Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Sept 2011

माइती नेपालकी संस्थपक अनुराधा कोइराला


16सेप्टेम्बर(कालेबुङ):-महिला तस्करी अनि चेली-बेटी बेचबिखनबिरुद्ध अन्तर्राष्ट्रीय स्तरमै उल्लेखनीय कार्य गर्दै आइरहेको गैर सरकारी संगठन माइती नेपालकी संस्थापक अनुराधा  कोइरालालाई आज उनको कार्यको निम्ति कालेबुङमा अभिनन्दन जनाइयो। कालेबुङको प्रतिष्ठित अंग्रेजी स्कूल सेंट जोसेफ कंभेंटले आज श्रीमती कोइरालाको सम्मानको निम्ति एउटा कार्यक्रमको आयोजना गरेको थियो। स्कूलको हलमा सम्पन्न यस कार्यक्रममा उनलाई प्रशस्ति पत्र प्रदान गरि सम्वर्द्धना जनाइएको थियो। उनी यस विद्यालयकी भूतपूर्व छात्रा पनि हुन। उनको आगमनले आज स्कूलमा धेरै खुशी र उत्साह सञ्चार भएको थियो।  आफ्नो कार्यबिशेषले कालेबुङ आएकी अनुराधा कोइरालालाई स्कूलले सम्मानित गरेको हो। आफ्ना भूतपूर्व छात्राले सामाजिक कार्य गरेर कमाएको सम्मानले स्कूलले पनि गर्वबोध गरिरहेको थियो। यस अवसरमा श्रीमती कोइरालाले चेलीबेटी बेचबिखनबिरुद्ध माइतीनेपालको गतिबिधि अनि यस समस्याको बिकराल रुप र निराकरणका उपायहरुबारे चर्चा गरिन।उनले पावर प्रेजेंटेशनमार्फत तस्कारीमा परेर भारतका ठूलठूला शहरहरुमा नेपाली युवतीहरुले भोग्नु परिरहेको नारकीय जीवनको चर्चा गर्दा हलमा बसेका महिला शिक्षक र विद्यार्थीहरुको आँखा रसिएको थियो। उनले तथ्यगत घटनाहरुबारे चर्चा गर्दै नेपाल मात्र नभएर दार्जीलिङ जिल्ला, सिक्किम र डूवर्सका कैयौं महिला र युवतीहरुले आफ्नो ईच्छाबिपरीत देहव्यवसायमा लिप्त हुनु परेको यथार्थबारे प्रकाश पारेकी थिइन।उनले कलिलो उमेरका स्कूले नानीहरुलाई सतर्क पार्दै यस्ता अमानवीय अनि निन्दनीय घटना र कार्यहरुबिरुद्ध सचेत र जागरुक बन्ने आह्वान गरेकी छन
यता,कुराकानी गर्दै उनले यस क्षेत्रमा पनि चेलीबेटी बेचबिखनको समस्याले जटिल रुप लिइरहेको बताइन। श्रीमती कोइरालाले यो समस्याको उन्मूलनको निम्ति राजनैतिक क्षेत्रका मानिसहरु पनि संकल्पित भएर अघि आउनु पर्ने खाँचो रहेको बताएकी छन।(कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट)

0 comments: