Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Dec 2013

विकास परिषदको मांग गर्दै अब 'तामाङ' सड़कमा

कालेबुङ 30 नोभेम्बर
तामाङ विकास परिषदको पक्षमा रहेका पहाड़का सम्पूर्ण तामाङहरुले आज कालेबुङमा सदभवना ऱ्याली निकालेका थिए। तामाङ युथ एशोसिएशन कालेबुङ महकुमा समितिको आयोजनामा तामाङ विकास परिषर्दको मांग गर्दै हजारौ तामाङहरुले यहाँको टाउन-हल
परिसरबाट सांस्कृतीक ऱ्याली निकालेका थिए। तामाङ समूदायको प्ररमपरा अनुरुप
डम्फूबजाउँदै डम्फरेहरुले उक्त ऱ्यालीलाई अगुवाइ गरिरहेका थिए भने ऱ्यालीमा जातीय वेशभुषामा सु-सजित तामाङ युवा-युवतीहरुको उत्साहजनक भिड़ रहेको थियो। उक्त ऱ्यालीलाई एशोसिएशनका केन्द्रीय समिति सचिव सञ्जय मोक्तान, अध्यक्ष विष्णु तामाङ, एशोसिएशनको कालेबुङ महकुमा समितिका सचिव अमित तामाङ, अदिले नेतृत्व गरेका थिए। डम्फूको तालमा सेलो गाँऊदै अघि बढेको उक्त सदभवना ऱ्याल मेन रोड, डम्बरचोक, दशमाइल हुँदै शहर परिक्रमा गरी महकुमा अधिकारी कार्यलय पुगेको थियो। तामाङ विकास परिषद गठनको मांग गर्दै हातमा प्ला-कार्डहरु लिएर हजारौ तामाङहरुले महकुमा अधिकारीको कार्यलय परिसरमा केही समयसम्म धरणा प्रदर्शन पनि गरे। ऱ्याली अनि धरणा प्रदर्शन पछि एउटा सभाको आयोजना गरि एशोसिएशनले दार्जीलिङ, मिरिक, खर्साङ, तकलिङ, सोरेङ, बड़ामंगवा, टिस्टालगायत कालेबुङको विभिन्न क्षेत्रहरुबाट आएका सदस्याहरुलाई सम्बोधन गरे। यहाँको टाउन हलमा सम्पन्न भएको एशोसिएशनको सभालाई प्रतिनिधिहरु कमल घिसिङ अनि अमित मोक्तानले सम्बोधन गरे। उक्त कार्यक्रमको अवधि पत्रकारहरुसंग कुराकानी गर्दै एशोसिएशनका केन्द्रीय समिति सचिव सञ्जय मोक्तानले राज्य प्रमुख ममता ब्यार्न्जीको आशवसन अनुरुप तामाङ विकास परिषद गठन हुने कुराको स्वागत जनाउँदै हर्षउल्लासको साथमा आजको ऱ्याली निकालिएको जनाए। सरकारसंगको सम्पर्कमा रहेर विकास परिषद गठनको निम्ति सरकारको मांग अनुसार दस्तावेजहरुको काम समेत पुरा भइसकेको जनाउँदै सचिव मोक्तानले अब चाड़ैनै तामाङ विकास परिषद गठन हुने दावी गरेका छन्। विकास परिषदलिएर राजनीति भइरहेको घटनाको आलोचना गर्दा तिनले भने तामाङ जातिको भाषा, संसकार, अनि संस्कृती सुरक्षाको निम्ति विकास परिषद गठन हुनु आवश्यक रहेको छ।  आफ्नो जातीय सुरक्षाको मांग गर्दा कसरी जात विभाजन हुन्छतिनले प्रश्न पनि गरे। यता,  तामाङ विकास परिषदबारे प्रचार गर्न खर्साङ, दार्जीलिङलगायत विभिन्न स्थानहरुमा सदभवना ऱ्याली निकाल्ने एशोसिएशनको भावी कार्यक्रम रहेको जनाउँदै अध्यक्ष विष्णु तामाङले आगामी वर्षको जनवरी महिनामा राज्यप्रमुखलाई पहाड़ निम्त्याएर भव्य कार्यक्रमको आयोजना गर्ने बताए।

0 comments: