Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

18 May 2013

छापामा आएको खबर असत्य-हिल तृणमूल

कालेबुङ, १७ मई| बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई भेट्न नपाउँदा हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू निराश बनेका छन् भनेर कतिपय मिडियाले गलत प्रचार गरेको आरोप हिल तृणमूल महिला सङ्गठनका प्रमुख ननिता गौतमले लगाएकी छन्| आज एक पत्रकार सम्मेलन डाकेर छापामा आएको खबर असत्य रहेको बताएकी छन्| ‘मुख्यमन्त्रीको पहाड आगमनले हामीलाई ठूलो बल मिलेको छ| उनीसितको भेटले दलप्रति कार्यकर्ताहरूको मनोबल अनि विश्‍वास अझ बढेको छ| तर पहाडमा हिल तृणमूललाई फस्टाउन नदिने, बाधा पुर्‍याउने जस्ता षड्यन्त्र हुँदैछ| मिडियाको गलत प्रचारको कारण सङ्गठनप्रति आम मानिसमा गलत सन्देश गइरहेको छ’-गौतमले भनिन्| उनीअनुसार, मुख्यमन्त्रीको पहाड भ्रमण पार्टीगत् नहुँदा हुँदै पनि पहाडका नेतृत्वहरूसित मुख्यमन्त्रीले भेट गरेकी छन्| प्रथम दिनमा रोहिनीमा हिल तृणमूलका कार्यकर्ताहरूले प्रवेशद्वारमा नै ममतालाई भव्य स्वगात जनाएका थिए| यो कुरा छापामा आएन| उनले अझ भनेअनुसार, दलका कार्यकर्ताहरूले स्वागत जनाउँदा मुख्यमन्त्री धेरै खुशी देखिन्थे अनि स्वयं ननिता गौतमसित भेटेर छोटे समयमा उनले धेरै कुरा गरीराखेकी छन्| जुन कुरा सबै भन्न नमिल्ने पनि उनले बताइन्| यसरी नै दोस्रो दिनमा मिरिकमा दलका महासचिव मकुल रोय अनि मन्त्री गौतम देवसित साङ्गठनिक गतिविधिहरूमाथि कुराकानी भएको उनले बताइन्| अन्तिम दिनमा पनि मुख्यमन्त्रीकै बोलाहटमा उनीहरूले दार्जीलिङमा छुट्टै बैठक गरेका थिए| यसदिन हिल तृणमूलले दशवटा विषयहरूमा ज्ञापन चडाएको छ| पहाडमा हुने हरेक विकास कार्यमा पारदर्शीता हुनुपर्ने, शान्ति र विकास,, वेरोगार समस्या, त्रिस्तरीय पञच्यात चुनाउ साथै सामाजिक सरोकारका मुद्दाहरू हिल तृणमूलले राखेको गौतमले बताइन्| मुख्यमन्त्रसितको यसदिनको भेटमा पहाडमा अनुशासित ढङ्गमा सङ्गठन विस्तार गर्ने साथै पहाडको तीनवटै महकुमामा दलको कार्यालय स्थापना गर्ने निर्देश छ| तर यति हुँदैहुँदै पनि कतिपय नेपाली दैनिकमा खबर राम्ररी छानबीन नगरी नै छापामा ल्याएकोले शुभचिन्तकहरूमा गतल सन्देश गएको आरोप गौतमले लगाइन्| ‘मोर्चाबाट हिल तृणमूलमा गएको एकजना कार्यकर्ताले दिएको खबर भनेर उक्त समाचारको आधार बनाइएको छ| तर सम्बन्धित पक्षका शीर्ष नेतृत्वलाई नसोधी मनगढ्नत्ते खबर छापिनु सही होइन| कुन कार्यकर्ताले झुटो खबर दियो भनेर हामी पनि छानबीन गर्दैछौं सम्बन्धित पत्रिकाले पनि नाम उजागर गर्नुपर्छ’-उनले भनिन्| गौतमको आशयअनुसार, मोर्चा अनि राज्य सरकारबीच पुनः सम्बन्धमा सुधार आएकोले पहाडका तृणमूल कार्यकर्ताहरू अलपत्रमा पर्नसक्ने अड्कलबाजीहरूलाई मुख्यमन्त्रीसितको भेटले गतल साबित गरेको छ| किनभने, सङ्गठन विस्तारलाई लिएर मुख्यमन्त्री गम्भिर छन्| यसैले केही महिनाभित्र नै मुख्यमन्त्री फेरि पहाड आउने अनि साङ्गठनिक गतिविधिहरूलाई केन्द्र गर्दै पहाडको कुनै स्थानमा सङ्गोष्टिको आयोजना गरिने भएको छ|

0 comments: