Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 May 2013

फोहोर व्यवस्थापनको अभावमा शहर दुर्गन्धित

प्रज्ज्वल छेत्री कालेबुङ, १९ मई| कालेबुङ शरहबाट दैनिक रुपमा निस्किने फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा अहिले शहरी क्षेत्रनै प्रदूषित बन्दै गएको छ| यसको मुख्य असर आम मानिसमा पर्न थालेको छ| करीब एक सातादेखि शहर क्षेत्रमा यत्रतत्र फोहोर हुँदासमेत कालेबुङ नरपलिकाले कुनै चासो देखाएको छैन| विशेष गरेर यहॉंको हाटबाजर परिसर, हरिजन रोड, डाकुरबारी, साथै शहरको विभिन्न भागमा फोहोरको डङ्गुर नै हुन थालेको छ| जनसाधरणदेखि लिएर पर्यटकहरूसम्मले सडक किनारमा थुप्रिएको मैला देखेर नाक खुम्चयाउँदै व्यवस्थालाई गाली गर्न सिवाय अर्को विकल्प देख्न सकेका छैनन्| ‘यहॉं मैला थुप्रिएको झण्डै एकहप्ता भइसक्यो| हामीलाई धेरै समस्या भइसक्यो| उनीहरू शहरको मैला फ्यॉंक्ने ठाउँ छैन भन्छन्| मैला फ्यॉंक्ने ठाउँ नहुनु हाम्रो भूल हो?’-हाटबजारको गेटअघि थुप्रिएको मैलाको छेवैमा रहेका एजना दोकानेले भने| मैला फ्यॉंक्ने ठाउँ नभएपछि विभिन्न स्थानहरूमा कैयौं दिनदेखि मैला थुप्रिँदा शहर अहिले दुर्गन्धले भरिएको छ| ‘झिंका भन्किएर यहॉं बसिनसक्नु भइसक्यो’-गाउँबाट सब्जी लिएर हाटबजारमा बेचिरहेकी एक पसले महिलाले भनिन्| ‘मैलाले गर्दा ग्राहकहरूले बाटो फेरिसके| यो हप्ता त हाम्रो समानहरू बिक्री नभएर चौपट भयो’-हाटबजारकै अर्का दोकानेले भने| ‘झिंगाहरू भन्केकोले यो मासु किन्नु हुँदैन रोग लाग्छ भन्छन् मानिसहरू’-मैलाकै थुप्रोअघि कुखाराको मासु बेच्दै आइरहेका अर्का पसलेले भने| एकजना जनस्वाथ्य अधिकारीअनुसार, गर्मी समयको शुरुआतसँगै शहरकोे फोहोरले मानिसहरूमा विभिन्न खालका सरुवा रोग सर्न सक्ने खतरा बढ्ने गर्छ| अधिकारी भन्छन्-‘गर्मीको तापक्रम वृद्धिसँगै फोहोर सडेर कार्बनडाइअक्साइड तथा कार्बोन मनोअक्साइड ग्यास उत्पन्न भई मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ|’ ‘चॉंडै नै हामी शहरमा थुप्रिएको मैला उठाइसक्छौं| आज नै तीनगाडी मैला उठाइनेछ’-प्रतिक्रिया लिन चाहँदा नगरपालिकाका उपाध्यक्ष गङ्गामाया गुरुङले भनिन्| आकाशको पानीले केही कल्भर्टहरू पुरिएको कारण ठूलो पाइपहरू लगाउने व्यस्तताको कारण मैला उठाउन नसकेको उनको भनाइ छ| वर्षौंदेखिको कहिले सामाधन नहुने समस्याको रुपमा रहेको मैला व्यवस्थापनलाई लिएर कालेबुङ नगरपालिका, राजनैतिक दल, सङ्घ-संस्थाहरूले टाउको नदुखाएका भने होइनन्| मैला व्यवस्थापनलाई लिएर कैयौंचोटी बैठक बसेपनि मैला व्यवस्थापन भने ज्यूँको त्यूँ छ| भालुखोपस्थित नगरपालिकाको पुरानो डम्पिङ ग्राउण्ड जनविरोधको कारण बन्द भएपछि नयॉं डम्पिङ ग्राउण्डको खोजी भयो| यहॉंको दलमानगाउँस्थित नयॉं डम्पिङ ग्राउण्ड बनिने भनेपनि डम्पिङ ग्राउण्डको काम पूर्ण नभइ प्राकृतिक प्रकोप र जनविरोधको कारण यो योजना पनि थॉंतीमै रह्यो| शहरबाट प्रतिदिन निस्किने मैला नगरपालिकाले टिस्टा नदी अनि २७ माइलछेउ फ्याक्न शुरु गरेको थियो| जनविरोधको कारण त्यो कार्य बन्द भएपछि अहिले आएर नगरपालिका अपठ्यारो स्थितिमा परेको छ| मैला व्यवस्थापनलाई सामाधान गर्नहेतु नवगठित नगरपालिकाले विदेशबाट मसिनसम्म ल्याउने योजना बनायो तर यो योजना पनि कागज र फाइलमै सिमित रह्यो| अहिले शहरमा थुप्रिएको मैलाको कारण मानिसहरूको समस्या धेरै छ| कालेबुङ मैलाको समस्या जटिल छ जुन कुरासित जनता पनि अवगत छन्| नगरपालिका अध्यक्ष एलबी परियारअनुसार, भालुखोपस्थित नेवार गाउँमा भर्खरै सॉंडे छ ऐकर जमिन नगरपालिकाले किनेको छ| त्यहॉंसम्म जाने सडक बनाइसकेको छ| चॉंडै त्यँहा मैला फ्यॉंक्न प्रतिश्रुती दिएको पनि करीब दुइ महिना बितिसकेको पनि फोहोरमैला व्यवस्तापनको स्थायी सामाधान भने हुन सकेको छैन|

0 comments: