Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

18 Oct 2011

सिक्किमलाई अन्तराष्ट्रियस्तरमा चिनाउने कालेबुङका त्रिलोक

प्रज्ज्वल छेत्री
कालेबुङ, 18 अक्टोबर।
पहाडमा प्रतिभावान खेलाडीहरूको कुनै कमि छैन। सही मञ्च, मार्गदर्शन अनि तालिम पाए अन्तराष्ट्रिय स्तरसम्म नै उत्कृष्ट खेल प्रदर्शन गर्न सक्षम छन्‌ पहाडका खेलाडीहरू। यस्तै एक प्रतिभावान ताइकाण्डो खेलाडी हुन्‌ कालेबुङ 12 माइल निवासी त्रिलोक सुब्बा। जसले भर्खरै 8 सितम्बरमा स्कटल्‌याण्डमा सम्पन्न थर्ड स्कटिस ओपन ताइक्वाण्डो प्रोमसी च्याम्पियनसीपबाट ताइक्वाण्डोे फेडेरेशन अफ इण्डियालाई प्रतिनिधित्व गर्दै गएर दुइवटा स्वर्ण अनि एक रजत पदक हत्याएर कालेबुङ फर्किआएका छन्‌। 20 वटा देशहरूले अंशग्रहण गरेको उक्त खेलमा तिनले एकल प्रतियोगितामा एक कास्य, पिओर क्याटागोरीमा एक स्वर्ण अनि टिम क्याटागोरीमा पनि एक स्वर्ण हत्याउने पहिलो भारतीय बनेका छन्‌। तिनले उक्त प्रतियोगिताको सर्वोत्कृट खेलाडीको खिताब पनि हत्याएका छन्‌। तिनले अघिबाटै कमनवेल्थ खेलमा एक कास्य हत्याइसकेका छन्‌ भने राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तरसम्ममा उत्कृष्ट खेलहरू प्रदर्शन गरेर धेरै पदहरू हात पारीसकेका छन्‌। तिनी एक अन्तराष्ट्रिय ताइक्वाण्डो रेफरी पनि हुन्‌। तिनी कालेबुङमा जन्मेपनि सिक्किम राज्यलाई प्रतिनिधित्व गरेर राष्ट्रिय स्तरको खेलहरू खेल्ने गर्छन्‌। तिनी बङ्गालको निम्ति खेल्दैनन्‌। 86 सालसम्म बङ्गाललाई प्रतिनिधित्व गरेर खेल्ने त्रिलोक सुब्बा बङ्गालमा पहाडका खेलाडीहरूलाई थिचोमिचो रहेकै कारण बङ्गालबाट नखेलेकोे बताउँछन्‌। 'बङ्गालमा पहाडका खेलाडीहरू खुलेर खेल्न सक्तैनन्‌। बङ्गालमा खेलमा पनि राजनीति हुन्छ। पहाडका खेलाडीहरूलाई माथि उठ्‌न दिँदैन यसैले म सिक्किमबाट खेल्ने गरेको हुँ' तिनले भने। 


0 comments: