Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

27 Nov 2011

'राजनीतिक महत्त्व'

नयाँदिल्ली ,
भारतीय अर्थमन्त्री प्रणव मुखर्जीको भ्रमण डीटीएए सम्झौतामा हस्ताक्षर गर्ने प्रयोजनका लागि भए पनि त्यसको राजनीतिक महत्त्वसमेत रहेको स्रोतहरूले जनाएका छन् ।

'मुखर्जीको भ्रमणको मूल उद्देश्य डीटीएएमा हस्ताक्षर गर्नु भए पनि यसको अत्यन्तै महत्त्वपूर्ण राजनीतिक अर्थ छ,' नेपाल मामिला नजिकबाट नियाल्ने सत्तारूढ दलका एक नेताले भने, 'उनको भ्रमणले वर्तमान सरकार र जारी शान्ति तथा संविधान निर्माण प्रक्रियाप्रति भारतको निरन्तर समर्थन तथा सद्भाव झल्काउँछ ।'

आफ्नो काठमाडौं बसाइमा मुखर्जीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई तथा नेपाली समकक्षी वर्षमान पुनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

मुखर्जी निकट सूत्रहरूका अनुसार उनले माओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष खनाललगायत शीर्ष नेतासँग पनि भेटी नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नेछन् ।

मुखर्जी आइतबार विशेष एम्ब्रेयर विमानमा नयाँदिल्लीबाट काठमाडौं उड्नेछन् । आइतबारै साँझ उनी स्वदेश र्फकने कार्यक्रम छ । मुखर्जीको काठमाडौं यात्रामा केही उच्च भारतीय अधिकारी साथमा हुनेछन् । अर्थसचिव आरएस गुजराल, डाइरेक्ट ट्याक्स सेन्ट्रल बोर्डका अध्यक्ष एमसी जोशी, अर्थ मन्त्रालयका निर्देशक सुरेश यादवलगायत भारतीय अधिकारी मुखर्जीसँगै काठमाडौं पुग्दैछन् । भारतीय विदेश सचिव रन्जन मथाई मुखर्जीको भ्रमणको आधार तयार पार्न शनिबारै काठमाडौं पुगेका छन् । उनले विमानस्थलमा सञ्चारकर्मीमाझ भने, 'नेपालको शान्ति र स्थिरतासँग भारत सधैं जोडिएको छ ।'

0 comments: