Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Jan 2015

दार्जीलिङमा, सेन्तेरेम फिभर

सेन्तेरेम सेन्तेरेम हाइदिउ न सेन्तेरेम, हालमा सबैको मुखमा यो गीत झुण्डीएको छ। भनौ नेपालीहरूको अधिक बसोबास रहेको दार्जीलिङ पहाड़मा अहिले सेन्तेरेम फिभर छाएको छ। बिजय, बिकाशको म भए पर्देशी, थुपदेन भोटीयाको मेरो हजुर झुपडी बास छ, अनि मन्त्र ब्याण्डको रक नम्बरहरू पछि अहिले सेन्तेरेमले दार्जीलिङको सङ्गतीक क्षेत्रमा बलियो स्थान पाइरहेको छ।
बितेको वर्षको मध्यतिरतिरदेखि अत्याधिक चर्चामा रहेको गीत सेन्तेरेमको अडियो क्यासेट आज औपचारिक रूपमा व बिमोचन गरियो। विमोचन अघिदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा प्रसिद्धि कमाइसकेको यस गीति एल्बम आज राई समुदायको येलेदोङ पर्वअवधि सिक्किमका गायिका नर्थ इस्ट सुपरस्टार रेमन्ती राईको बाहुलीबाट गरिएको थियो। सेन्तेरेम अनि अन्य चारवटा गीतहरू रहेको यस एल्मबका गीतकार उज्ज्वल बमजन हुन् भने अजय राई अनि निलम मोक्तानको सङ्गीत संयोजनमा तयार भएको यस एल्बमका गीतहरू स्थानीय भालुखोपनिवासी प्रणेश राईले गाएका छन्। गायक प्रणेश राई यस गीतको सफलापछि अध्याधिक खुशी छन्।
यसै गीतले नै आफूलाई गायकको रूपमा स्थापित गरेपछि उनले अहिलेसम्म दार्जीलिङ, खरसाङ सिलगडी, कालेबुङ आदि ठाउँहरूमा प्रस्तुति दिने अवसर पाएका हुन्। “कुनै पनि गायकको एल्बम निकाल्ने सपना हन्छ”-प्रणेश भन्छन्-“यसैले आज पहिलेबाटै चर्चा पाइसकेको गीतहरू समावेश रहेको एल्बम सेन्तेरेम निक्लाल्न पाउँदा सन्तुष्ट लागेको छ।” आज सेन्तेरम-को अडियो क्यासेट सार्वजनिक भएपछि पछि,बाट यसको भिडियो एल्बम पनि बनाउने प्रणेशले सोच बनाएका छन्।

0 comments: