Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Aug 2013

सरकार भ्रमको आतङ्क स्थापित गरेर आन्दोलन दमन गर्ने लाइसेंस लिन चहान्छ - UGRF

 Pradip Lohagun 
कालेबुङ 12 अगस्त। गोर्खाल्याण्डको निम्ति केही बर्ष अघि सशस्त्र क्रान्ति गरेर चर्चामा आएको युनाइटेड गोर्खा रिभ्युल्शनरी फ्रन्ट (युजीआरएफ)-का अध्यक्ष अजय दाहालले राज्य सरकारको आरोपको खन्डन गर्दै आफ्नो समूहले अहिले कुनै पनि सशस्त्र प्रशिक्षण शिविरको सञ्चालन नगरेको स्पष्ट पारेका छन।
राज्यकी मुख्यमंत्री ममता बेनर्जी आफैले गुप्तचर तञ्त्रको रिपोर्टलाई केन्द्र गरी दाहालले खरसाङमा जीएलओ नामक जंगी संगठनको ब्यानरमा हतियारको तालिम दिइरहेको गम्भीर आरोप लगाएपछि दाहालले आज सञ्चारकर्मीहरू अघि आएर आफ्नो स्पष्टीकरण दिएका छन। तिनले पहाडमा अहिले चलिरहेको शान्तिपूर्ण जनान्दोलनलाई दमन गर्न भ्रमको आतंक स्थापित गर्ने प्रयास गरिरहेको उल्टो आरोप लगाएका छन। “सरकार भ्रमको आतङ्क स्थापित गरेर आन्दोलन दमन गर्ने लाइसेंस लिन चहान्छ। जीएलओ अर्कै समूह हो अनि युजीआरएफले सशस्त्र आन्दोलन गरेको कुरा अहिले इतिहास भइसकेको छ। हामीले खरसाङमा हतियारको प्रशिक्षण दिइरहेका छौं भन्ने मुख्यमंत्रीको आरोप गुप्तचरतञ्त्रलाई षडयञ्त्रपूर्ण तरिकाले दूरोपयोग गरेर अलग राज्यको आन्दोलन दबाउने नियत मात्र हो” युजीआरएफ प्रमुख अजय दाहालले भने। तिनले मोर्चाले डाकेको सर्वदलीय बैठकमा भाग लिन आफ्नो दल आग्रही रहेको भए पनि आधिकारिक निम्तो नहुँदा जान नसकेको प्रतिक्रिया पनि ब्यक्त गरेका छन। “बैठकमा निम्तो पाएको भए हामी आफ्नो अनुभवको आधारमा अहिलेको आन्दोलनलाई कसरी दिशा दिन सकिनेछ भन्ने कुराहरू साझा गर्ने थियौं” दाहालले भने। यद्यपि, तिनले विचारमिल्ने आन्दोलनकारी नेतृत्व र कार्यकर्ताहरूको सम्पर्कमा रहेर आफ्नो सुझाउ र प्रतिक्रिया दिने काम जारी राखेको बताएका छन। तिनले राज्य सरकारले जनान्दोलनको भावनाविपरित अडान लिइरहेको टिप्पणी पनि गरेका छन। यस्तो अवस्थामा आन्दोलनकारी नेतृत्वले वैज्ञानिक तरिकाहरूलाई आत्मसात गर्दै क्रमबद्ध रुपमा अघि बढ्नुपर्ने सुझाउ पनि दिएका छन। तिनले अझ भने, “आन्दोलनलाई अझ परिष्कृत पार्नुपर्ने आवश्यकता छ। जनताले सडकमा देखाइ रहेको उर्जा बर्खाको भेलजस्तै हो।यसलाई वैज्ञानिक तरिकाले जलविद्युतमा परिणत गरेर त्यो उर्जालाई राज्यप्राप्तिको लडाईमा खर्चिनुपर्छ। यतिबेला आन्दोलनकारी नेतृत्वले जनताको त्यो भेललाई कुलो खनेर पल्लोपत्टि पन्साउने पो हुन कि भन्ने शंसय पनि बनिएको छ” तिनले आन्दोलनलाई दिशाहीन बनाउन सरकारले तयार पाएका एजेण्टहरू पनि आन्दोलनमा पस्न सक्ने शंका जाहेर गरेका छन। यता, दलका उपप्रमुख रुद्र आचार्यले पनि आन्दोलनको दिशा बिथोल्न सरकारले आफ्नो सम्पूर्ण तञ्त्रहरूको प्रयोग गर्ने विचार व्यक्त गरेका छन। “अहिले हामी सरकारी षडयञ्त्रको शिकार हुनसक्ने अवस्थामा छौं।हामीलाई तारो बनाएर जनतामा मनोवैज्ञानिक दवाउ र दमन गर्ने सरकारले जुन षडयण्ज़्त्र गर्दैछ, यसलाई बुझेर हामीले आफ्नो रणनीति तय गर्नुपर्छ” आचार्यले भने।

0 comments: