Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Oct 2014

पर्यटन उत्सव 2014 शुरू

कालेबुङ, 11 अक्टोबर।

गोर्खाल्याण्ड टेरिटोरियल एडमिस्नट्रेसन(जीटीए) को सूचना एवं सांस्कृतिक विभाग अनि पर्यटन विभागको संयुक्त आयोजनामा आजदेखि सांस्कृतिक पर्यटन महोत्सव कालेबुङ च्याप्टर आरम्भ भएको छ। बितेको वर्षसम्म यसै उत्सवलाई चिया अनि पर्यटन उत्सवको नाम दिएको थियो। यद्यपि यसपल्ट यस उत्सवको माध्मयबाट संस्कृतिको पनि संरक्षण गर्ने उद्देश्य लिएर सांस्कृतिक पर्यटन महोत्सव नामकरण गरिएको हो। पहाडको मुख्य आयश्रोतको रूपमा रहेको पर्यटन विकासलाई थप टेवा पुऱ्याउन दार्जीलिङमा हिजोदेखि यस उत्सव आरम्भ भइसकेको छ भने आजदेखि कालेबुङमा पनि औपचारिक उद्घाटन गरिएको हो। उत्सवको उद्बोधनी कार्यक्रममा यहाँको रामकृष्ण रङ्गमञ्चबाट सद्भावना यात्रा निकालिएको थियो। जुन यात्रामा स्थानीय विभिन्न जातगोष्ठीले सगभागिता जनाएको थियो। ब्याण्ड-बाजासितै निस्केको सांस्कृतिक जुलूसले शहर परिक्रममा गरेपछि मेलाटारमा पुगेर यसको औपचारिक शुरुवात गरिएको थियो। आज पहिलो दिनको कार्यक्रममा जीटीएका उपप्रमुख कर्णल रमेश आले मुख्य अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रममा विभिन्न जातगोष्ठिका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। आजदेखि शुरु भएको यस उत्सव आगामी 22 अर्टोबरसम्म चलेन्छ। 

0 comments: