Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Aug 2013

मोर्चा उपाध्यक्ष अनि जीटीए सभासद कल्याण देवान कालेबुङबाट पक्रा परे

 Pradip Lohagun
 कालेबुङ 12 अगस्त। मोर्चा उपाध्यक्ष अनि जीटीए सभासद कल्याण देवान कालेबुङबाट पक्रा परेका छन। जीटीएको 41 नम्बर समष्टिका यी सभासदलाई कालेबुङ पुलिसले आज मध्यान्हमा निकै नाटकीय ढंगमा पक्राउ गरेको थियो। कामविशेषले आफ्नो वाहनमा सवार भएर थानाडाँडा हुँदै कतै जान लागेका प्रो देवानलाई कालेबुङ पुलिसका अधिकारीहरूले गाडी रोकेर एउटा महत्वपूर्ण कुराबारे सोध्न केही बेर थाना आउनोस भन्दै लगेका थिए। शुरुमा तिनले आफू हतार रहेकोले वाहनमा सवार अवस्थामै कुरा गरौंसमेत भएका थिए तर पुलिस अधिकारीहरूले सार्वजनिक स्थलमा कुरा गर्न नमिल्ने भन्दै थाना लगेपछि आफ्नो नियञ्त्रणमा लिएका थिए।
थानाभित्र पसेको निकैबेरसम्म पनि तिनको पक्राउबारे तथ्य खुलाइएको थिएन। पछि थानाको पछिल्लो दैलोबाट निकालेर पुलिस वाहनमा हालेर शारिरीक जाँच गर्न महकुमा अस्पताल लगिएपछि मात्र तिनको पक्राउ भएको पुष्टि भएको थियो। तिनीविरुद्ध जलपाईगुडीको सीजेएम कोर्टको पक्राउको पुर्जी जारी गरेपछि दार्जीलिङ पुलिसले तिनलाई नियञ्त्रणमा लिएको हो। तिनलाई बर्ष 2011-मा जलपाईगुडी जिल्लाको नगरकट्टा थानामा दर्ता गरिएका पुराना मामिलाहरूमा पक्राउ गरिएको छ। बर्ष 2011को 30 जनवरीमा तिनीविरुद्ध नगरकट्टा थाना दुइवटा मुद्दाहरू दर्ता भएको थियो। यी मामिलाहरूको सुनवाइ जलपाईगुडीको सीजेएम कोर्टमा चलिरहेको छ। सुनवाइको क्रममा देवान नियमित रुपले अनुपस्थित बनेका कारण कोर्टले तिनको पक्राउको वारण्ट जारी गरेको छ। दुइवटा जिल्लाबीचको मामिला भएको कारण तिनको पक्राउको सम्बन्धमा नगरकट्टा थानाले दार्जीलिङ पुलिसका अधिक्षकमार्फत निवेदन गरेपछि आज तिनलाई पक्राउ गरिएको पुलिस सूत्रले बताएको छ। तिनीविरुद्ध दर्ता केस संख्या 15/11 अनि 18/11-मा आइपीसीको धाराहरू 147/148/149/356/ आम्स एक्ट, सरकारी सम्पत्ति नष्ट पारेको जस्ता मामिलाहरू उल्लेख छन। तिनलाई आज यहाँको महकुमा विचारकको अघि पेश गरिएको थियो। अर्को जिल्लाको मामिला भएको कारण तकनिकी कारण्बश तिनलाई कालेबुङकोर्टको साटो महकुमा विचारक (SDM)-को अघि उभ्याइएपछि तीन दिनको न्यायिक हिरासतमा पठाइएको छ। तीन दिनको निम्ति कालेबुङस्थित जेलमा राखिएका देवानलाई आगामी 16 अगस्तका दिन नगरकट्टा पुलिसलाई सुपुर्द गरिने सूत्रले जनाएको छ। त्यसपछि नगरकट्टा थानाले तिनलाई जलपाईगुडीको सीजेएम कोर्टमा पेश गर्नेछ। यता, महकुमा विचारककोमा लान अघि तिनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया जनाउँदै आन्दोलनलाई दमन गर्ने उद्देश्यले नै राज्य सरकारले पुराना मामिलाहरू झिकेर अनाहकमा पक्राउ गरेको बताए। “हाम्रो पक्राउ गरेर सरकार आन्दोलनकारीहरूको मनोबल तोड्न चहान्छ। तर यो आन्दोलनलाई दमन गर्न सरकार कदाचित सफल हुनेछैन। सरकारले हामीजस्ता दुइचार नेतालाई पक्रौ गरेर के गर्छ, आन्दोलनको निम्ति ह्जारौं नेताहरूको जन्म हुनेछ” देवानले भने।

0 comments: