Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

22 Aug 2013

मन्त्रीहरुको पहाड़ भ्रमण व्यर्थ, एलडीसीले जातिमाझ फाटो ल्याउँछ - ड़ा छेत्री


कालेबुङ 21 अगष्ट:
मुख्यमन्त्रीले पहाड़ भ्रमण गर्ने कुरालाई केन्द्र गर्दै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रेले विभिन्न प्रकारका टिप्पणीहरु दिएका छन्। डा. छेत्रीले आज कालेबुङका पत्रकारहरुसंग कुराकानी गर्दै यसचोटीको मुख्यमन्त्रीको पहाड़ भ्रमण अर्थहीन बन्ने बताए। गत केहीदिन अघिको उत्तरबंगाल विकास मन्त्री गौतम देवको कालेबुङ भ्रमणलाई पनि बेअर्थको रहेको बताउँदै तिनले भने मुख्यमन्त्री पहाड़ आउन्छन् अनि बसेर जान्छन्, यसको कुनै महत्व हुँदैनबंगालबाट कुनै पनि मन्त्री पहाड़ भ्रमणमा आउँछन् भने यहाँका जनतासंग भेटघाट गर्नु पर्छ। यहाँको समस्याहरुबारे जानकारी लिनु पर्छ। आन्दोलन गरिरहेका दलहरुसंग बैठक गर्नु पर्छ तिनले भने। यदी मुख्यमनत्री आएर पहाड़मा बस्छन् भने यसलाई भ्रमण भन्न नमिल्ने डा. छेत्रीको तर्क रहेको छ। यसचोटी मुख्यमन्त्री पहाड़ आएर खाली सड़कहरु देखेर यहाँका जनताको जनभावनालाई बुझ्ने बताउँदै तिनले भने- जसले समर्थन गर्छ त्यसलाई गुड़ा दसेर पनि प्रसंसा गर्छौ, जस्ले विरोध गर्छ उसलाई शुनशान सड़कहरु देखाइ दिनछौ। यसै कुराकानीको अवधिमा डा. छेत्रीले लेप्चा विकास परिषर्दको प्रसंगमा बोल्दै यसले पहाड़का लेप्चा अनि गोर्खाहरु माझ फाटो ल्याउने बताएका छन्। आजसम्म कुनै पनि विषयमा लेप्चाहरुलाई नछुट्याएको तिनको भनाइ छ। लेप्चा डेभल्पमेन्ट मार्फत धेरै विकास गर्न सक्छौ, गोर्खाल्याण्ड मार्फत विकास गर्न सक्दैनौ, गोर्खाल्याण्डमा हामीलाई छुट्याउँछ भन्ने खालको उनीहरुको धारणा होलातिनले भने आजसम्म त्यस्तो खाले छुट्याउने काम कहीले भएको छैन। आफूअघि कालेबुङको विधायक नै लेप्चा रहेको कुरा अघि राख्दै अनुपातको आधारमा पनि आम-गोर्खाहरु भन्दा लेप्चाहरु नै उच्च ओहदाहरुमा रहेको तिनको भनाइ छ। तर, यसमा पनि उनीहरुको गुनासो छ भने त्यो उनीहरुको आफ्नै विचार हो। प्रजातन्त्रमा विचार राख्न पाइन्छ तिनले भने। अन्तमा लेप्चा विकास परिषर्दले पहाड़का यी दुइ जातीमाझ आवश्यै पनि फाटो ल्याउने कुरालाई तिनले ठोकुवा गरेका छन्।


0 comments: