Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Jul 2011

News of the Day

20जुलाई(कालेबुङ):-बर्खामास शुरु भएपछि राष्ट्रीय राजमार्ग 31एको विभिन्न ठाँउमा पैह्रो गएर यातायात सेवा बाधित हुने क्रम जारी रहेको छ। आज पनि राजमार्ग 31एको लिखुभीरनजिक गएको पैह्रोले प्रायः दिनभरि नै राजमार्गमा वाहनहरुको चलाचल बन्द रह्यो। ग्रेफका अधिकारीहरुले दिएको जानकारी अनुसार पैह्रो आज बिहान 5 बजीतिर गएको थियो। दार्जीलिङ र सिलगढी जाने दोबाटोको केहीनजिक गएको पैह्रोको कारण रोगी अवस्थाका मानिसहरु, पर्यटक र साधारण यात्रीहरुले हुनसम्मको असुबिधा झेल्नु परेको देखियो। राजमार्गको  लगभग 40 मिटर भाग टिस्टा नदीको गढतिर्-तिर सोहोरिएको छ। यातायात सुचारु बनाउन ग्रेफले बिहान सात बजीदेखि काम शुरु गरेको थियो। पैह्रो स्थलको भित्ता काटेर अनि ढुंगाहरु बिछाएर मुश्किलले साना वाहनहरु आउजाउ हुनसक्ने भएपछि अपराह्न 2 बजीदेखि वाहनहरुको चलाचल सामान्य बनेको छ।अपराह्नदेखि सिंगल लाइन गरेर वाहनहरु छोडन शुरु गरिए पनि बिहानदेखि वाहनहरु जाममा फसेको कारण यात्रीहरुले धेरै कठिनाईको सामना गर्नु परेको थियो।आज प्राय दिनभरि नै राजमार्ग बाधित भएकोले सिक्किम, कालेबुङ   र सिलगढीबीच आवागमन गर्ने यात्रीहरुले समस्याको सामना गर्नु परेको थियो। सिक्किम अनि कलेबुङका आपातकालिन अवस्थाका यात्रीहरुले भाया मंसोङ, लाभा,गोरुबथान अनि यता दार्जीलिङ र मङ्पू भएर आफ्नो गंतब्यतिर पुगेका थिए। आज गएको पैह्रो स्थलमा गत बर्ष पनि सडक झरेर आंशिक पैह्रो गएको थियो। ग्रेफले उक्त स्थलमा सुरक्षा देवल निर्माण गरेर मरम्मती गरे पनि यस बर्ष झन ठूलो पैह्रो गएको छ।यसबारे प्रश्न गर्दा ग्रेफका एक अधिकारीले उक्त क्षेत्र सिङकिङ एरिया भएको अनि सडकको मुनि पानी रसिएर बग्ने गरेकोले ठूलो पैह्रो गएको बताए। ग्रेफको तत्परतामा आज उक्त पैह्रोग्रस्त क्षेत्रमा अस्थायी रुपले बनाइएको सड्क आज रातभरि पानी परेको खण्डमा नष्ट हुन सक्ने ग्रेफ अधिकारीहरुको भनाई छ। 

0 comments: