Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Oct 2014

शारदा काण्डका मुख्य आरोपी कालेबुङ न्यायालयमा

कालेबुङ, 11 अक्टोबर।
शारदा काण्डका मुख्य आरोपी देवजनी मुखर्जीलाई आज कालेबुङ न्यायालयमा पेश गरियो। स्थानीय छिबो बस्ती निवासी उत्तम शंकर विश्वकर्मले एक निवेशकको रूपमा मुखर्जीविरूद्ध मामिला दर्ता गरेकाले उनलाई कालेबुङ ल्याइएको हो। शारदा घोटाला काण्डको आरोपमा उनीविरूद्ध भारतीय दण्ड संहिताको धारा 420 अन्तर्गत मामिला दर्ता भएको थियो। यसै मामिलामा अलिपूर महिला संशोधनगृहबाट कालेबुङ ल्याइएका देवजनी मुखर्जीलाई कालेबुङ एडिसनल चिफ ज्यूडिसियल मेजिट्रेट कोर्टले जमानत दिएको छ। यद्यपि कालेबुङ न्यालयबाट उनले जमानत पाएको भएपनि अन्य न्यालयहरूमा रहेका विभिन्न मामिलाहरूका कारण उनी जेलमुक्त बन्न सकिनन्। स्मरण गराइन्छ, उनी शारदा कम्पनीका कार्यकारी निर्देशकको रूपमा कार्यरत् थिइन्। शारदा काण्डपछि पक्रा परेकी मुखर्जीलाई 16 महिनादेखि अलिपुर महिला संधोधनग्रहमा राखिएको छ। शारदा काण्डमा सिलगढी, मादला, विरभूम लगायतका राज्यभरिका विभिन्न न्यायालयमा उनीविरूद्ध अनेकौं मुद्दाहरू चलिरहेको छ। आज उनले कालेबुङ न्यालयबाट जमानत पाएपनि उनलाई अन्य मामिलाहरूका कारण अलिपुर महिला संधोधनग्रह नै लगिएको छ भने कालेबुङ न्यायालयमा उनको आगामी सुनुवाई 22 अक्टोबरको दिन हुनेछ।    

0 comments: