Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

30 May 2012

ब्लु सीपले बच्चा जन्माएको घटनाले जू प्रशासन उत्साहित

30 मई(कालेबुङ):- दार्जीलिङस्थित पदमाजा नाइडू हिमालयन जुलोजिकल पार्कमा दूर्लभ प्रजातिको ब्लु सीपले बच्चा जन्माएको घटनाले जू प्रशासनलाई उत्साहित बनाएको छ। संसार नै बिलुप्तिको संघारमा पुगीसकेको दूर्लभ प्रजातिको ब्लु सीपले हिजो दुइवटास् बच्चा जन्माएपछि पार्कमा अहिले यसको संख्या नौ पुगेको छ। यस अतिरिक्त यहाः रहेको अर्को दूर्लभ प्राजातिको हिमालयन थारले पनि केही दिन अघि बच्चा जन्माएको छ। जू कर्तृपक्षले सञ्चालन गरीरहेको प्रजनन कार्यक्रमअन्तर्गत हिमालयन थारले जूमा पहिलो पल्ट बच्चा जन्माएको हो। अहिले यसको संख्या बढेर 6 पुगेको छ। पदमाजा नाइडू पार्कको विशेष आकर्षण मानिने रेड पाण्डाको पनि संख्या बढने तय छ। यहाँका तीनवटा पाण्डाहरु आजभोलि नै प्रजनन गर्ने अवस्थामा छन। यस जूका अन्य जनावरहरु पाण्डा, स्नो ल्योपाड अनि टिबेटन स्यालको प्रजनन कार्यक्रम पनि जारी रहेको छ। अहिले बच्चा जन्माउने दुइजोडी ब्लु सीपलाई बर्ष 2009मा जापानको ओकिनावाबाट पारम्परिक प्रजननको निम्ति ल्याइएको थियो। बर्ष 2010मा प्रजनन कार्यक्रम अंतर्गत ब्लु सीपले चारवटा बच्चा सफलतासँग जन्माएको थियो। यस जूमा दूर्लभ प्रजातिको जंतुहरुको संख्या लगातार बृद्धि भईरहेको कुराले पार्क प्रशासनलाई खुशी र उत्साहित पारेको छ। जूका निर्देशक ए के झाले जूको प्रजनन कार्यक्रमबारे बताएका छन।

0 comments: