Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Oct 2013

शहरमा गोराक-को पोष्टर, एकिकरणको मुद्दा

कालेबुङ 27 अक्टोबर
सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा अघि ल्याउँदै आज गोर्खा राष्ट्रीय कंग्रेसले(गोराक) कालेबुङ शहरको विभिन्न स्थानहरुमा व्यापक पोष्टरीङहरु गरेको छ।
शहरमा आज देखा परेको उक्त दलको पोष्टरहरुमा पार्टीले बंगालले सन् 1986मा जारी गरेको श्वेत पत्रमा दार्जीलिङ अनि डुवर्सका भुभागहरु सिक्किम र भुटानको हो भन्ने प्रमाण भएको दावी गर्दै एकिकरणको मांग गरेको छ। गोर्खा राष्ट्रीय कंग्रेसले(गोराक)  पोष्टरहरुमा दार्जीलिङ-डुवर्स बंगालको नभएर सिक्किमको रहेको अनि यी क्षेत्रहरुमा वसोवास गर्ने नेपाली, भुटिया, लेप्चा समुदायहरुको एउटा मात्र मांग सिक्किम-दार्जीलिङ एकिकरण रहेको कुरा उल्लेख गरेको छ। एकिकरणको मुद्दा उठाएर सरकारलाई चुनौती दिनको साथ-साथै पार्टीले पोष्टरहरुमार्फत क्षेत्रीय दलहरुको पनि आलोचना गरेको छ। छुट्टै राज्यको मांगलाई भुलेर तृणमूलमा प्रवेश गर्नेहरुलाई यस दलले तारो बनाएको छ।
हिजसम्म आफ्नै राज्य हुनुपर्छ भन्नेहरु आज विभाजन हुँदैन भन्ने दलमा जाँदैछन्?’ भन्ने प्रश्न गोराकले आज जारी गरेको पोष्टरमा उल्लेख गरेको छ। मोर्चा प्रति प्रश्न उठाउँदै गोराकले सहुलियतको राजनीति बन्द गर्नु पर्ने आह्वान गरेको छ। गोराकले यहाँको थाना डाँड़ा, मेन रोड, डम्बरचोरलगायत शहरको विभिन्न स्थानहरुमा पोष्टरीङ गरेको छ।

0 comments: