Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Sept 2011

कालेबुङको आतिसा रोडस्थित पाइनभ्यु नर्सरी


प्रदीप लोहगुन :- कालेबुङको आतिसा रोडस्थित पाइनभ्यु नर्सरीका मालिक मोहन शमसेर प्रधानले क़्याक्टसको सर्वाधिक प्रजातिको संग्रह गरेर देशमा  नै कीर्तिमान कायम गरेका छन। प्रधानले ब्यक्तिगत स्तरमा शुरु गरेको पाइन भ्यु नर्सरी आज कालेबुङको प्रमुख पर्टयन स्थलहरुमध्ये एउटा बन्न पुगेको छ।पूर्व सिक्किमको पाँचेखानीमा जन्मेका मोहन शमसेर प्रधान 3 बर्षको उमेरमा शिक्षार्जनको निम्ति कालेबुङ आएका थिए।आफ्नो अध्ययन पूरा भए पनि उनी सिक्किम फर्केनन, कालेबुङलाई नै स्थायी बसोबास बनाए।कालेबुङमा त्यसबेला युनिभर्सल नर्सरी चलाउने आफ्ना काका डी एस प्रधानबाट उनी फूलखेतीतिर हौसिएका हुन। आफ्ना एकजना बिदेशी शुभचिन्तकको सुझाउमा क्याक्टसको संग्रह र नर्सरीको पेशामा अभिमुख बनेको प्रधान बताउँछन।
शुरुमा  उनले 3 हजार प्रजातिका क्य़ाक्टसको संग्रह गरेका थिए तर प्रतिकूल जलवायु अनि तकनिकी ज्ञानको अभावमा झण्डै 1500 प्रजातिका क्याक्टसको बीउ बिरुवा सप्रन सकेन। कालेबुङ जस्तो नातिशितोष्ण जलवायु भएको ठाँउमा पनि आज उनले पन्ध्र सयभन्दा धेर प्रजातिका क्याक्टसहरु सफलतापूर्वक फुलाई रहेका छन।कालेबुङ घुम्न आउने साधारण पर्यटक होस वा सरकारका उच्च अहोदाका उनको नर्सरी नघुमी कसैलाई संतोक हुदैँन।उनको नर्सरी घुमेर दंग परेका राज्यका पूर्व राज्यपाल बिरेन जे शाहले त उनलाई किंग अफ क्य़ाक्टसको उपाधी पनि दिएका थिए।तर बिडम्बना नै मान्नु पर्छ कि राज्यका राल्यपाल ,मंत्री अनि सांसदहरुले उनको प्रयासको प्रशंसा गरे पनि यसको विकास र संरक्षणको निम्ति भने सरकारबाट आजसम्म कुनै सहयोग नपाएको उनको गुनासो छ।
क्याक्टॅसलाई  नै जीवन मान्ने मोहन शमसेर प्रधान विभिन्न पुरस्काअ र सम्मानहरुले सम्मानित भईसकेका छन। पाइन भ्यु नर्सरी घुम्न आउने देशी अनि बिदेशी पर्यटकहरु यसको दूर्लभ संग्रहलाई देखेर मक्ख पर्ने गर्द्छन।
कालेबुङको पर्यटन उद्योगको विकासमा  सहयोग पुर्‍याउँदै आएका प्रधानले बिगत केही बर्षदेखि क्याक्टसको बेचबिखन बन्द गरेका छन।अहिले उनको नर्सरी पर्यटकहरुको अवलोकनको निम्ति मात्र खुला राखेका छन।

0 comments: