Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Apr 2012

-कालेबुङ शहरमा बालश्रमको बढ्दो सञ्जालमाथि नियञ्त्रण बनाउन महकुमा प्रशासनले एउटा उद्धार टोली गठन गरेको

10 अप्रेल(कालेबुङ):-कालेबुङ शहरमा बालश्रमको बढ्दो सञ्जालमाथि नियञ्त्रण बनाउन महकुमा प्रशासनले एउटा उद्धार टोली गठन गरेको छ। महकुमा कार्यालयमा सोमबार सम्पन्न बैठक पछि टोलीको गठन गरिएको छ। महकुमा प्रशासन, कालेबुङ थाना, श्रम विभाग, नगरपालिका प्रशासन अनि गैरसरकारी संगठनका प्रतिनिधिहरु उपस्थित रहेको बैठकमा कालेबुङ शहरमा लगातार बृद्धि भइ रहेको बालश्रमको क्रियाकलापबारे चिन्ता प्रकट गरिएको थियो। राज्यको मुख्यालयबाट पठाइएको सरकारी आदेश अनुसार पहाडमा पनि बालमजदुरहरुको हकहित र सुरक्षाको निम्ति उद्धार टोली गठन गर्ने पहल गरिएको हो। कालेबुङ महकुमा कार्यालयका अधिकारी टि एन शेर्पाले उद्धार टोली गठन गरिएको जानकारी दिदैँ यसले अब आफ्नो कार्य शुरु गर्ने बताएका छन। बालअधिकारको क्षेत्रमा काम गर्ने स्थानीय गैर सरकारी संगठन बालसुरक्षा अभियानले शहरी क्षेत्रमा बालमजदुरहरुको अवस्थाबारे आरम्भिक चरणको सर्वेक्षण पूरा गरेपछि उद्धार टोलीले आफ्नो कार्वाही थाल्ने उनको भनाई छ। शहरका व्यापारिक अनि होटल र चियापसलहरुबाट उद्धार गरिएका नानीहरुलाई सरकारी प्रावधान अनुसार पुनर्वास, शिक्षा अनि बित्तिय सहयोग गरिने शेर्पाले बताएका छन।

0 comments: