Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

11 Apr 2012

दुइवाटा शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ

11 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहर संलग्न क्षेत्रबाट 39 बर्षीय महिला अनि 45 बर्षीय पुरुषको शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि यो मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ। हिजो दार्जीलिङ शहरनजिक लोचनगरको एउटा झोडाबाट केही दूरीको अन्तरालमा दुइवटा शव उद्धार गरेको थियो। यी शवहरु सिँहमारीको भोटेगाँऊ निवासी 45 बर्षीय किशन छेत्री अनि कागझोडाको गान्धी रोड निवासी रुपा तामाङको रहेको चिन्हित भएकोछ। पुलिसले आफ्नो आरम्भिक चरणको जाँचमा मृतकहरुबीच अबैध प्रेमसम्बन्ध रहेको तथ्य फेला पारे पनि यस काण्डको रहस्योदघाटन गर्न सकेको छैन। मृतकहरु दुवै बिबाहित थिए भने उनीहरु केही दिनदेखि आ आफ्नो घरबाट हराएका थिए। हिजो बिहान स्थानीय मानिसहरुले लोचनगरको झोडामा बिहान साडे सातबजीतिर महिलाको शव देखेर पुलिसलाई सुचित गरेका थिए। पुलिस दल घटनास्थलमा आएर उक्त महिलाको शव उद्धार गरेको बाह्र घण्टा बित्दा नबित्दै त्यसकै केही मुन्तिर किशन छेत्रीको शव पनि फेला परेको थियो। मृतकहरुको शरीरका कुनै प्रकारको बाहिरी चोट वा प्रहार गरेको निशान पाइएको छैन। किशनको शव भने खुट्टामा तार बेहिरिएको अवस्थामा पाइएको पुलिसको भनाई छ। दुवैबटा शवहरुको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र पुलिसले आफ्नो जाँचकार्यलाई प्रभावी ढंगले अघि बढाउन सक्ने छ। मृतक महिला रुपा तामाङका पति राम तामाङले पत्नीको शव चिन्हित गरे। उनले पुलिसलाई दिएको जानकारी अनुसार मृतक महिला गत शुक्रबारदेखि घरबाट निखोज भएकी थिइन। दार्जीलिङ सदर पुलिसले यस मामिलाको छानबीन जारी राखेको छ। सदर थानाका प्रभारी लोपसाङ भुटियाले घटनाबारे थप जानकारी दिएका छन।

0 comments: