Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

27 Nov 2013

Kalijhora CPRM meets NHPC manager over 18 demands

KALIMPONG
26 Nov 2013
The Kalijhora unit of the Communist Party of Revolutionary Marxist today submitted a deputation containing 18 demands to NHPC Stage 5 chief manager Dr. Chottopadhayay urging development of the region.
Among the demands include proper investigation of the quality of the protection wall, rebuilding it on RCC lines and installation of low tension electricity lines at some places in the area. The CPRM has also demanded increasing the number of counters at the local bank, establishment of a 24-hour service 8-bedded primary health centre and free domestic electricity for locals, school bus for students and a water pipeline in the area, among others.
The CPRM team that met the NHPC manager included central committee member Arun Ghatani, Bharat Chettri, Anand Ghatani, unit secretary Dilu Lohar, Aiti Lohar and Sankhar Sharma. (EOIC)

26 Nov 2013

सकमा कविता भन्दै कविहरु टिस्टामा

डी के वाइबा, कालेबुङ 24 नोभेम्बर। ‘‘म फेरी हार्ट अपरेसन गरेर
                              स्वास्थ्य मुटु लिई दार्जीलिङ फर्कि आउँनेछु
                              मैले दार्जीलिङलाई नयाँ बिहानीको गीत सुनाएकै छैन” स्व कवि बिकाश गोतामेका प्रगतिशिल कविताको अंशलाई अघि सार्दै टिस्टाका युवा कवि बिशाल राई ‘टिस्टे’ले सडकमा कविता वाचन गर्दै थिए।
कालेबुङबाट शुरु भएको हस्तक्षेप जमातको सडक अवतरण सडकमा कविता आज दोस्रो चोटी टिस्टा बजारमा सम्पन्न भयो। फूलबारी साहित्य समितिको सह आयोजनामा सम्पन्न उक्त सडक कवितामा राजनैतिक, सामाजिक तथा सांस्कृतिक अराजकता बिषयमा कविहरुले चोटिला कविताहरु वाचन गरे। टिस्टा बजारको सोमाबरे हाट भर्न आएका मानिसहरु सौदाहरु किन्दै थिए। आलु, प्याज, टमाटर, माछा मासु किन्नेहरु किन्दै थिए। सब्जिहरुको दाम बडेको सन्दर्भमा गन गन गर्नेहरु पनि त्यतै गन गन गर्दै हिडँदै थिए। त्यहीँ कोलाहल हाटबजारको मुखैमा कविहरु सडकमा कविता सुनाउँन लाग्दा मानिसहरु सबै एकाएक अवाक बनेर आलु, प्याजको दाम सोध्न छोडेर कविता सुन्न लागे। हाटबजारको कोलाहलमय वातावरण अनि त्यही कोलाहलमय वातावरणमा बिभिन्न राजनैतिक पार्टीहरुले आफ्नो राजनैतिक शक्ति देखाउँदै अस्तित्व बँचाएर राख्न जता ततै गाडेका पार्टीका रगी बिरंगी झण्डाहरु फर्फराईरहेको थियो। टिस्टा नदीबाट सोझै आएका हावाहरुले पार्टीको झण्डा फर्फराईरहेको समयमा यता कवि बिशाल राई कविता भन्दै थिए – ‘बरु देशले खाएको अनुहारको मानचित्र सोध्नुहोस/ पोहोर आन्दोलनमा हराएको छोराको खबर सोधुहोस / बरु सोध्नुनै हुन्छ भने प्याजको भाऊ सोध्नुहोस/ झण्डा सोध्नुहुन्छ हजुर / मेरो कुनै झण्डा छैन”। राजनैतिक आराजक र झण्डाहरुले ल्याएको बिभाजन प्रति कटाक्ष गरि लेखिएको कविता वाचान गर्दा सबैले थप्पडी बजाएर सडक कविता सुनिरहेका थिए। यसैक्रममा अर्का युवा कवि एंव पत्रकार प्रदिप लोहागुणले आफ्ना सुन्दर गजल प्रस्तुत गरे। “पात्राहरु नयाँ छन खेल त पुरानै हो / बन्दिहरु नयाँ छन जेल त पुरानै हो” प्रदिप लोहागुणले समसामायिक धारामा लेखेका गजल प्रस्तुत गर्दा सडक कवितहारु सुन्नेहरु अझै बडीसकेका थिए। यसरी एकपछि अर्को गर्दै एका एक कविहरुले कविता भनिरहेकै समयमा अहिलेघरीका उम्दा युवा गायक पुष्पन प्रधानले “पैसा होईन पासो छ पर्देशमा” भन्ने सुन्दर गीत गाएर सडक कविताको कार्यक्रमलाई संगीतमय बनाईदिए। डुवर्सका युवा गयक पुष्पन प्रधान अहिले नेपालमा चर्चित युवा गायक हुन। सडक कविताको कार्यक्रममा बिशेषरुपले उपस्थित बनेका प्रधानले पनि सम सामायिक बिषयमा रचेका सुन्द गीत प्रस्तुत गरेर कार्यक्रमको अझ सोभा बडाईदिएका थिए। गाडीहरु कुदीरहेको थियो, मानिसहरु हिडीरहेका थिए अनि त्यही चला चल सडकमा कविहरु कविता भनिरहेका थिए। नेपाली साहित्य एकाडमी द्वारा युवा पुरस्कारले सम्मानित युवा कवि मनोज बोगटीले पनि यसैक्रममा राजनैतिक आराजकता बिषयमा नै आफ्नो कविता प्रस्तित गर्दै भने “भित्र बस्नु पनि खत्रा छ / बाहिर बस्नु पनि खत्रा छ”। यसरी टिस्टाको सडकमा कविता वाचन गर्दै कविहरुले सबैलाई सडकमा आकर्षित गरेपछि बिभिन्न पार्टीका नेताहरु पनि सडकमा कवित सुनीरहेका थिए। उक्त सडक कवितामा छेवाङ योञ्जन, शान्ति साहरा, लाठपञ्चरका मिलन लामा, गेबु लेप्चा, शरण छेत्री, शरण मोथे आदिले काविता वाचन गरे भने कृबु संयमी, कृष्ण बुढाथोकी आदिको पनि बिशेष उपस्थिति रहेको थियो।

Political parties protest against high toll-taxes

KURSEONG
25 Nov 2013
Several political parties today protested against the high toll-taxes which has been decided to be collected from December 1 by the GTA at Rohini road. The Hills Congress had protested on Sunday and decided to meet the concerned department of the GTA demanding reduction of the presently decided toll rates. The Hill convener of Congress Saroj Khati said the high toll rates will be a burden on the commuters.
Protesting against the same issue, the Trinamool Congress started pasting posters across Kurseong today. A team of Hill TMC leaders led by sub-division convener Kundan Mangrati today submitted a deputation to the Kurseong SDO U Swaroop and said the party is not happy with the present decided toll-tax. He added, “Paying Rs. 200 to 300 as toll-tax everyday is a burden for all the vehicle drivers. The rates should be reduced to Rs. 5 to 50 per day as there are a lot of vehicles crossing the toll booth daily.”
Meanwhile, the Communist Party of Revolutionary Marxist leadership also criticized the rates of the toll taxes and said that if the rate is not corrected, than they will start an agitation. CPRM spokesperson Govind Chettri said, “If the GTA is concerned about the development and interest of the Gorkha Community then the toll-tax rate should not exceed Rs.1.” He added, “Even at the rate of Rs.1, money worth lakhs will be accumulated which is enough for proper maintenance of the road.” Further, the high toll tax is injustice to the common people as it will burden them in the name of development. “Such activities indicate what these people can do if a separate state of Gorkhaland is formed,” said Chettri.

Nominations for ‘Parasmani Purraskar’ start in Kalimpong

PRADIP LOHAGUN
KALIMPONG
25 Nov 2013
The ‘Nepali Sahitya Adhyaan Samiti’ of Kalimpong has started choosing nominees for annual literary award ‘Parasmani Purraskar’, starting today. Samiti secretary Balbhadra Sharma said, “The award is given every year on January 26. We have started selecting the candidate for the award.”
The Samiti today made a press release and announced the different criterion for winning the award. Sharma added the Samiti will make the names of nominees’ public on December 21. He added people who consider themselves eligible for the award can personally approach the Samiti. According to the released statement, candidates applying for the award should be an Indian citizen with minimum 25 years of contribution to literature. The winner might also be chosen based on their contribution to various papers, magazines and books. The award was given to poet Birendra Subba last year.