Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Jan 2015

जीटीए सञ्चालन गर्न मोर्चा असफल भएको दावी

कालेबुङ, 13 जनवरी। जीटीए सञ्चालन गर्न गोर्खा जनमुक्ति मोर्चा असफल भएको हिल तृणमूल युवा कङ्ग्रेसले दावी गरेको छ। आज एक भेटमा हिल तृणमूलका युवा अध्यक्ष भूपेन्द्र लेप्चाले यस्ता दावी गरेका हुन्। एक प्रश्नको उत्तरमा उनले भने, जीटीएलाई 90 प्रतिशत अधिकार दिएको छ। तर जीटीएलाई सञ्चालन गर्न नसकेर राज्य सरकारलाई दोष दिनु व्यवस्था सञ्चालनमा देखिएको असफलता हो।
जीटीएमा सरकारको बारम्बार हस्तक्षेप भइरहेको गोर्खा जनमुक्ति मोर्चाको आरोपको प्रतिक्रिया दिँदै उनले उल्टै जीटीएलाई पूर्ण स्वायत्तता दिएर पनि पहाडका कुनै समस्याहरू समाधान गर्न नसकेको बताएका छन्। उनी अनुसार पहाडमा अहिले बेरोजगारी, अस्थायी कर्मचारीहरूको स्थायीकरण साथै चिया अनि सिन्कोना बगानका श्रमिकहरूको पर्च-पट्टा मूल समस्याहरू हुन्। तर यी समस्याहरूको सामाधानको दिशमा क्षेत्रीय व्यवस्थाले कुनै काम गरेको छैन। बरू उल्टै अस्थायी कर्मचारीहरूलाई बिनाकारण स्थान्तरण एवं राजनैतिक शिकार बनाएर नोकरी समेत गुमाउनुपर्ने स्थिति सृजना गरेको लेप्चाले आरोप लगाए। यी समस्याहरूलाई क्षेत्रीय व्यवस्थाले समाधान गर्ने दिशमा पहल नगरेपनि हिल तृणमूलले भने यसपल्ट पनि राज्यकी मुख्यमन्त्रीसित यसबारे आवाज उठाउने बताएका छन्। यसअवधि उनले कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीको 2016 को चुनाउ नलड्ने घोषणामाथि पनि प्रतिक्रिया जाहेर गरेका छन्। उनले भने, अलग राज्यका निम्ति भनेर नै पहाडबाट तीनजना विधायक अनि एकजना सासंदले चुनाउ जितेका हुन्। तर अहिले आएर 2016 को चुनाउ नलड्ने घोषणा गर्नु जनतासितको घोका हो। चुनाउ नलड्ने घोषणा गर्नको साटो डा. छेत्रीले पहिलेबाट नै राजिनामा दिएको असल हुने लेप्चाले सुझाउ दिएका छन्।

0 comments: