Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 May 2013

हिल तृणमूलद्वारा मिरिक घटनाको भर्त्सना पहाडमा गणतन्त्र छैन-ननिता

कालेबुङ, 6 मई| मिरिकमा आइतबार भएको गोजमुमो अनि गोरामुमोमाझको झडपलाई लिएर हिल तृणमूल कङ्ग्रेसले घोर भर्त्सना जनाएको छ| यसदिनको घटना उल्लेख गर्दै हील तृणमूल कङ्ग्रेसले पहाडमा गणतन्त्र नरहेको आरोप लगाएको छ| दलका जिल्ला समिमिका नारी सङ्गठन प्रमुख ननिता गौतमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मिरिकको घटनामा दुःख प्रकट गरेकी छन्| विज्ञप्तिा जनाइएअनुसार, ८८ सालदेखि यता पहाडमा गणतान्त्रिक परिवेश छैन| पहाडको राजनैतिक परिवेश दुषित छ| जनतालाई नेतृत्वहरूले आफ्नो रोटी सेक्ने औजार मात्र बनाएका छन्| यदि कुनै पनि दलले जनताको समर्थन हासिल गर्नसक्छ भने त्यो दलको सिद्धान्तमाथि मात्र निर्भर गर्ने भन्दै पाखुराको बलमा जनताको विश्‍वास जित्नसक्ने आशय पनि गौतमले पोखेकी छन्| जनता पनि लाटो भएर बस्नुनहुने साथै सत्य कुरालई आत्मासात गर्नुपर्ने उनले आह्वान गरेकी छन्| ८६ देखि यता देखापरेको यहॉंको राजनैतिक घटनाक्रमकै कारण आजका युवा पीडिले गणतन्त्र अनि स्वतन्त्रताको अनुभव गर्न नसकिरहेको उनको भनाइ छ| विज्ञप्तिमा अझ जनाएअनुसार, यहॉं जातिको नाममा केवल राजनैतिक स्वार्थपूर्ती गर्ने काम मात्र भइरहेको छ| जातिकै नाममा यहॉं तीनचोटी आन्दोलन भएपनि मानिसहरूको आर्थिक अवस्थामा भने कुनै सुधार हुन सकेको छैन| यदि पहाडको भलो चिताउनु हो भने पहिले यहॉं स्वच्छ राजनैतिक परिवेश, शान्ति र गणतन्त्र बहाली गरेको हुनुपर्छ भन्ने विचार उनको छ| नेताहरूको राजनैतिक बचाउनलाई आफ्नैहरूबीच भइरहेको मारकाट, हत्या जस्ता हिंसात्मक कार्य बन्द गर्नु नै हील तृणमूल कङ्ग्रेसको मूल लक्ष्य रहेको पनि विज्ञप्तिमा जनाइएको छ|

0 comments: