Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

31 Jan 2015

सहीद कर्णेल एमएन राय, कालेबुङको "तपन"

कालेबुङ, 29 जनवरी।(छेवाङ योञ्जन) "आफ्नो भूमिका यसरी निर्वहा गरी कि पर्दा झरिस्काद पनि थप्पड़ी बजिरहोस्" 2/9 गोर्खा राइफलका अधिकारी कर्णेल मनिन्द्रनाथ रायले आफू सहीद हुन अघि सम्पूर्ण देशवासीलाई यस प्रकारको सन्देश दिएकाछन्। हालको प्रसिद्ध सामाजिक सञ्जाल वाट्सएपमा यस्तो स्टाट्स लेख्नसाथ कर्णेल मनिन्द्र रायको जीवनमा पर्दा झरिसकेको छ अनि तिनको सम्झानामा हाल देशका तमाम नागरिकहरूले थप्पड़ी बजाइरहेका छन्। तर, धेरैलाई थाहा नभएको कुरा ! सहीद बनेका कर्णेल मनिन्द्रनाथ रायको गहिरो सम्बन्ध कालेबुङसँग जोडिएको थियो। कुरा पचासको दशकको हो।
तिनका पिता नगेन्द्र प्रसाद राय एव एनपी सर कालेबुङ सरकारी विद्यालयका प्रधानाध्यपक थिए। त्यस समय तिनी प्रसिद्ध एनसीसी शिक्षकका नामले कालेबुङमा परिचित थिए। तिनै एनसीसी शिक्षकका कान्छा छोरा हुन् सहिद मनिन्द्रनाथ राय एव कर्णेल एमएन राई उर्फ "तपन"। सहीद कर्णेल एमएन रायलाई तिनका समकालिनहरूले "तपन"ले सम्बोधन गर्थे। सन् 1952 सालतिर यहाँको इञ्जीन डाँडा परिसरमा अवस्थित राँनी कोठीमा राय परिवार वसोवास गर्थे। त्यसै कोठीमा 1974 सालमा नगेन्द्र प्रसाद रायको कान्छा छोराको रूपमा सहीद एमएन रायले जन्म लिएका थिए। तिनका दुइ दाजुहरू छन् दिरेन्द्रनाथ राय अनि यतेन्द्रनाथ राय। पिता एनपी राय एनसीसीका शिक्षक रहेका कारण नै तिनका तीनैजना छोराहरू देश रक्षका लागि मरिमेट्थे। फलस्वरूप जेठा छोरा गोर्खा राइफलका कर्णेल हुन हाल तिनी कलकतमा सेवारथ छन्। असममा सेवारथ रहेका माइला छोरा अर्धसैनिक बलमा कमानडेन्ट पदमा छन्। तर, तीन छोराहरू मध्ये आज कान्छा छोरा एमएन रायले भने रणभूमिमा नै विरगति प्राप्त गरे। राय परिवारका खुबै नजिकका छिमेकी अधिवक्ता डी एन पाण्डेले सहीद कर्णेल एमएन रायलाई नजिकबाट चिनेका छन्। सानदेखि नै सहीद एमएन रायमा देश प्रेमको भवना ओतप्रोत भएको तिनी बताउँछन्। देशको 66 औँ गणतन्त्र दिवसमा तिनले युद्ध सेना मेडल ग्रहण गरेक थिए। उक्त सम्मान प्राप्त गरेको 48 घण्टा नबित्दै कर्णेल एमएन रायले जम्मू-काशमिरको पुलवामा आतंकवादी आक्रमणमा विरगति प्राप्त गरेका हुन्। विरगति प्राप्त पछि "नेशनल हिरो"को उपाधी पाएका कर्णेल एमएन रायले आफ्नो प्रथमिकस्तरको शिक्षा कालेबुङकै सेभेनडेज एडभेन्टिज चर्च स्कूलबाट ग्रहण गरेका थिए। त्यस पछि यहाँको सरकारी विद्यालयबाट तिनले बाह्रौ श्रेणीसम्मको शिक्षा आर्जन गरेका थिए। सानैछदा पिताका एनसीसी ड्रेस लगाएर तिनले सेनाको खाटी नकल गर्थे। त्यसैले अह्लावाद विश्वविद्यालयको अध्ययन पछि तिनी 2/9 गोर्खा राइफलमा भर्ना भएका थिए। जन्मदेखि युवाकालसम्म कालेबुङमै हुर्केका कर्णेल एमएन रायले विरगति प्राप्त गरेको घटनाले कालेबुङका तिनका मित्रमण्डली, परिचित र शुभचिन्तकहरूलाई ममार्हत पारेको छ। यता, तिनका छिमेकी डीएन पाण्डेले तिनको बिरता अनि इमान्दारीताको गुणगाण गरेका छन्। आफ्नो तीनै जना छोराहरूलाई देश रक्षका निम्ति अर्पण गर्ने एनपी राय औकाश ग्रहण पछि भने आफ्नै पूर्खौली थलो उत्तर प्रदेशको डेढ़ागावामा बस्दै आइरहेका छन्। तर, आफ्नो सरकारी भत्ताको सिलसिलामा तिनी विगत 2013 सालसम्म कालोबुङ आइनै रहन्थे। हाल तिनले 80 वर्ष पुरा गरिसकेका छन्।
कालेबुङकै माटोमा हुर्केका कर्णेल एमएन रायले आफू पछि आफ्नी स्वास्नी प्रियाङ्का, 12 वर्षीय छोरी अलका, 9 वर्षीय छोरी रिचा अनि 7 वर्षे छोरा अधित्यलाई छोडी राखेका छन्। आज तिनको अन्तिम संसकार सैनिक सम्मानको साथमा दिल्लीमा सम्पन्न भयो।
युद्ध मैदानमै विरगति प्राप्त गर्ने एमएन रायलाई देशका सम्पूर्ण युवाहरूले उदाहरण स्वरूप लिनु अतिअवश्यक छ। तिनका छिमेकी डीएन पाण्डेले पनि कर्णेल एमएन रायको बिरगतिलाई पहाड़का युवाहरूले प्रेणास्वरूप लिइनुपर्ने बताएका छन्। सहीद हुन अघि तिनले दिएको सन्देश "आफ्नो भूमिका यसरी निर्वहा गरी कि पर्दा झरिस्काद पनि थप्पड़ी बजिरहोस्" यसले केवल भारतवासीलाई मात्र होइन सम्पूर्ण विश्वलाई नै नयाँ उर्जा दिएको छ।

2 comments:

Dhruva Thapa said...

तपन अर्थात सहिद कर्नेल एमएन राय सित मेरो बाल्यकालका दिनहरु संगै बिताएका अविस्मरणीय पलहरु छन् १९८५ देखि१९८७ सम्म उ मेरो नजिकको साथी थियो,( we used to eat together in his home at Ninth mile, even I was very close to the family of our beloved and respected Roy Sir ) जति बेला म पनि सोहि बिधालयमा अध्यनरत थिए र एन सीसिको सार्जेन्ट र स्कुल क्याप्टेन समेत थिए, त्यस बेला उ म सित धेरैनजिक थियो र एमएन सर हाम्रो स्कुलको प्रधान अध्यापक मात्रै नभाइ हाम्रो भूगोलको शिक्षकपनि हुनु हुन्थ्यो र उनैको प्रेरणाले मैले दार्जीलिंग सरकारी महाबिद्यालय बाट भूगोलमा अनर्स गरि उत्तरबंग विश्व बिद्यालय बाट एमए सम्मको अध्यन गरि हाल अमेरिका बसेको पनि १२बर्ष बिती सक्यो , यस बेला म मेरो मित्र तपनलाई हार्दिक श्रदान्जली अर्पण गर्न बाहेक केहिपनि गर्न सक्दिन, ९०को दसक पछि एकपल्ट मात्र कलिम्पोंग जादा मेरो आदर्श गुरुलाई भेट्न सफल भएको थिए तर मेरो मित्र तपनसित भेट हुन्सकेन. उनि अवकास प्राप्त पच्छी उत्तर प्रदेश सर्नु भयेको समेत मलाई थाहा छैन. अहिले तपनसित बिताएका मेरो त्यो तन्नेरी बेलाको कहिले सम्झनाहरु मानसपटमा खेल्दै छ, हामि " NCC बाट National Integration Camp, सिक्किममा, भुवनेस्वरमा र दार्जीलिंगमा बिताएको त्यो दिनहरु अचानक तीन दसकपच्छी चलचित्र जस्तै धुमिलो यादहरु आई रहेको छ . अहिले त्यो स्कुलको दिनहरु साथै मेरा पुराना सम्पूर्ण साथिहरु जसमा Partha Pratim Das, Don Bosco, Sachin Singh, Bhanu Chhetri Dai, लगायत मेरा सम्पूर्ण साथीहरुको सम्झना आई रहेकोछ .Right now I have no contact with any of my friends but still their memories still mingle in my mind. Tapan and I had spent many quality and mischevious time together. अलबिदा मित्र( हुन् त स्कुलमा तिमि मभन्दा एकबर्ष जुनियर थियौ ) तपन तिमि हरेकको हृदयमा अमर भएर बाच्नेछौ. उही तिम्रो एकसमयको सिनियर साथी( तिमीले मलाई कहिले पनि दाजु भनेर बोलायेनौ रसधै साथीको जस्तै व्यवहार गरे मैले पनि , ध्रुव , हाल क्यालिफोर्निया अमेरिका .

Dhruva Thapa said...

तपन ""पप्पु" अर्थात सहिद कर्नेल एम एन राय सित मेरो बाल्यकालका दिनहरु संगै बिताएका अविस्मरणीय पलहरु छन् १९८५ देखि१९८७ सम्म उ मेरो नजिकको साथी थियो,( we used to eat together in his home at Ninth mile, even I was very close to the family of our beloved and respected NP Roy Sir who was also the senior NCC Instructor of Kalimpong Sub Division, and we used to go for parade in Mela Ground ) जति बेला म पनि सोहि बिधालयमा अध्यनरत थिए र एन सीसिको सार्जेन्ट र स्कुल क्याप्टेन समेत थिए, त्यस बेला उ म सित धेरै नजिक थियो र एम एन सर हाम्रो स्कुलको प्रधान अध्यापक मात्रै नभइ हाम्रो भूगोलको शिक्षकपनि हुनु हुन्थ्यो र उनैको प्रेरणाले मैले दार्जीलिंग सरकारी महाबिद्यालय बाट भूगोलमा अनर्स गरि उत्तरबंग विश्व बिद्यालय बाट एमए सम्मको अध्यन गरि हाल अमेरिका बसेको पनि १२बर्ष बिती सक्यो , यस बेला म मेरो मित्र तपनलाई हार्दिक श्रदान्जली अर्पण गर्न बाहेक केहिपनि गर्न सक्दिन, ९०को दसक पछि एकपल्ट मात्र कलिम्पोंग जादा मेरो आदर्श गुरुलाई भेट्न सफल भएको थिए तर मेरो मित्र तपनसित भेट हुन्सकेन. उनि अवकास प्राप्त पच्छी उत्तर प्रदेश सर्नु भयेको समेत मलाई थाहा छैन. अहिले तपनसित बिताएका मेरो त्यो तन्नेरी बेलाको कहिले सम्झनाहरु मानसपटमा खेल्दै छ, हामि " NCC बाट National Integration Camp, सिक्किममा, भुवनेस्वरमा र दार्जीलिंगमा बिताएको त्यो दिनहरु अचानक तीन दसकपच्छी चलचित्र जस्तै धुमिलो यादहरु आई रहेको छ . अहिले त्यो स्कुलको दिनहरु साथै मेरा पुराना सम्पूर्ण साथिहरु जसमा Partha Pratim Das, Don Bosco, Sachin Singh, Bhanu Chhetri Dai, लगायत मेरा सम्पूर्ण साथीहरुको सम्झना आई रहेकोछ .Right now I have no contact with any of my friends but still their memories still mingle in my mind. Tapan and I had spent many quality and mischevious time together. अलबिदा मित्र( हुन् त स्कुलमा तिमि मभन्दा एकबर्ष जुनियर थियौ ) तपन तिमि हरेकको हृदयमा अमर भएर बाच्नेछौ. उही तिम्रो एकसमयको सिनियर साथी( तिमीले मलाई कहिले पनि दाजु भनेर बोलायेनौ रसधै साथीको जस्तै व्यवहार गरे मैले पनि , ध्रुव , हाल क्यालिफोर्निया अमेरिका .