Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

12 May 2013

मोर्चा कालेबुङ शाखाको सभा सम्पन्न

कालेबुङ 11 मई। गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङ महकुमा समितिको साङ्गठनिक सभा आज यहॉंको रामकृष्ण रङ्गमञ्चमा सम्पन्न भयो। सभा नारी मोर्चा महकुमा समिति एवं शाखा-प्रशाखाका प्रतिनिधिलाई लिएर आयोजना गरिएको थियो। सङ्गठनको कार्यनीति प्रतिनिधिहरूसमक्ष राख्नु अनि सङ्गठनलाई अझ सशक्त बनाउनु सभाको उद्देश्य रहेको थियो। अवकाशप्राप्त ले.कर्णल शान्ता छेत्री मुख्य अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रमलाई नारी मोर्चा सचिव बन्दना योञ्जन, काजिम छिरिङ भोटिया, सामुयल गुरूङ, नोर्देन लामा, कुमार चामलिङ आदिले सम्बोधन गरेका थिए। नारी मोर्चाका कलावती आचार्यले स्वागत भाषण राखेको कार्यक्रममा नारी मोर्चा नेत्री तारा लोहार लेप्चा लगायत नगर पार्षदहरू पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिको रुपमा शान्ति छेत्रीले भनिन्‌, छुट्टै राज्यको निम्ति नारीहरूको भूमिका महत्वपूर्ण छ। छुट्टै राज्य गोर्खाल्याण्डको सङ्घर्षमा नारीहरूले अग्र पङ्‌क्तिमा रहेर गर्नु जरुरी छ। भावी दिनमा पनि गोर्खाल्याण्डको आन्दोलनको निम्ति सधैं तयार रहनुपर्छ। साङ्गठनिक गतिविधि एवं कुनै पनि सिफारिसको निम्ति नियमित रुपमा शाखा-प्रशाखाकै माध्यममबाट अघि बध्नुपर्ने भन्दै सौझै अध्यक्षलाई भेट्‌नु सङ्गठनको निमयबाहिर रहेको पनि उनले जनाइन्‌। यसरी नै, सभासद् काजिम छिरिङ भोटियाले पनि नारी एकतामाथि नै जोड दिएकी थिइन्‌। सभासदको हैसियतले नारीहरूको हरेक दुःखमा साथै दिने नारीहरूको समस्या आफ्नै समस्या सम्झेर काम गर्ने उनले बचन वद्धता जाहेर गरिन्‌। यसरी नै सभासद गुरूङले अझपनि गाउँहरूतिरत नारीहरूले आफूलाई आन्दोलनकारी नै बताउने भन्दै उनीहरूको सपना साकार पार्नुपर्ने बताए। उनीरूको सपना र विश्वासलाई सपना र विश्वासलाई तोड्‌नुनहुने विचिर उनले पोखे। छुट्टै राज्यको मागलाई मोर्चाले त्यागेको छैन भन्दै उनले राजनैतिक फाइदाको निम्ति मात्र विपक्षी दलहरूले मोर्चाको नीतिको आलोचना गरिरहेको पनि आरोप लगाए। सुबास घिसिङले कुनै पनि शक्तिले छुट्टै राज्य दिन नसक्ने भनेर दाबी गरेको बताउँदै उनले घिसिङ आफैले जन्माएको बच्चा खाने सॉंप जस्तै रहेको बताए। उनले भने -जसरी सॉंपले आफ्नै बच्चा खान्छ त्यसरी नै घिसिङले पनि आफैले जन्माएको अलग राज्य गोर्खाल्याण्ड खाएको छ। एकचाटी दागोपपामा हस्ताक्षर गरेर खाए अर्को चोटी छैटौ अनुसूची भिक्ष्याउन खोजेर खान खोज्यो । गुरूङले सुवास घिसिङ सरकारको प्रवक्ताको रूपमा काम गरिरहेको आरोप पनि लगाए।

0 comments: