केशर मोक्तान :१८ सेप्टेम्बरमा गएको विनाशकारी भुइँचालो पिडित परिवारलाई मंग्पू एकता वेलफेयर फाउन्डेशन/ समाज द्वारा दुई गाडी राहत सामग्री सिक्किमबासीलाई पुराएको जानकारी एकता समाजका सचिव सुबास राईले दिएका छन् | उक्त राहत सामग्री मंग्पू एकता समाजले मंग्पू क्षेत्र वरिपरी अनि हाइवे रम्बी , लोहापूल तथा सुन्तले क्षेत्रबाट संग्रह गरि गत १० अक्टोबर को दिन सिक्किम सरकारका डिजास्टर म्यानेजमेन्ट विभागका अधिकारी प्रभाकर राई समक्ष बुझाएको एकता समाजका सचिवले बताए | एकता समाजले सिक्किम गान्तोक देवराली डिजास्टर म्यानेजमेन्टको कार्यलय पुगी उक्त टोलीलाई भुइँचालो पिडितलाई सहयोगार्थ ६६ ब्याग दाल र चामल अनि लुगा फाटा सुम्पिएको समाजका सचिव द्वारा थाहा लागेको छ |
यसै विषयलाई लिएर आज मंग्पू चौरास्तामा एकता समाजले एक आकस्मिक पनि सम्पन्न भयो | एकता समाजले राहत सामगी संगै १०,००० रुपियाँ बुझाउँदा उक्त रुपियाँ ग्रहण नगर्ने सिक्किम सरकारको निर्णय सम्बन्धित अधिकारीबाट बुझेपछि उक्त रकम केवल ब्यांक ड्राफ्ट द्वारा मात्र ग्रहण गर्ने हुँदा उक्त दिन केवल सामग्रीहरु मात्र बुझाएको सभामा सबैलाई अवगात गराए | यसै बीचमा ११ अक्टोबरको दिन मंग्पू च्यानेल द्वारा कालेबुंग महकुमा अन्तर्गत कागे ग्राम पंचायत रेभक गाउँ , गेरेक , समकहीउ अनि भरिया बस्तीका बासिन्दाहरु पनि भुइँचालोले पिडित भइ बर्तमान समय सम्म असहाय अवस्थामा रहेको जानकारी प्रसारण हुँदा सो रकम ती पिडितहरुलाई प्रदान गरिने निर्णय लिइयो |
स्मरण रहोस मंग्पू एकता वेलफेयर समाजको यस भन्दा अघि पनि पहिरो पिडित परिवार तथा बिहारमा गत वर्ष आएको बाड पिडित परिवारलाई पनि राहत सामग्री पुराउन र दुखको क्षणमा सहायता गर्न सक्षम बनेका थिए |

0 comments:
Post a Comment