Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

4 May 2012

गेलखोलानजिक वाहन दूर्घटना, खलासीको मृत्यु- चालक बेपत्ता

4 मई (कालेबुङ):- राष्ट्रीय राजमार्ग 31एको गेलखोलानजिक भएको एउटा मालवाहक वाहन दूर्घटनाग्रस्त हुँदा खलासीको मृत्यु भएको छ भने चालक निखोज बनेका छन। ड्ब्ल्युबी 73 बी 4552 नम्बर भएको क्य़ाण्टर वाहन राजमार्गबाट टिस्टा खोलामा पस्दा वाहनका खलासी बिरिक डाडाँ निवासी बुद्ध तिरुवाको घटना स्थलमै मृत्यु भएको छ भने कालेबुङको अलगडा निवासी वाहनका चालक निमा शेर्पा लापता भएका छन।
सिलगडीबाट माल लिएर गान्तोकतिर गईरहेको सो वाहन हिजो राती गेलखोलामा दूर्घटनाग्रस्त भएको थियो। हिजो राती अत्याधिक पानी परिरहेको अवस्थामा आफ्नि गंतव्यतिर गईरहेको वाहनका चालकले नियञ्त्रण गुमाउँदा यो दूर्घटना भएको हुन सक्ने पुलिसको अनुमान छ। आज बिहान सबेरै स्थानीयहरुले घटनाबारे थाहा पाएर पुलिसलाई सुचित गरेका थिए। कालेबुङ पुलिसले घटनास्थलबाट खलासीको शव उद्धार गरी कालेबुङ महकुमा अस्पतालमा पोष्टमार्टमको निम्ति ल्याएको छ। यता, टिस्टाका गोताखोरहरुको सहयोग लिएर पुलिसले लापता चालक निमा शेर्पाको खोलीकार्य शुरु गरेको छ।

0 comments: