Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Oct 2011

चर्किएको भवन भत्किएन चर्कियो झमेला

कालेबुङ, 20 अक्टोबर।

SAROKAR

सॉंढे दस माइलमा रहेको शिवनारायण प्रधानले उठाएको सात तले भवनले कालेबुङ नगरमा समस्या खडा गरेको छ। त्यही भवनको कारण आज कालेबुङका नागरिकहरूले एक घण्टा चक्काजामको समस्या भोग्न पर्‍यो किन भने शिवनारायण प्रधानको  भवन नगरपालिकाले नोटिश दिँदा पनि नभत्काएपछि गाउँलेहरूले भवन भत्काउनको निम्ति आज चक्काजाम गर्न पर्‍यो। भुइँचालोले शिवनारायण प्रधानको सात तले भवनलाई चर्काएको थियो। भवन चर्किएपछि नगरपालिकाले अवैद्धरूपले उठाएको चार तला भत्काउनु पर्ने नोटिश दुइपल्ट प्रधानलाई पठाएको थियो। नगरपालिकाले अग्लो उचाईंको कारण घर भत्काउने निर्देशलाई त प्रधानले पत्तो दिएनन्‌ नै गाउँलेहरूको विरोधलाई पनि टेरेनन्‌।
प्रधानले भवन हटाउने कुनै सुरसार नै नगरेपछि भवनको कारण असुरक्षित रहेका गाउँलेहरूले आज दुइ घण्टा भनेर गरेको चक्काजाम  एक घण्टा पनि नपुग्दै कालेबुङ पुलिस प्रशासनको हस्ताक्षेपमा रोकियो। गाउँलेहरूले सम्पूर्ण प्रशासनिक पक्ष, विभाग, वरिष्ट नागरिक अनि मीडियासमेतलाई हिजो नै भवन नतोडे चक्काजाम गर्ने सूचना जारी गरेका थिए। पुलिस प्रशासनले चक्काजाममाथि हस्तक्षेप गर्दै सम्बन्धित निकायसित शीघ्र नै कुरा गरेर समस्याको समाधान गर्ने  आश्वासन दिएपछि गाउँलेहरूले पथावरोधलाई फिर्ता लिए। गाउँलेपक्षमा डा. सामुएल राईले भवन ढल्किएको अनि नगरपालिकाले तीन तलाको निम्ति मात्र अनुमति दिएको तर शिवनारायण प्रधानले सात तले बनाएको बताउँदै घर जति नै अग्लो बनाउन्‌ उनीहरूलाई कुनै फरक नपर्ने तर भवन चर्किएकोले भवन वरिपरि असुरक्षित बनेपछि भवन हटाउनको निम्ति आन्दोलन गरिएको बताए। राईले भने, भवन ढलेमा वरिपरिका आठदेखि दसवटा घरलाई क्षति पुग्ने छ। यहीं एउटा स्कूल पनि छ। विद्यार्थीहरूको ओहोरदोहोर यहीँबाट हुन्छ। भवन ढल्किएको छ। यो ढलेमा को जिम्मेवार हुन्छ? यसकारण नगरपालिकाले यो घर तोड्‌नुपर्ने हाम्रो माग छ। यता शिवनारायण प्रधानले घर सुरक्षित रहेको अनि इञ्जिनियरलाई जँचाएको बताउँदैे ठीकै रहेको घर भत्काउन अनिवार्य नरहेको बताएका छन्‌।
यता गाउँलेहरूले भने घर सुरक्षित छ भने घरका मालिकहरू भवनमा बस्न पर्ने उल्टै बताएका छन्‌। उनीहरू अनुसार घर सुरक्षित नरहेकोले नै भाडामा रहेका मानिसहरू भवनबाट निस्किसकेका छन्‌।
यता यो काण्डमा नगरपालिकालाई निक्कै असाहय देखिएको छ। जोसित नियम र ऐन छ उ भने अहिलेसम्म मौन छ। किन भने नगरपालिकाले यो भवन तोड्‌दा अरु पनि यस्तै अग्ला भवनहरूलाई छुट दिन्छ कि दिँदैन भन्ने ठूलो सवाल नगरपालिका अघि आएको छ।

0 comments: