Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

16 Oct 2011

मंग्पू एकता समाज द्वारा सिक्किम भुइँचालो पिडितहरुलाई राहत सामग्री


केशर मोक्तान :१८ सेप्टेम्बरमा गएको विनाशकारी भुइँचालो पिडित परिवारलाई मंग्पू  एकता वेलफेयर फाउन्डेशन/ समाज द्वारा दुई गाडी राहत सामग्री सिक्किमबासीलाई पुराएको जानकारी एकता समाजका सचिव सुबास राईले दिएका छन् | उक्त राहत सामग्री मंग्पू  एकता समाजले मंग्पू  क्षेत्र वरिपरी अनि हाइवे रम्बी , लोहापूल तथा सुन्तले क्षेत्रबाट संग्रह गरि गत १० अक्टोबर को दिन सिक्किम सरकारका डिजास्टर म्यानेजमेन्ट विभागका अधिकारी प्रभाकर राई समक्ष बुझाएको एकता समाजका सचिवले बताए | एकता समाजले सिक्किम गान्तोक देवराली डिजास्टर म्यानेजमेन्टको कार्यलय पुगी उक्त टोलीलाई भुइँचालो पिडितलाई सहयोगार्थ ६६ ब्याग दाल र चामल अनि लुगा फाटा सुम्पिएको समाजका सचिव द्वारा थाहा लागेको छ |
यसै विषयलाई लिएर आज मंग्पू  चौरास्तामा एकता समाजले एक आकस्मिक पनि सम्पन्न भयो | एकता समाजले राहत सामगी  संगै १०,००० रुपियाँ बुझाउँदा उक्त रुपियाँ ग्रहण नगर्ने सिक्किम सरकारको निर्णय सम्बन्धित अधिकारीबाट बुझेपछि उक्त रकम केवल ब्यांक ड्राफ्ट द्वारा मात्र ग्रहण गर्ने हुँदा उक्त दिन केवल सामग्रीहरु मात्र बुझाएको सभामा सबैलाई अवगात गराए | यसै बीचमा ११ अक्टोबरको दिन मंग्पू  च्यानेल द्वारा कालेबुंग महकुमा अन्तर्गत कागे ग्राम पंचायत रेभक गाउँ , गेरेक , समकहीउ अनि भरिया बस्तीका बासिन्दाहरु पनि भुइँचालोले पिडित भइ बर्तमान समय सम्म असहाय अवस्थामा रहेको जानकारी प्रसारण हुँदा सो रकम ती पिडितहरुलाई  प्रदान गरिने निर्णय लिइयो |
स्मरण रहोस मंग्पू  एकता वेलफेयर समाजको यस भन्दा अघि पनि पहिरो पिडित परिवार तथा बिहारमा गत वर्ष आएको बाड पिडित परिवारलाई पनि राहत सामग्री पुराउन र दुखको क्षणमा सहायता गर्न सक्षम बनेका थिए |

15 Oct 2011

मुख्यमन्त्रीले हावा मिठाई बाँडदैछन् - तारा सुन्दाश

कालेबुंग/डी० के० वाइबा :  " दार्जीलिंगमा विकाशका अनेकौ प्याकेज  घोषणा गर्ने बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुंगका लागी खोई विकाशका योजना घोषणा गरेको ? कालेबुंगका जनताको समस्या के समस्या होइनन् ? विकाश हुनपर्छ तर सबैतिर समान रुपले हुन्पर्छ | दार्जीलिंगमा विकाशका अनेकौ परिकल्पनाहरु उद्घाटन गर्दा कालेबुंगलाई किन अवहेलना गरियो ? कालेबुंगका समस्या बोध गर्नुपर्छ ममता ब्यनार्जीले " - उक्त कुरा माकपा नेता तारा सुन्दाशले आज पत्रकार सम्मेलन डाकेर भनेका हुन् | दार्जीलिंगमा अनेकौ परियोजनाहरु मुख्यमन्त्री ममता ब्यनार्जीले हाई टेक प्रणाली द्वारा उद्घाटन गरेपछि कालेबुंग महाकुमाको निम्ति खासै कुनै विकाशका प्याकेजहरु  घोषणा नगरेकोमा सुन्दाशले असन्तुस्टी जाहेर गरेका छन् | तिनले कालेबुंगलाई अवहेलना गरेको आरोप लगाउँदै दार्जीलिंगमा विकाशको प्याकेज घोषणा गर्न आउँदा कालेबुंगका विधायक बजेट लिएर गएको आरोप पनि लगाए | " कालेबुंग महकुमा भरि १ लाख ८२ हजार भन्दा धेर जनसंख्या छ | यत्रो जनसंख्या भएको क्षेत्रको समस्या किन बुझ्दैनन मुख्य मन्त्रीले ? " - तारा सुन्दाशले प्रश्न तेर्साए| सुन्दासले पहिले नै ममता ब्यानर्जीले रेल मन्त्री हुँदा अनेकौं परियोजनाहरु घोषणा गरेको तर आजसम्म ती घोषणाहरु कार्यरुपमा परिणत नभएको बताउँदै यस पल्ट गरिएको घोषणाहरु पनि फोस्रो आस्वाशन मात्र हुन् भनि बताए | " मुख्यमन्त्रीले पहाडका मानिसहरुलाई हावा मिठाई मात्र खुवाउँदैछन् | रेल मन्त्री हुँदा दार्जीलिंगमा रेल्वे विभागमा भर्ना हुने केन्द्र खोल्छु भन्यो तर पुरा भएन | आज सिलिगुडीमा खोल्छु भन्दैछन् | यो सबै जनता ढाट्ने कुरा हो " - अझ भने | ममता ब्यनार्जीले राजमार्ग ३१ ए को व्यवस्थित पर्ने दिशामा कुनै कुरा नगरेको बताउँदै  लालगडमा त्यस क्षेत्रका युवाहरुलाई सिधै एन० डी० एफ० मा भर्ना गर्ने तथा होम गार्डमा भर्ना गर्ने पहल गरिरहेको तर यता जीएलपी समेतलाई सिधै होम गार्डमा भर्ना गर्छु भनेर किन घोषणा गरेनन् भनि सुन्दासले प्रश्न गरेका छन् | वास्तवमा तिनले सबै जनतालाई ढाँटेको आरोप लगाउँदै आज कालेबुंगमा पानीको हाहाकार हुँदा मन्त्रीले किन समस्या सम्झेनन्  भन्ने प्रश्न गरे | मुख्यमन्त्रीले टिस्टा काटेपछि सबै बिर्सने बताउँदै यहाँको समस्या बारे सांसद र विधायकहरुले बुझाएर विकाशका परिकल्पनाहरु तयार पार्नु पर्ने  पनि तारा सुन्दाशले बताए | मुख्य मन्त्रीको घोषणा केवल राजनैतिक भाषण मात्र रहेको तर व्यवहारिक भने नहुने पनि सुन्दासले बताउँदै  यदि  व्यवहारिक रुपले कार्य गर्छु भन्छ भने पहाडमा एड्स जस्ता घातक रोगहरुले ग्रस्त ४ सय ७० जना मानिसहरु विरामी जाँच गर्ने मशिन ल्याएर  देखाऊ भन्ने चुनौती समेत दिए | पहिले माकपाको सरकार सत्तामा हुँदा क्याबिनेटले ३ हजार ४ सय ७२ जना अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने नोटिफिकेसन जारी गरेको अनि अन्यलाई पछिबाट गर्ने घोषणा गरेको दाबी गर्दै खोइ आजका सरकारले गरेको भनी प्रश्न गरे | आज कतिपय स्वार्थी नेताहरुले सम्पूर्ण जनताको भविष्य माथि खेलवाड गरेको आरोप लगाउँदै ममताले पनि ढाँटको राजनीति गरेको माकपा नेताले बताए | 

खेती एवम व्यवस्थापन मन्त्री अरुप रोयको कालेबुंगमा पत्रकारहरुसंग कुराकानी


कालेबुंग/डी० के० वाइबा - खेती एवम व्यवस्थापन मन्त्री अरुप रोयले आज कालेबुंगमा पत्रकारहरुलाई सम्बोधन गर्दै कालेबुंगमा खेती एवम बजार व्यवस्थापन बारे आफ्नो पक्षबाट यथाशक्य पहल गर्ने बताए | कालेबुंगमा विविध प्रकारका फूल,फल आदिको उत्पादन हुने भएतापनि यसको बजार व्यवस्थापन भने सही प्रकारको नभएकोमा चिन्ता व्यक्त गर्दै यहाँको उत्पादनहरुलाई राष्ट्रिय एवम अन्तराष्ट्रिय बजारमा पुर्याउने पहल गर्ने बताए | यहाँको उत्पादनहरुलाई राख्ने कोल्ड स्टोर निर्माण गर्ने, फूल नर्सरीहरुलाई व्यवस्थित गर्ने तथा बोटानिकल गार्डन निर्माण गर्ने दिशामा पनि आफ्नो पक्षबाट पहल गरेर राज्यका मुख्य मन्त्रीलाई अव्गात गराउने पनि तिनले बताए | सोही अवधि तिनले विगत माकपा पार्टीको सरकार हुँदा सम्पूर्ण विभागहरु नै भताभुंग भएको आरोप लगाउँदै हाल आफुहरुलाई सच्चाउन कठिन भइरहेको पनि बताए | अर्कोतिर यहाँको उत्पादन फल - फूल औषधीय पौदाहरुको अन्तराष्ट्रिय बजार ब्यवस्थापन गर्ने दिशामा पनि कोलकाता अनि दिल्लीमा प्रदर्शनीमा लैजाने तिनले बताए | यहाँका साथै यहाँ उत्पादन हुने सुन्तला प्रदर्शनी गरेर पनि यसको बजारलाई विस्तृत पार्ने कार्यमा आफ्नो पहल गर्ने थप रोयले बताए | अर्कोतिर किशानहरुलाई सरकारबाट प्राप्त हुने विभिन्न सहुलियतहरु प्रदान गर्ने पनि आफुले कार्य गर्ने बताए | तिनले हाल सिन्कोना बगानका कृषकवर्गले सरकारबाट प्राप्त हुने कतिपय खेति सम्बन्धि सब्सिडीहरु नपाएको सन्दर्भमा पनि सम्बन्धित पक्षमा कुरा गरेर आफ्नो पक्षबाट पहल गर्ने मन्त्री रोयले बताएका छन् | तिनले सिन्कोना आदि औषधीय पौदाहरुको पनि राष्ट्रिय स्तरमा प्रदर्शनी गरेर बजार व्यवस्थापन राम्रो गर्ने कार्य पनि गर्ने जनाए |

 स्मरण रहोस गत १२ अक्टोबरको दिन कालेबुंगमा मन्त्रीले आज पत्रकारहरुसंग भेटेर औपचारिक कुराकानी गरे | यस अवधि विधायक डा० हर्क बहादुर छेत्री पनि उनको साथमा रहेका थिए | कालेबुंगका खेती एवम फूल संग सम्बन्धित रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि टोलीले पनि मन्त्रीसंग भेट गरेर खेती सम्बन्धि आ - आफ्नो पक्षबाट स्मारक पत्र चडाए | यस अवधि मन्त्री संग उनीहरुले आ- आफ्नो पक्षबाट समस्याहरु बारे पनि अव्गात गराए | मन्त्री रोयले प्रतिनिधि टोलीले राखेका सुझाउहरुलाई गहन तरिकाले सुनेर सकारात्मक पहल गरिदिने आश्वासन दिएका छन् |

13 Oct 2011

कालेबुङ शहरमा पेयजलको समस्या यथावत

13 अक्टोबर/कालेबुङबाट प्रदीप  लोहागुणको रिपोर्ट:- बिगत दुइ सप्ताहदेखि कालेबुङ शहरवासीहरुले भोग्नु परिरहेको पेयजलको समस्या आजसम्म पनि यथावत रहेको छ। गत 18 सेप्टेम्बरको भुइँचालोले नेउरा खोलास्थित स्रोतबाट ल्याइएका पानीको पाइपलाइनहरु ठाँउ ठाँउमा नष्ट पारेपछि शहरमा पेयजलको समस्या उत्पन्न भएको हो। कालेबुङमा गम्भीर जलसंकट उत्पन्न भएको कारण आम मानिसहरुले त समस्या भोग्नु परेको छ नै तर यसले यहाँको पर्यटन व्यवसायमा पनि प्रतिकूल असर पार्न थालेको छ।मूल स्रोतबाट नै पानीको आपूर्ति ठप्प हुदाँ पीएचई विभाग पनि लाचार देखिएको छ। यता, पिउने पानीको गम्भीर संकट झेलिरहेका उपभोक्ता र सामाजिक संगठनहरुले विभागमाथि दवाउ बनाउन शुरु गरेको छ। पेयजलको संकटको निराकरण गर्न सम्बन्धित विभाग, नगर प्रशासन र क्षेत्रिय विधायकबीच लगातार बैठक भइरहेको भए पनि अहिलेसम्म कुनै कारागर उपाय अवलम्बन गरिएको छैन। यसबीच, कालेबुङ नगरपालिकाले शहरका केही क्षेत्रहरुमा वाहनबाट पानी बितरण गर्ने कार्य शुरु गरेको छ। मूल स्रोतदेखि डेलोस्थित जलाशयसम्म ल्याइएका पाइपलाइनहरु मरम्मती कार्य पूरा गर्न अझै लगभग बीस दिन लाग्ने विभागीय सूत्रले बताएको छ, यद्यपि, क्षेत्रिय विधायक डा हर्क बहादुर छेत्रीले एक सप्ताहभित्र शहरमा पानीको सर्वराह सुचारु गरिने दाबी गरेका छ्न।
कालेबुङ शहरका केही क्षेत्रहरुमा रहेका धाराहरुले केही मात्रामा भए पनि पिउने पानी खाँचो  टार्ने काम गरि रहेको  छ। तर, आवश्यकताअनुसार पानीको उपभोग गर्ने नपाएका शहरवासीहरुले विभागप्रति आफ्नो क्षोभ प्रकट गर्न शुरु गरेका छ्न। चाडबाडको बेला पानी किनेर उपभोग गर्नु परेको कारण आफ्नो आर्थिक अवस्थासमेत प्रभावित बनेको जनसाधारणको भनाई छ। कालेबुङवासीहरुले यसपालीको बडा दशै पनि पानीको हाहाकारमा नै बिताउनु परेको थियो। दशैंको बेलामा स साना नानीहरु पनि भुल्डुङ बोकेर पानीको धारा खोज्दै हिडेको दृश्य साधारण भएको थियो। अर्कोतिर, कालेबुङमा पर्यटनको सिजन शुरु भएकै  बेला पानीको समस्या उत्पन्न भए पछि यस व्यवसायसँग जडित मानिसहरुमा चिंता बढेको छ। विशेष गरी पानीको सर्वराह ठप्प हुँदा होटल व्यवसायीहरुलाई धेर नोक्सान भएको छ। होटलमा पानी उपलब्ध नहुदाँ पर्यटकहरु अन्यत्र लाग्न थालेको होटल व्यवसयीहरुको भनाई छ।