरू गर्ने गर्थ्यो। कालेबुङमा कार्यालय राखेर गठन भएको  गोरानिमोबारे त पहाडका धेरै मानिसहरूलाई जानकारी पनि छैन। विपक्षी दलहरूको यस्तो निरीह र दूर्बल अवस्थामा सत्तासिन दलले मनमानी नगरेर के गर्छ? सत्तासिन दलले गर्ने मनमानी, भ्रष्टचार, कुशासन र राजनैतिक मुल्यहीनताको निम्ति के उ मात्र दोषी छ कि विपक्षी भनिमाग्ने दलहरू पनि यसको लागि जिम्मेवार छ? आफूलाई जिम्मेवार राजनैतिक दल मान्ने पार्टीका नेताहरूले यतिबेला इमानदारीसँग यी सवालहरूबारे मन्थन गर्नु पर्ने देखिन्छ।

आफै पनि यस्ता तमाम प्रश्नहरूको घेरोमा परेका भागोपका राष्ट्रीय अध्यक्ष डा एनोसदास प्रधान अनि डीडीयुडीएफका संस्थापक डा महेन्द्र पी लामा स्वीकार्छन, पहाडमा विपक्षीहरूको भुमिका निराशाजनक छ। “निराशाजनक नभएको भए पहाडको राजनीतिको यस्तो हालत किन हुन्थ्यो?”  डा महेन्द्र पी लामा स्वीकार्छन्। भागोपका अध्यक्ष डा एनोसदास प्रधानलाई पनि यहाँका दलहरूले रचनात्मक विपक्षीको भुमिका निर्वाह गरिरहेका छन भन्ने पटक्कै लाग्दैन। उनको बुझाइमा यहाँका दलहरू आफ्ना कार्यनीति र रणनीतिमा स्पष्ट छैन। भागोप आफै पनि यसको शिकार भएको उनको स्वीकारोक्ति छ। विपक्षीहरूको मुद्दा एउटै भए पनि कार्यगत तादम्यताको अभावले दह्रो शक्तिको रूपमा स्थापित हुन नसकेको उनको ठम्याइ छ। “भागोप आफै पनि स्पष्ट भएर अघि बढ्न सकेको छैन।कहिले क्षेत्रिय मुद्दामा बोलेन भन्ने आरोप लाग्छ, बोल्यो भने फेरि राष्ट्रीय संगठनले क्षेत्रिय मुद्दामा बोल्छ भनेर दोष लगाउनेहरू छन। भागोपको स्थिति पनि डावाडोल छ” डा प्रधानले भने। उनी ठान्छन, पहाडका दलहरूसँग गोर्खाल्याण्डको मुद्दालाई लिएर स्पष्ट रोडम्यापसम्म छैन। उनलाई लाग्छ, क्रामाकपा पनि स्पष्ट रोडम्यापसँग कहिले अघि आएको छैन, गोर्खालीग आफै अस्तित्वमा छ कि छैन, उनलाई शंका छ। “मोर्चा दिल्ली जाँदा मात्र कराएर भएन। विपक्षीहरू एकमञ्चमा आएर संगठित हिसाबले लड्यौँ भने मात्र केही परिवर्तनको आशा गर्न सकिन्छ” डा एनोसदास प्रधानले भने।
यता, डीडीयुडीएफका संस्थापक डा महेन्द्र पी लामा विपक्षी दलहरूसँग राजनैतिक दूरदृष्टिको कमी रहेको बताउँछन्। राजनीतिमा तत्कालिक र दीर्घमियादी मुद्दाहरूको निर्धारण गरेर रणनीति तय गर्नु पर्ने बताउँदै डा लामाले भने, “विपक्षी दलका साथीहरूले तत्कालिक मुद्दाहरूलाई मात्र धेरै फोकस गर्ने गरेका छन। दीर्घमियादी रणनीति र दूरदृष्टि राखेर काम गर्न सकेका छैन। जसको परिणामको रूपमा विपक्षी दलहरूले निर्वाह गर्नु पर्ने जिम्मेवारी र भुमिकाको पालना हुन सकेको छैन”
उनी पनि विपक्षी दलहरूले संगठित हिसाबका काम गर्न नसकेको अवस्थालाई नै दार्जीलिङ पहाडको राजनैतिक जटिलताको स्रोत मान्छन। “विपक्षी दलहरूले गर्नु पर्ने काममा ताकत नै लगाउँदैनन। बिजेपीले जितेपछि गोर्खाल्याण्डपन्थी सबै दलहरूले केन्द्रमा दबाउको राजनीति गर्नु पर्ने हो। तर जम्मै कुरा गोजमुमोमाथि छोडी दियो अनि यो पार्टीले चै झूठ बोलेर बोलेर हैरान पारिसक्यो” लामाले भने।
अर्कोतिर, क्रामाकपा प्रवक्ता गोविन्द छेत्री पनि विपक्षी दलहरूको दूर्बल भुमिकालाई आत्मसात गर्छन। तर यसको निम्ति सत्तासिन दल नै दोषी भएको उनको तर्क छ। विपक्षीको रूपमा मुखर भएर अघि आउनसाथ राजनैतिक भिडन्त र हिंसाका घटनाहरू बढेर जाने भएकोले पनि समस्या भएको उनको दाबी छ। ‘कार्यक्रम लिएर सडकमा आउँदा सत्तासिन दलबाटै बाधा हुन्छ। उनीहरूसँग भिडन्तमै जानु पर्ने हुन्छ। हामी यस्तो चहाँदैनौ। हामीसँग 86को तितो अनुभव छ” क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भने।

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

(दार्जीलिङ पहाडमा मुद्दाहरूको कुनै कमी छैन। हामीसँग मुद्दाहरूको पहाड छ। कहिले हामी गोर्खाल्याण्डको मुद्दा, कहिले छैंटौ अनुसूचीको मुद्दा, कहिले युटीको मुद्दा, विभिन्न मुद्दा मुद्दाहरूमा हामी अल्झिरहेका छौं। यो बीचमा एउटा नयाँ मुद्दा देखा परेको छ, कालेबुङलाई जिल्ला बनाउने मुद्दा। यतिबेला कालेबुङमा विधायक डा हर्कबहादुर छेत्री यो मुद्दा उठाएर प्रशंसा र आलोचनाको केन्द्रमा छन। उनले उठाएको यो मुद्दाबारे स्वर्णभूमि सम्वाददाता प्रदीप लोहागुणले लिएको विशेष अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।)

प्रश्नः तपाईले यो बीचमा कालेबुङलाई जिल्ला बनाइनुपर्छ भन्ने कुरामा पहल गरिरहनु भएको छ। वास्तवमा यो बीचमा कसरी अहिले जिल्लाको मुद्दा आयो?
उत्तरः यो बीचमा अचानक आएको मुद्दा होइन। दुइ बर्ष अघि राइटर्समा एउटा सर्वदलीय बैठक भएको थियो। त्यो बैठकमा दुइवटा प्रस्तावहरू वेष्ट बेङ्गलको नाम परिवर्तन गरि पश्चिम बंग बनाउने अनि अर्को अलिपुरद्वारलाई जिल्ला बनाउने कुरामा सबैको मत जान्ने काम भएको थियो। गोजमुमोबाट महासचिव रोशन गिरी अनि केन्द्रीय समिति सदस्य ज्योति राईसहित मैले पनि सहभागिता जनाएको थिए। बैठकमा रोशन गिरीले राज्यको नाम परिवर्तनको कुरामा कुनै आपत्ति नभएको तर अलिपुरद्वारलाई जिल्ला बनाउने कुरामा भने मोर्चाको विरोधिता रहेको मत जाहेर गरेका थिए। मोर्चाले किन विरोध गरेको थियो भने त्यतिबेला श्यामल सेन कमिटिले डूवर्समा गोर्खाभाषी बहुल क्षेत्रहरूको बारेमा स्थलगत पर्यवेक्षन गर्दै थियो अनि अलिपुरद्वारलाई जिल्ला बनाउने षडयञ्त्र हुनुसक्छ, मोर्चाले माग गरिरहेको मौजाहरू काटेर प्रस्तावित नयाँ जिल्लामा हाल्न सक्छ भन्ने पार्टीको बुझाइ थियो, जुन सारै गलत पनि थिइन। मैले पनि त्यो बैठकमा आफ्नो कुरा राखे। जहाँसम्म जिल्लाको कुरा छ, पार्टीमा पहिलेदेखि यसबारे चर्चा भइरहेको कुरा थियो...........  

प्रश्नः भनेपछि कालेबुङलाई जिल्ला बनाउने कुरा पार्टीको नीतिनिर्माणको तहमा नै तय छ?
उत्तरः यसलाई यसरी हेरौं न, उनीहरूले (पार्टीले) स्पष्ट रूपले उच्चारण गरेको छैन तर आन्तरिक सूझबूझ के हो भने जति धेरै जिल्ला र महकुमा हुन्छ, जति धेरै खण्डहरू हुन्छ, त्यति नै त्यसलाई राज्य बनाउन सजिलो हुन्छ। मैले त्यो बैठकमा पनि अलिपुरद्वारलाई मात्र नभएर राज्यको 18 वटा जिल्लाको पुनर्अध्ययन गर्न एउटा कमिटि बनाइयोस् भनेको थिएँ। मैले प्रतिनिधित्व गर्ने महकुमा जिल्लाकै सर्वबृहत महकुमा हो र भौगलिक अवस्था, पूर्वाधारहरूको अभावलगायत धेरै कुरालाई हेर्दा कालेबुङलाई जिल्ला बनाउन जरूरी छ भनेर मैले त्यै बैठकमा नै कुरा उठाएको थिएँ। भर्खरै सम्पन्न बजेट सेसनको अघिल्लो दिन राज्यपालको भाषणमा अलिपुरद्वारलाई जिल्ला बनाइएको कुरा सरकारको उपलब्धीको प्रस्तुत गरिएपछि मैले फेरि यो मुद्दाको उठान गरेको हूँ। 


प्रश्नः समग्रमा कुरा गर्ने हो भने जिल्लाको मुद्दालाई लिएर प्रगति के भइरहेको क्ग्ग त?
उत्तरः हुनु त केही भइरहेको छैन। जहाँ कुरा उठाउनु पर्थ्यो, त्यहाँ मैले कुरा उठाएँ। यो विधानसभाले गर्न सक्ने कुरा हो। बंगाल विधानसभाले गोर्खाल्याण्ड दिन सक्दैन तर जिल्लालाई दुइ भाग बनाउन सक्छ। 

प्रश्नः कालेबुङ जिल्ला हुँदा फाइदा के छ?
उत्तरः म त नोक्सान पो एउटै देख्दिनँ। फाइदा त जम्मै फाइदै फाइदै छ। तोदेताङ्ताको मान्छेलाई कालेबुङ आउनु सजिलो कि दार्जीलिङ जानु सजिलो? प्रशासनिक व्यवस्था जति नजिक आयो उति जनतालाई सुविधा हुन्छ नि।

प्रश्नः कालेबुङलाई जिल्ला बनाउँदा यहाँका जनताको अर्थ-सामाजिक जीवनमा पनि सुधार र प्रगति हुन्छ भन्ने लाग्छ तपाईँलाई?
उत्तरः धेरै परिवर्तन आउँछ। अथोरिटी जति टाडो भयो त्यति नै गतिविधि कम्ती हुन्छ। अफिसियल्ली पाइने सुविधाहरू कति मान्छेलाई त थाहा त हुदैँन। अफिस नजिक आउँदा त्यहाँ के के पाइन्छ भन्ने कुरा सजिलोसँग जान्न सकिन्छ। सरकारी अधिकारीहरू जैले पनि आँखाको अगाडी हुन्छन। कुनै पनि काम किन गरिनस् भनेर कान समात्न सकिन्छ। 


प्रश्नः तपाईँ कालेबुङको जनप्रतिनिधिको हैसियतमा कुरा त राम्रो उठाइरहनु भएको छ, जनताले मन पनि पराइरहेका छन यो कुरालाई, तर मोर्चाले नीतिगत रूपमा कहिले कालेबुङलाई जिल्ला बनाउने कुराको उठान गरेको छैन, मुखर रूपमा कहिले भनेको छैन। पछिलो चरणमा हेर्ने हो भने तपाईँ पार्टीदेखि कता कता टाडो बस्नु भएको हो कि जस्तो पनि देखिएको छ। यो अवस्थामा तपाईँलाई यो मुद्दालाई अघि बढाउनु अलिक चुनौतिपूर्ण लाग्दैन र?
उत्तरः अब राजनीतिमा चुनौति नै छैन भने त क्लरिकल काम गर्दा भइ हाल्यो नि। त्यो चुनौति छ र नै त मजा आएको हो नि। 

प्रश्नः तर पार्टीभित्रै पनि त चुनौति छ नि तपाईँलाई?
उत्तरः मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु। 


प्रश्नः भने पछि यो मुद्दालाई लिएर पार्टीको नेतृत्व तहमा पनि केही छलफल भइरहेको छ तपाईँको?
उत्तरः अहिले त मेरो कसैसँग यसबारे आलोचना भएको छैन। विधानसभाका सत्रमा नियमित उपस्थित हुनु परेकोले अलि व्यस्त पनि भइराखेको छु तर कालेबुङको विधायकको हैसियतले यो मेरो जिम्मेवारे हो। मलाई जे कुरा ठिक हो जस्तो लाग्छ, त्यो कुरा मैले उपयुक्त ठाउँमा उठाउनु पर्छ। अहिलेसम्म कसैले मलाई यो कुरा किन उठाइस् भनेर प्रश्न गरेको छैन। प्रश्न गरेछ भने पनि एक हजार एक उत्तर छ मसँग। कसैले चैँ अर्को पाँच बर्षको निम्ति हर्कबहादुरले नयाँ मुद्दा निकालेको पो हो कि भन्ने सोच बनाएका होलान तर मैले पहिले नै पत्रकार सम्मेलन गरेर अर्कोपालि म उठ्दिनँ भनीसकेको छु। 

प्रश्नः यस्तो केके त भनिरहनु हुन्छ नि तपाईँ। गोर्खालीगको महासचिव पद छोड्दा पनि त अब म कैले राजनीति गर्दिनँ भन्नु भएको थियो।
उत्तरः त्यो भनिएको पृष्ठभुमि पनि बुझ्नु पर्‍यो नि। अध्यक्षले गरेको निर्णय महासचिवलाई थाहा नहुने। बुझ्न खोज्दा यो माथिल्लो तहको कुरा हो, तिमी बुझ्दैनौ भन्ने जवाफ पाइने। अब महासचिवको पदमा बसेर कुरा बुझ्ने योग्यता ममा छैन भने किन त्यो पदमा बसिरहनु त? त्यही कारण मैले गोर्खालीग छोडेको हूँ। म राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति हो। 


प्रश्नः तपाई अहिले आएर जिल्लाको कुरा गरिरहनु भएको छ।पार्टी पनि जनजातिको मर्यादा, केन्द्रीय विश्वविद्यालयलगायतका खुदरा मुद्दाहरू उठिरहेको छ। यतिखेर मूल मुद्दाको अवस्था चैँ के छ?
उत्तरः यसलाई त यसरी हेर्नू पर्‍यो नि। हामीले सूँडको कुरा गर्दैछौं, खुट्टाको कुरा, कानको कुरा गर्दैछौं तर अन्तमा कुरा त हात्तीकै हो नि। 


प्रश्नः अहिले राज्यको राजनीतिलाई हेर्ने हो भने धेरै आकस्मिक परिवर्तनहरू देखा परिरहेको छ। विशेष रूपले राज्यको सत्तामा बसेको तृणमूल कङ्ग्रेस राजनैतिक संकटमा परेको जस्तो देखिएको छ। यतिबेलाको राज्यको राजनीतिलाई दार्जीलिङ पहाडको राजनीतिसँग जोडेर हेर्दा के देखिरहनु भएको छ तपाईँ?
उत्तरः हाम्रो त अवस्था सिक्किमको जस्तो हो। सिक्किम कैले कुनै पार्टीको विरोधमा जादैन, जुन दलले जितेर केन्द्रमा सरकार बनाउँछ, उसैलाई समर्थन गर्छ। बंगालमा हाम्रो अवस्था कुनै पार्टीलाई विरोध र समर्थन गर्नु भन्ने छैन। हामी इडोलिजीमा आधारित दल होइनौं। जसले गर्दा हामीलाई आइडोलोजिक समस्या पनि हुदैँन। हामीले अहिले चैँ जनतालाई सुविधासम्पन्न गर्ने कार्यलाई नै आइडिलोजी सम्झियौं भने पनि धेरै हो।

बघिनी फेरि पुरानै खोरमा

कालेबुङ, 4 मार्च (प्रदीप लोहागुण)- ‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’  कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला? उत्तर सरल छ, ‘समयले राजनीतिकर्मीलाई एउटा दलबाट अर्को दलमा पुर्‍याउँछ’
  यस्तै भयो हिल तृणमूल नेत्री ननिता गौतमसँग जो तृणमूल छोडेर फेरि मोर्चामै फर्केकी छन्। मोर्चाले 2007मा गोर्खाल्याण्डको आन्दोलन थाल्दा बघिनी पार्टीभित्र र जनमानसमा सशक्त महिला नेतृको रूपमा ननिता गौतम स्थापित भएकी थिइन। गोरामुमो सत्तामा हुँदादेखि नै आफ्नो वागी तेवर र जुझारूपनका निम्ति राजनीतिमा चासो राख्ने एउटा वर्गमा यिनी चिनिदैँ आएकी थिइन।
तिनको यो परिचयले नयाँ फाँट पायो गोजमुमोले शुरु गरेको आन्दोलनमा। दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनमा ननिता गौतमले यति निर्भिक, जुझारू र समर्पित नेतृको रूपमा मोर्चा सम्हालेकी थिइन कि आफ्ना महिला कार्यकर्ताहरूले तिनलाई बघिनीको संज्ञा समेत दिएका थिए। तिनै बघिनी 28 महिना तृणमूलको घाँसफूल भएको मैदानमा डुलिघुमि फर्केर फेरि पुरानै खोरमा आएकी छिन। गोजमुमोले आन्दोलनलाई शिथिल पारेर जीटीए ग्रहण गरेपछि मोर्चा नेतृत्वसँग तिनको मत बझ्न थालेको थियो। मतभेद चरममा पुगेपछि मोर्चा छोड्ने अन्य नेताहरूसहित ननिता गौतमले पनि 7 अप्रेल 2013मा तृणमूल कङ्ग्रेसमा प्रवेश लिएकी थिइन। उनलाई तृणमूलका तत्कालिन महासचिव मुकुल रायले दलको झण्डा प्रदन गरी पार्टीमा सामेल गरेका थिए। यतिबेला संयोग कस्तो मिलेको छ भने तिनै मुकुल राय पार्टीबाट निकालिएर भाजपामा सामेल हुने तयारीमा छन अनि यता ननिता गौतम तृणमूल छोडेर पुरानै पार्टीमा फर्केकी छन। गोजमुको जस्तो क्षेत्रिय पार्टीको नेतृत्व पङ्तिमा काम गरेकी ननिता गौतमलाई तृणमूल जस्तो राष्ट्रीय ढाँचाको दलमा बसेर काम गर्नु सहज र व्यावहारिक पनि भएन। शुरुमा उनलाई हिल तृणमूलको महिला प्रकोष्ठको अध्यक्षको जिम्मेवारी दिइएको थियो। तर हिल तृणमूलभित्र पनि नेतृत्व र पदको निम्ति हानाहान र तानातान भएपछि दलकी प्रमुख ममता व्यानर्जीले हिल तृणमूललाई  खारेज गरी तदर्थ समितिको गठन गरि दिएकी थिइन जसमा श्रीमती गौतमलाई उपाध्यक्ष बनाइएको थियो। आज मोर्चामा पुनर्प्रवेश लिन कार्यक्रमस्थलमा आफ्ना केही समर्थकहरूसित आउँदा श्रीमती गौतमले केही असहज अनुभव गरिरहेकी थिइन। कार्यक्रम हलभित्र प्रवेश गर्दा तिनलाई स्वागत जनाउने न्यानो अङ्गलोहरूलाई पनि थिए, तिनलाई व्यङ्ग्य कस्ने कुटिल मुस्कानहरू पनि थिए। आज मोर्चामा प्रवेश लिने 219 जना मानिसहरूमध्ये प्रथममा तिनलाई नै मञ्चमा बोलाएर बिमल गुरूङले खदा लगाइ दिए अनि दलको झण्डा प्रदान गरि पार्टीमा लिएको औपचारिकता पूरा गरेका थिए। तर जब आफ्नो मन्तव्य जाहेर गर्न पालो आयो, उनले आफ्नो सहजतामाथि पुरापुरी नियञ्त्रण गरिन, गम्भीर मुद्रामा आफ्ना कुराहरू राख्न शुरु गरिन। पन्द्र बीस मिनट लामो आफ्नो सम्बोधनको अधिकाशं समय उनले गोजमुमो अध्यक्ष र पार्टीका पुराना सहकर्मीहरूलाई आभार  प्रकट गर्न अनि खर्चिन। “उनी अभिभावक हुन, बाबु हुन। उनको ह्रदयमा चोट पुगेको थियो। फेरि हामी सबैलाई समेटेर परिवारमा ल्याए, म धन्यवाद दिन्छु” ननिता गौतमले भनिन।
उनले आफूलाई सफाई दिने शैलीमा थपिन्, “सबैभन्दा ठूलो कुरो समय र परिस्थिति हो। समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ। हामी परिस्थितिका दास हौं। मेरो विवशता र अवस्थाले मलाई यो परिवारबाट टाडो पुर्‍याएको थियो। कसैले मनदुःख गर्नु हुन्न”
दलभित्र कुनै समय प्रभावशाली नेत्रीको रूपमा चिनिएकी ननिता गौतम 28 महिना तृणमूलमा बसेर मोर्चामा फर्केकी हुन। अब उनलाई दलभित्र पुरानै स्थान र मर्यादा पाउँछु भन्ने कुरामा पनि खासै आशा र भरोसा छैन। “म साधारण सदस्य भएर बस्नेछु” उनको यो छोटो उदगारको आसय झण्डै यस्तै बुझिएको थियो। पहाडको विकास र रोजगारका एजेण्डा बिकेर तृणमूलमा गए पनि ह्रदयमा सधैँ गोर्खाल्याण्ड रहेक दावी गर्दै उनले भनिन, “हामी सबै मिलेर हाम्रो आकाङ्क्षालाई अघि लिएर जाऊँ”

ननिता गौतम जस्ती जुझारू नेत्री दल छोडेर जाँदा बिमल गुरूङलाई पनि दुःख त लागेकै थिएछ। गुरूङ आफैले मञ्चमा यसलाई स्वीकार पनि गरे। उनले पनि गीतकै शब्दहरू पैँचो लिएर आफ्नो कुरा राखे, “हे फूल चुडेर लाने हो, यहाँ माली रोएको हेर....। पार्टीलाई यो स्तरसम्म पुर्‍याउन उनको योगदानलाई हामीले भुल्नु हुदैन। पार्टी छोडेर जाँदा हामी एकक्षण रोएका थियौं”
उनले ननिता गौतमलाई दिदी भनेर पनि सम्बोधन गरे अनि दिदीभाइको सम्बन्धलाई पार्टीभन्दा माथि राखेर हेर्ने आग्रह पनि गरे। “पार्टी त आउँछ, जान्छ। सम्बन्ध ठूलो कुरो हो। म सधैँ सम्बन्धहरूप्रति समर्पित छु। मौका मिल्यो भने म ननिता दिदीको हातको भाइटिका लगाउन पनि आउँछु” गुरूङले भने।

27 Feb 2015

निराश छन् विधायक डा. छेत्री

कालेबुङ, 26 फरवरी (प्रदीप लोहागुण)ः- 
केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एकदमै सहजताकासाथ उत्तर दिए, उनले आफ्नो मन्तव्य जाहेर गरेका हुन् तर पार्टीको निर्णय हुन्छ।
उनले काम राम्रै गर्दैछन्
, चलिरहेको छ, आदान प्रदान राम्रै छ। पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेका छन्, भइहाल्यो। उनले कोइबेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि
पार्टीप्रमुखले यो प्रतिक्रिया दिएको यतिका दिनपछि पनि न डा हर्कबहादुर छेत्रीले मन दुखाउन छोडेका छन् न पार्टी नेतृत्वले उनीसँग बसेर चित्त माझामाझ गरेको छ। बरू उल्टै पार्टी र डा छेत्रीको सम्बन्ध 36को आकडामा परिणत हुने क्रममा छ। भोलि शुक्रबार बिधानसभाको बजट अधिवेशनमा भाग लिन कलकता हुइँकिने चटारोमा रहेका डा हर्कबहादुर छेत्रीसँग दस मिनटको छोटो कुराकानीमा पनि यति कुरा बुझ्न गारो भएन। उनीसहित पहाडका तीनजना विधायकहरू भोलि हुने बजेट अधिवेशनको सत्रमा भाग लिन जादैछन्। तर पहाडको हक-हित र सरोकारका कुन कुन मुद्दा र समस्याहरू उठान गर्ने भन्नेबारे उनीहरूलाई न पार्टीले निर्देश दिएको छ न जीटीएले फिडब्याक नै दिएको छ। डा हर्कबहादुर छेत्रीले त झन मोर्चाको दार्जीलिङकेन्द्रित नेतृत्वसँग बसेर पार्टी र मुद्दाहरूबारे छलफल नगरेको नै धेरै भइसकेको छ। बरू उनलाई पार्टीसम्म आफ्नो कुरा पुर्‍याउन मिडीया सहज माध्यम बनेको छ। पार्टी नेतृत्वलाई सोझै भन्न नसकेका कुराहरूले उनले मिडियाबाट छिराएर भन्ने गरेको कुरा पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाई पनि थाहा भइसकेको छ। पहाडका तीनैजना विधायकहरू जीटीएका एक्स अफिसियो मेम्बरहरू हुन्। तर जीटीएको बैठक कहिले हुन्छ र केके कुराहरू पारित हुन्छन भन्ने कुरा आधिकारिक रूपले डा हर्कबहादुर छेत्रीलाई थाहा हुँदैन। “बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन। “त्यही दार्जीलिङमा बस्ने त्रिलोक देवानलाई जीटीएको बैठकमा कहिले बोलाइँदैन, मेरो के कुरा”  डा छेत्रीले भने। जहिले भेट्दा पनि कलकता हिडँन हतारिरहेका डा छेत्रीलाई अहिले बरू दार्जीलिङभन्दा कलकता नै नजिक लाग्न थालेको जस्तो भान हुन्छ। आज पनि उनी कालेबुङमा सम्पन्न एउटा साहित्यिक कार्यक्रममा दुइघण्टाको निम्ति सहभागी हुन आइपुगेका थिए। बुधबार सम्पन्न विधानसभा सत्रमा राज्यपालको भाषण सुनेर अनि आफ्नो कुरा राखेर बेलुकीको ट्रेन चढेर उनी कालेबुङ आइपुगेका थिए। आज अपरान्ह कार्यक्रम सक्दा नसक्दा उनी कलकताका निम्ति प्रस्थान पनि भइसकेका थिए। पार्टीले उनीसँग किन दूरत्व बनाउन थालेको छ? के उनको कलकतामोह पार्टीलाई मन नपरेको हो कि पार्टीभित्र उनको उपयोगिता समाप्त भएकै हो? मोर्चा नेतृत्व र डा हर्कबहदुर छेत्री, दुवै शिविरबाट समय समयमा आउने विरोधाभाषपूर्ण बयानले यतिबेला प्रश्नहरू सतहमा उठेर आउनु स्वभाविक देखिन्छ। शुरुका दिनमा डा हर्कबहादुर छेत्रीको उपयोगिता पार्टीभित्र कतिसम्म थियो भने बिमल गुरूङसमेत उनको कुशाग्र बौद्धिक क्षमता, वाकपटुता र तार्किकतासँग प्रभावित थिए। पार्टीको हरेक साना ठूला गल्ती र कमजोरीहरूलाई पनि उनी आफ्नो बेजोड तर्कशक्ति र वाटपटुताको भरमा ढाकछोप गर्थे। मोर्चा अध्यक्षले उनको यो गुणको सराहना गर्दै कालेबुङको एउटा कर्यक्रममा सार्वजनिक रूपमै भनेका पनि थिए, “डा हर्कबहादुर छेत्री पार्टीका लागि ढकनी हुन्” तर विधानसभा चुनाउ जितेर कलकता पुगेपछि उनको यो ढकनीको अवतार उघ्रेको देखिन्छ। आफ्नो बौद्धिकता र ज्ञानगुणका कारण उनी एकातिर कलकताको राजनैतिक समाजसँग नजिकिँदै गएका छन् भने अर्कोतिर आफ्नै दलबाट काटिँदै पनि गइरहेका छन। मुख्यमञ्त्री ममता व्यानर्जीसँगसमेत उनको सम्बन्ध यति नजिकिन पुग्यो कि कालेबुङको भ्रमणमा आउँदा मुख्यमञ्त्रीले डा छेत्रीको हिलटपस्थित आवासको चोठाकोठा नै चहारेर फर्किन। यो घटनाले उनलाई लिएर पार्टीभित्र राम्रो सन्देश जान सकेन। विधायक भएको केही महिना पछि उनलाई राज्य सरकारले सेरिकल्चर निदेशालयको महत्वपूर्ण पदमा राख्ने प्रस्ताव पनि दिएको थियो तर पार्टीको नेतृत्व पंक्तिले प्रस्ताव खारेज गरेपछि उनले यति प्रतिष्ठित पद गुमाउनु परेको थियो। उनी र पार्टीबीच अहिले देखा परेको दूरत्वको आरम्भिक चरणको बिन्दुको सूत्रपात यहीबाट भएको थियो। त्यसपछि पछिल्ला चरणमा त्रिपक्षीय अनि द्विपक्षीय वार्ताहरूमा उनलाई सामेल गरिएको देखिँदैन।
बुधबार सम्पन्न बिधानसभाको सत्रमा पनि उनी कालेबुङलाई जिल्लाको मर्यादा प्रदान गरिनु पर्ने कुराको वकालती गरिरहेका थिए। राज्यपालले आफ्नो अभिभाषणको क्रममा अलिपुरद्वारलाई नयाँ जिल्लाको दर्जा दिइएको सन्दर्भ झिकेपछि आफ्नो बोल्ने पालो आएपछि डा छेत्रीले कालेबुङलाई पनि नयाँ जिल्लाको दर्जा दिनु पर्ने मुद्दा विधानसभामा उठाएका थिए। उनले कालेबुङलाई किन जिल्लाको दर्जा दिइनुपर्छ भन्ने तथ्यपरक तर्कहरू सारेका थिए। कालेबुङको जनप्रतिनिधिको हैसियतमा उनले उठाएको यो मुद्दा जनमुखी र सापेक्षित हुनैसक्छ तर यो मुद्दाले पनि उनलाई अझै पार्टीको किनारीकरणको नीतिको शिकार हुनु पर्ने देखिन्छ। विधायकको रूपमा उनले उठाएको यो मुद्दा आफ्नो ठाउँमा सही भए पनि मोर्चाले पार्टीको नीतिगत तहमा कालेबुङलाई जिल्ला बनाउनु पर्ने कुरालाई स्पष्ट रूपमा कहिले उठाएको छैन। यस्तो स्थितिमा पार्टीसँग उनको भुलबुझाइ र दूरत्व मेटिनुका साटो अझै बढेर जाने सम्भावना चुलिएको छ।

14 Feb 2015

दलमा दक्ष नेताको सङ्कट

कालेबुङ,12 फरवरी (प्रदीप लोहागुण)ः-  
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका सर्वमान्य नेता सुवास घिसिङको देहावसान पछि यस दलको अस्तित्व र भविष्यलाई लिएर पार्टी नेतृत्व र कार्यकर्ताहरूमा चिन्ता बढेको छ भने यो दलको उतारचढाउमा चासो राख्नेहरूमा कौतूहल देखा परेको छ। घिसिङको निधनको खबरले निराश र विह्वल कार्यकर्ताहरूको भरोसा थेग्न हतारपतार पार्टीले सुवास घिसिङका छोरा मन घिसिङलाई दलको कमान त सुम्पियो तर लामो राजनैतिक दौडमा पार्टीको रणनीति र कार्यनीति थेग्न सक्ने तिनको क्षमतालाई लिएर दलभित्रै धेरैलाई शंका छ। 5 अप्रेल 1980-देखि मृत्युपर्यन्त गोरामुमोको कमान सम्हालेका सुवास घिसिङजतिको उचाइँको नेता गोरामुमोभित्र देखिँदैन।पार्टीभित्र सधै बटवृक्षजस्तो उभिएका सुवास घिसिङले पनि अन्य क्षेत्रिय दलहरूको परम्परा अनुसरण गर्दै आफूपछि दलको नेतृत्व सम्हाल्ने अर्को नेता बनाउने कार्य गरेनन। सुवास घिसिङका छोरा मन घिसिङलाई पनि बाबुको सहानुभूतिको लहरमा पार्टीको कुर्सी प्रदान गरिएको जस्तो देखिन्छ जबकि गोरामुमो अनि पहाडको राजनैतिक पटलमा उनको नाम कुनै दिन चर्चामा थिएन। उनी राजनैतिक रूपले पनि कति परिपक्व छन भन्ने प्रश्न उठाउनेहरू पनि पार्टीभित्र छन। घिसिङको निधनले जन्माएको नयाँ परिस्थितिमा मन घिसिङलाई पार्टीको नेतृत्व सम्हाल्न त दिइएको छ तर गोरामुमोका दोस्रो दर्जाका नेताहरूमा पनि त्यो कुर्सीसम्म पुग्ने महत्वाकांक्षा भने समाप्त भइहालेको छैन। यतिबेला गोरामुमोको नयाँ नेतृत्वलाई लिएर पार्टी कार्यकर्ता र समर्थकहरूमा केही शंका र अन्योलता त उब्जेकै होला तर यतिबेला यो दलको एडभान्टेज भनेको पार्टीप्रति आशा राखेर बसेका कटटर कार्यकर्ता र समर्थकहरूको समर्थन र आस्था हो। अहिले पनि हरियो झण्डा’-को छहारीमुनि आफूलाई सुरक्षित ठान्ने कार्यकर्ता र समर्थकहरूको कुनै कमी छैन। यस्तो जनसमर्थन र आस्था अरू दलहरूले चाहेर पनि पाउन सकेका छैनन। सांगठनिक शक्तिको आधारमा गोरामुमोलाई अहिले दोस्रो सर्वबृहत दलको रूपमा हेर्न सकिन्छ। तर यति हुँदा हुँदै पनि दलका दिवङ्गत नेता सुवास घिसिङको दीर्घकालिन मौनताले यो पार्टीलाई गतिहीनताको खाडलमा जाक्ने काम भने अवश्यै गरेको छ। यतिबेला गोरामुमो नेतृत्वसँग आन्तरिक अनि वाह्य दुवै खाले चुनौतिहरू खडा भएका छन। दलका सर्वमान्य नेताको निधनले कार्यकर्ता र समर्थकहरू निराश र पलायन हुने सम्भावना बढेको छ। तिनका भरोसा र आस्थालाई नयाँ नेतृत्वले कसरी व्यवस्थापन गर्ने हुन् भन्ने कुरा चुनौतिपूर्ण नै देखिन्छ। यी बाहेक गोरामुमोभित्र निर्माण भएको नयाँ परिस्थितिमा नेतृत्वको होडबाजी, गूटबन्दी र आन्तरिक चलखेल हुनसक्ने सम्भावना पनि देखिन्छ। अर्कोतिर, लामो समयदेखि राजनैतिक क्रियाकलाप शून्य रहेको यो दललाई सांगठनिक रूपले पुनर्गठन र सुदृढीकरण गर्नु पर्ने खाँचो देखिन्छ। अर्कोतिर, पहाडको राजनीतिमा चासो राख्ने एकथरी मानिसहरू घिसिङपछिको परिवर्तित परिस्थितिमा गोरामुमोले राजनैतिक गतिशीलता हासिल गर्न सक्ने अनुमान पनि गर्छन। दलको मूल मुद्दा छैटौं अनुसूचीलगायत पहाडका जनसरोकारका मुद्दाहरूमा नयाँ नेतृत्व सुवास घिसिङझैँ मौनता साँधेर नबस्लान भन्ने उनीहरूको अडकल छ। आफ्ना समर्थकहरूको आस्था कायम राख्न अनि नयाँ मानिसहरूलाई पार्टीसँग जोडेर दलको पुरानो शक्ति पुनर्बहाल गर्ने दिशामा पनि नयाँ नेतृत्वले राजैतिक गतिविधि र अभ्यास शुरु गर्न सक्ने राजनीति सचेत मानिसहरूको सोचाइ छ।

12 Feb 2015

सिक्किसँग मिल्ने - गुरूङ

कालेबुङ,11फरवरी (प्रदीप लोहागुण)ः-
  सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मर्यादा दिलाउने मुद्दामा गोजमुमो अध्यक्ष अनि जीटीए प्रमुख बिमल गुरूङ सिक्किम सरकारसँग मिलेर काम गर्न आग्रही देखिएका छन। एउटा धार्मिक अनुष्ठानमा सहभागी हुन कालेबुङ आएका मोर्चा प्रमुख गुरूङले पत्रकारहरूलाई यस आशयको बयान दिएका छन। सिक्किमका मुख्यमञ्त्री पवन चामलिङको एसडीएफ सरकारको लक्ष्य सम्पूर्ण गोर्खा जातिलाई जनजातिको दर्जा दिलाउने हो भन्ने बयानलाई केन्द्र गरी पत्रकारहरूले उनको प्रतिक्रिया जान्न चहाँदा गुरूङले यस्तो विचार व्यक्त गरेका हुन।  यो मुद्दामा सिक्किम सरकार र जीटीएले संयुक्त रूपमा काम गर्न सके यसको द्रूत परिणाम देखा पर्ने गुरूङको धारणा छ।
यसको निम्ति एउटा संयुक्त समिति गठन गरेर पहल गर्न सकिने उनले प्रस्ताव पनि राखेका छन। यो साझा मुद्दामा दुवै क्षेत्रबाट संयुक्त रूपमा काम हुनु पर्ने आवश्यकता रहेको बताउँदै बिमल गुरूङले भने, “हामीले जीटीए क्षेत्रका जातिहरूलाई जनजाति बनाउने होइन, सम्पूर्ण भारतका गोर्खाहरूलाई जनजाति बनाउने कुरा हो। सिक्किम, पूर्वोत्तरलगायत अन्य क्षेत्रहरूमा बस्ने सबै गोर्खाहरूलाई यसको खाँचो छ। यसको निम्ति हामी चाढैँ नै सिक्किमका मुख्यमञ्त्रसँग बसेर वार्ता गर्ने छौं। पार्टीगत रूपमा हामीले यो मुद्दालाई केन्द्र सरकारसमक्ष पुर्‍याइ सकेका छौं तर संयुक्त रूपले काम गर्न सिक्किमको पनि मदत चाहिन्छ। हामी आपसमा बसेर राम्ररी काम गर्‍यौं भने छिट्टै नै यसको परिणाम निस्किहाल्छ। हामीले शुरुमा नै उठान गरेको मुद्दा हो जुन जीटीएको सम्झौतामा पनि उल्लेख छ। भोलिको दिनमा सिक्किम सरकार र जीटीएको एउटा संयुक्त समिति गठन गरेर काम गर्न सक्य़ौं भने अझ उत्तम हुनेछ। यसमा अझै पूर्वोत्तरका प्रतिनिधिहरूलाई पनि सामेल गर्न सकियो भने व्यापक तहमा काम गर्न सक्छौं। यो जातिको मुद्दा हो, यसमा अगुवाइ कसले गर्छ भन्ने कुरा आउदैन। भोलिको दिनमा सिक्किमका मुख्यमञ्त्री र जीटीएका प्रमुखले सोचे भने भैहाल्ने कुरा हो। मन मिल्नु पर्छ। हामी भिन्न भिन्न प्रकारले हिड्यौं भने त हाम्रो माग पनि भङ्गलिन्छ। हामी एक भएर काम गर्‍यौं भने सबैको हित हुन्छ। म सानो मान्छे हूँ, यसको निम्ति म मेरो पक्षबाट पहल गर्छु”
 अर्कोतिर, दिल्ली विधानसभा चुनाउमा आम आदमी पार्टी (आप)को अप्रत्यासित विजयबारे सञ्चारकर्मीहरूले उनको प्रतिक्रिया लिन चहाँदा गुरूङले भाजपाको पक्षमा रक्षात्मक टिप्पणी जाहेर गरेका छन। दिल्लीको चुनाउमा आपको बिजय भए पनि केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकारलाई आँखीओझेल गर्न नमिल्ने उनको भनाइ छ। “केन्द्रमा सरकार कसको छ? भाजपा पूर्णमत लिएर केन्द्रमा बसेको छ। दिल्लीको चुनाउमा हारेको छ तर यस अघिको तिनवाट राज्यको चुनाउमा जितेको छ, त्यसको कुरा चै किन नगरेको मान्छेले? राज्यलाई कोष दिने नै केन्द्र हो। केन्द्र सरकारले माया गरेन भने त्यो राज्य चल्नु सक्छ? बङ्गालको हालत कस्तो छ, सबैले देखेकै छ। बिजेपीलाई दुश्मनीको दृष्टिले हेर्नेहरूको संख्या बढेको छ। बिजेपीको केही कमजोरीहरू भयो होला जसले गर्दा पराजय भोग्नु पर्‍यो तर आपको लागि पनि शासन चलाएर बस्नु कम चुनौतिपूर्ण छैन”
 यता, आफ्नै दलका विधायक अनि केन्द्रीय प्रवक्ता डा हर्कबहादुर छेत्रीले बेलाबेला जाहेर गरिरहने विरोधाभाषपूर्ण बयानका बारेमा पनि पत्रकारहरूले गुरूङको मन्तव्य मागेका थिए। विशेष गरी आउँदो विधानसभा चुनाउमा पार्टीको उम्मेद्वारिता स्वीकार गर्ने डा हर्कबहादुर छेत्रीको बयानलाई केन्द्र गरी सोधिएको प्रश्नमा गुरूङले भने, “उनले आफ्नो मन्तव्य जाहेर गर्छन् तर पार्टीको निर्णय हुन्छ। उनले काम राम्रै गर्दैछन्, चलिरहेको छ, आदान प्रदान राम्रै छ।पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेको छन्, भइहाल्यो। उनले कोइ बेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि”

गोटी वाणी, विधानसभा र भ्यागुता

  • मनोज बोगटी

    ‘आगामी चुनाउको निम्ति हिन्दुस्तानमा जुन लहर चलिरहेको छ, त्यसमा दार्जीलिङले पनि काम गर्नुपर्छ,’ आरएसएसका इन्द्रेस कुमारले भने, ‘मलाई विश्वास छ यो दार्जीलिङ, अलिपुरद्वार, जलपाईगुढी, कुचबिहारले बङ्गाल सरकार पल्टाउनुमा काम गर्ने नै छ।’
त्यसपछि विमल गुरूङले आफ्नो काम शुुरु गरे। दार्जीलिङको निम्ति त तिनलाई चिन्ता छैन, यसकारण तिनी डुवर्सतिर झरिरहेका छन्‌।
‘तराई डुवर्स हाम्रो मुटु हो’, फरवरीको कुनै दिन 2012 मा विमल गुरूङले यसो भन्दा जीटीए चुनाउको कुटनीति चलिरहेको थियो। यही डायलग तिनले फरवरीको कुनै दिन 2015 मा दोहोर्‍याउँदा विधानसभा चुनाउको कुटनीति चलिरहेको छ। स्पष्ट के छ भने विमल गुरूङले यो डायलगलाई चुनाउको निम्ति फ्यॉंकिने ‘गोटी वाणी’ बनाउँदै आइरहेका छन्‌। ‘कुटनीति’ राजनैतिक खेलाको बलियोे सुत्र हो तर त्यो कुटनीतिभित्र दलीय स्वार्थ र जनस्वार्थ अलग अलग देखा पर्‍यो भने त्यही कुटनीति दुर्भाग्य बन्ने सम्भावना बढ्‌छ। 2012 को  ‘गोटी वाणी’ को उद्देश्यलाई केलाएर हेरौं, विमल गुरूङको बद्नीति स्पष्ट हुन्छ।
श्यामल सेन सरकारी नियुक्ति खाइरहेका थिए। ममता व्यानर्जीले देशलाई सय दिनमा बङ्‌गालको अनुहार ‘चेञ्ज’ गर्ने जुन डेटलाइन दिएकी थिइन्‌, त्यसले विमल गुरूङको कलिलो दिमाग भत्काउन गाह्रो थिएन। आन्दोलन थन्काएर कुनै ‘पावर’को निम्ति घुँडा टेकेका विमल गुरूङलाई त्यही श्यामल सेनको जिम्मा दिएर कालेबुङ, दार्जीलिङ र खरसाङ महकुमाभित्र कॉंडेतार लगाएर राखियो। त्यो कॉंडेतारले घेरिएको खोर थियो जीटीए। खोर भित्रका बाघ थिए विमल गुरूङ।  भन्नलाई श्यामल सेनलाई तराई डुवर्सको भूभाग जीटीएमा टॉंस्नको निम्ति ‘अध्ययन गर्न अनि विकल्प निकाल्न’ नियुक्त गरिएको थियो तर त्यो देखाउने दॉंत थियो। श्यामल सेन पहाड, तराई र डुवर्सका जनताको आँखामा हाल्ने धुलो थियो,  जुन धुलो पिस्नुमा विमल गुरूङको ठूलो हात छ।
अहिले जीटीए छ, जीटीएमा विमल गुरूङ छन्‌ अनि जीटीे बाहिर छ तराई र डुवर्स। के श्यामल सेन पहाड, तराई र डुवर्सका जनताको आँखामा फ्यॉंकिएको धुलो भएनन्‌ त?

एउटा कथा छ-
     छोराले आमालाई 1 रुपियॉं माग्छ। चलाक आमा भन्छिन्‌, ‘एक रुपियॉं? के को आठाना, छैन चाराना, ला दस पैसा, पॉंच पैसा खा पॉंच पैसा फर्का।’ ममता व्यानर्जी विमल गुरूङको निम्ति त्यही आमा थिइन्‌। मोर्चाले मागेको थियो तराई डुवर्सको 396 मौजा। आशा गरेको थियो 150 मौजा। पायो 5 मौजा।
    19 जुलाई 2013 को दिन विमल गुरूङले भनेका थिए, ‘यदि डुवर्समा नै मेरो अन्तिम सास जानुपर्छ भन्ने भगवानले सोचेको छ भने मलाई कुनै अफसोस छैन।’ तिनले यसो भन्दा रोङ्‌गो, गैरीबास, दलगाउँ, कुमानी, कुमाई सामसिङका खसीहरू खोरखोरबाट सकिसकेको थियो। केही दिन अघि फेरि सिब्सुमा दुई थोपा आँशु चुहाएर विमल गुरूङ भन्छन्‌, ‘डुवर्स हाम्रो मुटु हो।’ 
सुन्दा सुन्दर लाग्ने यो वाक्य वास्तवमा विमल गुरूङको आफ्नै मुटुबाट निस्किएको होइन। किन भने तिनी जीटीएका प्रमुख हुन्‌, जुन जीटीएमा सिब्सु पर्दैन। तराई डुवर्स पर्दैन। गोर्खाल्याण्डको निम्ति आन्दोलनमा उत्रने त्यहॉंका जनता पर्दैन। निता, विमला, बिकि, प्रमिला र अकबरहरूको रगतले बनिएको जीटीएमसम्म डुवर्सका जनताको सपना पुग्दैन। जीटीएबाट निस्किएको मही पनि विमल गुरूङ खान्छन्‌, दही पनि र घिउ पनि। डुवर्सले केही पाउँदैनन्‌। मह पनि विमल गुरूङले काटेका हुन्‌ हात पनि तिनी नै चाट्‌छन्‌। तीनवर्षसम्म आफै काड्‌दै हात चाट्‌दै गरेका विमल गुरूङले सिब्सुमा दुई थोपा  गोहीको आँशु चुहॉंउदै भनेको ‘डुवर्स हाम्रो मुटु हो’ को के अर्थ निस्किन्छ?
  
  24 मई 2012 को दिन नै कोलकातामा विमल गुरूङले डुवर्स र तराई छोडेका हुन्‌। ‘हाइपावर कमिटीले जस्तो रिपोर्ट निकाल्छ, त्यसलाई म मान्छु,’ तिनले कोलाकातालाई यसो भनेर फर्किएका हुन्‌। तिनले यसो भनेपछि नै जीटीएमा तराई डुवर्स पस्ला र मुख मिठ्याउन पाइएला भनेर आदिवासी विकास परिषद छोड्‌ने जोन बारलाको हरिबिजोग भएको हो। जोन बारलालाई भनिएको थियो, ‘जीटीए भएपछि जीटीए सभाले एउटा बैठक गर्नेछ, जहॉं जीटीएको नाम परिवर्तन गरेर जीएटीए( गोर्खाल्याण्ड-आदिवासी टेरिटोरिरयल एडमिनिस्ट्रेसन) बनाउनेछ।’

यता जीटीए बनियो उता जोन बारलाको पत्ता साप भयो।
    जनतालाई विमल गुरूङले सही कुरा भनेनन्‌। ‘तराई र डुवर्स बिना जीटीए चुनाउको कल्पना समेत नगरे हुन्छ,’ 18 मार्चको दिन मङ्‌पूबाट तिनले यसो भने, ‘जीटीए थापेको नै सिमानाको निम्ति हो।’ मईमा कोलकाता पुगेपछि जीटीए थापेको नै दार्जीलिङको तीन महकुमाको निम्ति भयो। खै त तिनको बचनमा प्रतिबद्धता? खै त जनताको सपनाको कदर? जीटीए थापेको नै सिमानाको निम्ति हो? त्यसो हो भने अहिले फेरि कुन सिमानाको कुरा गरिरहेका हुन्‌ विमल गुरूङले? जीटीएले सिमाना स्पष्ट पारिसकिएको होइन र? विमल गुरूङ चौकीमा बसेर शहीदको रगत पिइरहेको के सचेतहरूले देखिरहेका छैनन्‌ र?
गोर्खाल्याण्डको निम्ति आएको नेता विमल गुरूङ जीटीएको निम्ति भए।
     शुरुमा त चुनाउ लडि्‌दन भने। तर आफूलाई जीटीएको प्रमुख हुनु थियो। कुटनैतिक शिक्षा लिन  भातृ सङ्‌गठनहरूलाई कोलकाता पठाएपछि तिनलाई भातृ सङ्‌गठनहरूको दवाब आयो। अहिले तिनी जीटीएको चिफ छन्‌। तीनवर्ष भइसक्यो जीटीएबाट घिउ खाएको। अझ खानु छ। तर केन्द्रिय सत्ताले तिनलाई सजिलोसित दार्जीलिङमा बस्न दिनेवाला छैन। भाजपा चहान्छ, बङ्गालमा भाजपाको सरकार। यसको निम्ति जति पनि विधानसभा क्षेत्र छ, जम्मैमा भाजपाको फोकस छ। विमल गुरूङले डुवर्समा चुहाएको दुई थोपा आँशु विधानसभा चुनाउको व्यालेट बक्समा खस्नुपर्छ। यसकारण विमल गुरूङलाई अचानक तराई डुवर्सको सम्झना आइरहेको छ किन भने विधानसभा चुनाउ नजिक आयो।
  
   ‘छुट्टै राज्य गठन गर्न ममताको सरकार चहॉंदैन,’ भाजपाका दार्जीलिङ सासंद एसएस हलुवालियाले केन्द्रमा भाजपा सरकार आएपछि भने, ‘बङ्‌गालमा हाम्रो सरकार आयो भने हामी यो मुद्दामा काम गर्न सक्छौँ।’ गोर्खा जनमुक्ति मोर्चाको दिमाग यही डायलगले सड्‌केको हो। मोर्चालाई लाग्छ, बङ्‌गालमा भाजपा आयो भने छुट्टै राज्य हुनसक्छ। ‘पानी र फूल लिएर बङ्‌गाल सरकारलाई श्राप दिएको थिएँ, अहिले वाममोर्चाको हालत यस्तो भयो,’ बिमल गुरूङ भन्छन्‌, ‘अब यही श्राप तृणमूल कंग्रेसलाई पनि दिने बेला आयो।’ 
      विमल गुरूङले यो दिक्षा इन्द्रेस कुमारबाट पाएको होइन र?
    विमल गुरूङको राजनैतिक चेतनाको विकास भाजपा र आरएसएसले गरिरहेको छ। 15 जनवरीको दिन इन्द्रेस कुमारलाई अघिल्तिर पाउँदा विमल गुरूङलाई गोर्खाल्याण्डको ‘ट्रेलर’ नै बनिएको लाग्यो। यसको नायक चॉंही इन्द्रेस कुमार। 

    त्यही नायकले विमल गुरूङलाई कुटनैतिकरूपमा दिक्षित गरेपछि तिनले तराई डुवर्सलाई गोर्खाल्याण्डभित्र गाभ्न जुन कमिटी बनाएको छ, यसलाई हेर्दा लाग्छ विधानसभा चुनाउको निम्ति यो कमिटीले तराई र डुवर्सका जनतालाई भोट माग्ने लाइसेन्स प्राप्त गरिसकेको छ। कमिटीले  गोर्खाल्याण्डको सिनो देखाएर कति भोट बटुल्छ, यो भविष्यको कुरा हो। तर फेरि पनि तराई र डुवर्सका जनताले ‘हिरोइज्म’ खप्न पर्ने स्थिति निर्माण हुनेछ। के सॉंच्ची नै तराई, डुवर्स जीटीएमा गाभिन्छ?

भाजपाले गोर्खाल्याण्ड दिन्छु भनेको छैन। मोदीले ‘गोर्खाको सपना मेरो पनि हो’ भनेका छन्‌। सपनाको राजनैतिक अर्थ धेरै निस्किन्छ। तर मोर्चालाई के लाग्छ भने, भाजपाले नै छुट्टै राज्य गोर्खाल्याण्ड दिन सक्छ। यस्तो सपना देख्न गणतान्त्रिक भारतमा पाइन्छ। तर काइदासित सपना देख्न जानिएन भने भारतीय गोर्खाहरूको सपनाको हत्यारा उ स्वंय हुने सम्भावना हुन्छ। विमल गुरूङ त्यही भइरहेका छन्‌।

    एउटा कुरा त के हो भने तेलङ्‌गाना बनिँदा राज्य सरकारको हस्तक्षेप अनिवार्य भएन। विमल गुरूङले  अहलुवालिया, इन्द्रेस कुमार र मोदीलाई सोध्नुपर्ने प्रश्न हो, ‘गोर्खाल्याण्डको निम्ति बङ्‌गाल सरकारको हस्तक्षेप पर्छ कि पर्दैन?’ एउटै देशमा फरक फरक ट्रिटमेन्ट हुने हो होइन भन्ने कुरामा पक्कापक्की नभई भाजपा र आरएसएसप्रति स्वामिभक्ति देखाउनु वा अन्धोभक्त हुनु गोर्खाल्याण्डको सवालमा खतरनाक कुरा हो। ‘बङ्‌गालमा भाजपाको सरकार आएपछि भाजपाले बहुसङ्‌ख्यकहरूको पक्षमा सत्ता निर्माण गर्ने हो कि अल्पसंख्यकहरूको पक्षमा?,’ यो प्रश्न विमल गुरूङले इन्द्रेस कुमारलाई सोध्नुपर्ने प्रश्न हो।

त्यसै पनि सचेत जनता र युवा पुस्ताले यसरी प्रश्नहरू तयार राखेका छन्‌,-
 1. दार्जीलिङलाई राज्यको मुकुट मान्ने, सुनको अन्डा दिने हॉंस मान्ने, सम्पति मान्ने बङ्‌गाली माइन्डसेट तोड्‌ने इन्द्रेस कुमारको कल्चरल एक्टिभिजन बङ्‌गालमा काम लाग्छ कि लाग्दैन?
2. वर्चस्वको राजनीति गरिरहेको भाजपाले दार्जीलिङको तीनवटा महकुमालाई राज्य बनाउँदा राज्य बनाउन चाहिने बङ्‌गालभरिको भोटको माया गर्छ कि गर्दैन?
3. गोर्खाल्याण्ड राज्य गठन गर्ने हो भने किन अहिलेसम्म कुनै पनि प्रकारको परिस्थिति निर्माण गर्ने काम गरिएन?
हजारौँ यस्ता प्रश्नहरू पनि छन्‌, जो अहिले नै गरिहाल्न हतार हुन्छ। पहिले विमल गुरूङको सिब्सुमा खसेको आँशुको राजनैतिक अर्थ र फेरि पनि पहाड र तराई डुवर्सका जनताले लोप्पा खाने हो भन्ने कुरामा मन्थन गर्न अनिवार्य छ। किन भने यसपटक पनि सम्भावना ‘माछा माछा भ्यागुता’ कै हो।

  ‘गोर्खाल्याण्ड मुद्दा राजनैतिक स्तरमा अघि बढिरहेको छ, यसलाई छोड्‌नु हुँदैन,’ इन्द्रेस कुमारले भनेका छन्‌, ‘यसले यो भन्दा पनि राम्रो व्यवस्था पाउन सक्नेछ।’
    गोर्खाल्याण्डभन्दा पनि राम्रो व्यवस्था भनेको के हो? विमल गुरूङले त बुझेका छन्‌। यसकारण तिनले तराई र डुवर्सलाई ‘मुटु’ भन्ने ‘गोटी वाणी’ छॉंट्‌न थालिसके। प्रिय पाठक, तपाईँले चॉंही बुझ्नु भयो कि भएन त?

2 Feb 2015

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

छेवाङ योञ्जन  

"बरू म त जङ्गली बाघको मुटु

एकै छिन भए पनि पैचो मागेर

मुल सड़कबीच

पैतालाका डामहरू छाड़िराख्न मन लाग्छ

ताकि

हिटलरको हातबाट पेस्तोल खसोस्

नेपोलियनको घोड़ा तर्सियोस्

चिहानभित्र सुतेको बलभद्रलाई

फेरि तिर्खा लागोस्" - सुवास घिसिङ

 80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए। भारतीय गोर्खाहरूका निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड हुनुपर्ने तिनको बिचार थियो। यसै मुद्दालाई लिएर हालसम्म पनि दार्जीलिङ पहाड़मा राजनीतिक चहल-पहल भइरहन्छ। सन् 1963 मा "निलो झण्डा" नामक राजनीतिक पार्टी खोल्ने घिसिङले 22 अप्रेल 1979 सालमा प्रथम चोटी गोर्खाल्याण्डको आन्दोलन उठाएका थिए। पछिबाट सन् 1980 मा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा गठन गरेर घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई जनमानसमा पुऱ्याएका थिए।
तिनको उक्त आन्दोलनले राष्ट्रीयसाथै अन्तराष्ट्रीय रूप समेत लिएको थियो। आन्दोलन अवधि घटेको 27 जुलाई सन् 1986 सालको घटना अझै पनि कालेबुङवासीको आँखा अघि आलो छ। त्यसपछि 22 अगस्त 1988 सालमा दार्जीलिङ गोर्खा पार्वत्य परिषदमा समझौता गरी घिसिङले आफ्नो आन्दोलनलाई विराम दिएका थिए। दागोपाप प्रमुखको पदमा रहेर तिनले दार्जीलिङमा लगभग दुइ दशकसम्म एकपाखे राजनीति गरेका थिए। यसैले पनि दार्जीलिङको इतिहासमा सुवास घिसिङलाई एक साहसिक आन्दोलनकारी, दार्शनिक राजनीतिज्ञ, कुटनीतिक नेता अनि प्रशासकको रूपमा मात्र चिनिन्छ। आम मानिससम्ममा राजनीतिक नेताको छवि रहेका सुवास घिसिङको दोस्रो रूप भने रोचक अनि सम्वेदनशील छ। लामो समयसम्म दार्जीलिङको राजनीतिमा बलियो गरी उभिएका सुवास घिसिङ एक साहित्यकार पनि हुन्। राजनीतिकसँग-सँगै घिसिङले दार्जीलिङको साहित्यमा पनि काम गरेका छन्। घिसिङले नेपाली साहित्यलाई विश्वास, नीलो चोली, मने, खोक्रो मान्छे, फूलमाया, शुभकामना, कच्चा बाटो, परिस्थिति, कालो माकुरा, आखिरी रात, आलो चिहान जस्ता उपन्यासहरू दिएका छन्। राजनीतिक जीवनमा "आप्पा"को उपाधि पाएका घिसिङलाई नेपाली साहित्यमा "निलो चोली"को लेखकले चिनिन्छ। फ्राइडवादमा अधारित घिसिङको निलो चोलीले एक समय दार्जीलिङको साहित्यिक बजार निक्कै गर्माएको थियो। यौन सम्वेदनामा आधारित घिसिङको निलो चोली उपन्यासले तिनको मानवीय सम्वेधनाशीलतालाई पनि दर्शाएको छ। माजिएको साहित्यकारकोरूपमा सुवास घिसिङ स्थापित नभएता पनि तिनले नेपाली साहित्यलाई एकाध कविता, कथा अनि लछेप्रै उपन्यासहरू दिएका छन्। घिसिङले आफ्नो प्राथमिक स्तरको शिक्षा दार्जीलिङको सन्त रोबर्टस् हाइ स्कूलबाट लिएका हुन्। तर, उक्त विद्यालयमा उनी कक्षा नौ मा अध्ययनरत रहँदा तिनको बाबुको निधन भएको थियो। बाबुको निधन पछि अध्ययन छोड़ेर तिनी सन् 1954 सालमा सेनामा भर्ती भएका थिए। गोर्खा राइफलको सिपाहीको रूपमा लामो समयसम्म देशासेवामा रहेका घिसिङले दार्जीलिङ्गे साहित्यलाई "लुङ्खुम क्याम्प" जस्ता युद्ध उपन्यास पनि दिएका छन्। तिनको उक्त उपन्यास पश्चिम बङ्गाल शिक्षा परिषद्को पाठ्यक्रममा पनि छ। उक्त उपन्यासभित्र जापानी सेनाहरूसँग युद्ध गर्ने घिसिङले राजनीतिमा भने गोर्खाहरूका हितमा देशको क्रूर शासनबिरूद्ध लड़ाई गरेका थिए। तिनको आन्दोलनले पूर्णरूपमा सफला प्राप्त गर्न नसकेता पनि देशका गोर्खाहरूलाई एक झुट भने अवश्यै बनाएको थियो। सैनिक जीवन बिताएका उनै घिसिङ एक सफल शिक्षक पनि थिए। तिनधारे बङ्गला प्राथिक पाठशालाका शिक्षकसम्म बनेका घिसिङले "मने" जस्ता आञ्चलिक उपन्यास लेखेर दार्जीलिङको सामाजिक चरित्रलाई साहित्यअघि राखेका छन्। आफ्नो जीवनमा घिसिङले दुइदर्जन भन्दा अघिक कृतिरू लेखेका छन्। "अपुताली रात" कविताका कवि घिसिङले साहित्य मार्फत पनि दार्जीलिङ्गे समाजलाई सुधार्ने प्रयास गरेका थिए। राज नेताको रूपमा चिनिने घिसिङको साहित्यिक पाटो भने दार्जीलिङ पहाड़मा अझै पनि ओझेलमा नै छन्। सुवास घिसिङका केही कृतीहरूको अध्ययन गरेका युवा कवि टीका भाइले घिसिङको सृजनात्मकतामाथि काम गरिनु पर्ने बताएका छन्। तिनले भने- घिसिङले नेपाली साहित्यलाई धेरैवटा उपन्यासहरू दिएका छन्। तिनको प्राया उपन्यासहरू बाजारू छन्। तर, बाजारू हुँदा हुँदै पनि तिनको कृतिहरूले सामाजिक चेतना पनि उत्तिकै बोकेका छन्। तर, तिनको कृतिहरूमाथि धोत्लिने काम भएको छैन। यसैले तिनको साहित्यिक सृजनात्मकतामाथि काम गरिनुपर्छ। सिलगढीका युवा कवि राजा पुनियानीले सुवास घिसिङलाई कवि अगमसिंह गिरी धारका सर्जक ठानेका छन्। उनी अनुसार घिसिङ साहित्यमा अस्तित्ववाद, आत्मानिर्णयको चिन्तनजस्ता प्रवृतिहरू पाइन्छ। कवि पुनियानीले घिसिङको प्रारम्भिक चरणको कृतिहरूलाई पप साहित्यको संज्ञा दिँदै उपन्यासकार प्रकाश कोवितको लहरमा राखेका छन्। पहाड़मा राजनीतिक चिन्तनको बिजारोपन गर्नमा घिसिङको ठूलो योगदान रहेको कवि पुनियानी पनि ठान्छन्। आफूस्वयम लेखक हुनाले घिसिङले सर्जकहरू प्रति पनि सम्मानको भवना राख्थे भन्ने कुरा भगीरथ रावत अनि विधायक ड़ा. हर्क बहादुरको भनाइले स्पष्ट पारेका छन्। "बाँस सल्किरहेछ" जस्ता नामी उपन्यासका सर्जक भागीरथ रावत घिसिङको निक्कै नजीकको लेखक थिए। आफूले बिताएका सुवास घिसिङसँगको क्षणहरूको सम्झना गर्दै तिनले भने - घिसिङको कतिपय किताबहरूको डिजायन मैले नै गर्थे। तिनले लेखकहरूलाई साह्रै रूचाउँथे। तिनी प्रान्त परिषद्को एउटा बैठकको निम्ति कालेबुङ आउँदा मलाई उपाशक बुक स्टोरबाट एउटा किताब उपहार दिएका थिए। सुवास घिसिङ दागोपापका प्रमुख रहँदा त्यसताक तिनको कार्यनीतिको खरो आलोचना गर्ने डा. हर्कबहादुर छेत्रीले पनि घिसिङले लेखकहरू प्रति उदार भवना राख्ने बताएका छन्। घिसिङको निधन प्रति शोक प्रकट गर्दै विधायक छेत्रीले आफू अनि सुवास घिसिङ माझको सम्बन्ध खुलाएका छन्। विधायक डा. छेत्रीले भने - घिसिङ दागोपाप प्रमुख रहँदा मैले तिनको कार्यप्रणालीको खरो आलोचना गरेको छु। त्यो समयको राजनीतिक परिवेश ठीक थिएन। विपक्षमा उभिएर बोल्नु भनेको जोखिमपूर्ण काम थियो। तर, पनि सुवास घिसिङले मलाई कुनै समय थ्रेट गरेनन्। मेरो कलममाथि तिनले कुनै प्रकारको हस्तक्षेप गरेनन्। यस हिसाबले उनी खेलकहरूप्रति सम्मानको भावना राख्ने व्यक्ति हुन्। यसरी दार्जीलिङको इतिहासमा राजनीति अनि साहित्यमा सम्मान रूपले काम गर्ने सुवास घिसिङको निधन 29 जनवरी साझ 5.30 बजी दिल्लीको गंगाराम अस्पतालमा भएको थियो।