Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Oct 2011

पिउने पानी देउ-भन्दै सडकमा पोखिए जनता

प्रज्ज्वल छेत्री
कालेबुङ, 20 अक्टोबर।
कस्तो वाध्यता कालेबुङवासीको, पिउने पानीको लागि पनि जुलूस निकाल्नुपर्ने। 21 औं शताब्दीमा पनि पानीको निम्ति आन्दोलन गर्नुपर्ने। यो विडम्बना नभएर के हो? पानीको लागि विभागलाई बिन्तिभाव गर्दा नभएर सडकमा नै ओर्लनपर्ने। हो, यस्तै भयो कालेबुङमा।
पिउने पानीको निम्ति नगरमा जुलूस नै निकाल्नुपर्‍यो, महकुमा अधिकारी कार्यलय अधि घरणा नै दिनपर्‍यो। देश खाएर शेष भएका कालेबुङका वरिष्ट नागरिकहरूको जमात गोर्खा दुःख निवारक सम्मेलन अनि कालेबुङ संरक्षण समितिको संयुक्त आयोजनामा आज निकालिएको जुलूसमा कालेबुङका भुक्तभोगी नागरिक अनि विद्यार्थीहरूले पनि सहभागिता दिए। कालेबुङमा पानी नआउनुको कारण पैह्रो मात्र नभएर विभागीय हेचेक्राइँ पनि प्रमुख रहेको कुरो मुहानमा नै पुगेर आएका वरिष्ठ नागरिकहरूले पानीको निम्ति विविध पहल गर्न थालेका हुन्‌।
 उनीहरूको भनाइअनुसार मुहानमा पानीको अभाव छैन। जता ततै पाइपहरू फुटेको छ। पाइपमाभन्दा धेर पानी बाहिर बग्छ। पाइपहरू सही ढङ्गमा व्यवस्थित गर्नसके कालेबुङमा पानीको अलिकति पनि अभाव हुँदैन। तर विभागीय लापारवाहीले सिमा नाधेपछि नै आज वरिष्ट नागरिकहरू सडकमा ओर्लन वाध्य बने। जुलूसमा वरिष्ट नागरिकहरू मात्र नरहेर विभिन्न सङ्ग-संस्थाका प्रतिनिधिहरू,आम नागरिक लगायत कुमुदिनी विद्याश्रमका विद्यार्थीहरू पनि हो मा हैसे मिलाउन सडकमा आोर्लिए।
  जुलूस मौन रहेपनि पिउने पानीको मागमा सहभागी धेरैले हात-हातमा प्लाकार्डहरू बोकेका थिए। गोर्खा दुःख निवारक सम्मेलन भवनबाट 11 बजी निस्केको जुलूसले नगर परिक्रमा गरेर महकुमा कार्यलयअघि धर्ना प्रदर्शन पनि गरे। गोर्खा दुःख निवारक सम्मेलन अनि संरक्षण समितिका पदाधिकारीहरू उदय कुमाई, आरएल त्रिखत्री, सोनाम टी. भोटिया, महेन्द्र गुरुङ आदिको टोलीले पाइपहरू चाडै व्यवस्थित गरिनुपर्ने, दैनिक एक घण्टा पानी वितरण गर्नुपर्ने, पानीको स्थायी समाधान हुनुपर्ने आदि मागहरू लिएर महकुमा अधिकारीलाई एक ज्ञापन पनि चडाए। महकुमा अधिकारी कार्यलयअधि आएर धर्ना परिणत भएको जुलूसलाई सम्बोधन गर्दै गोदुनिसका सचिव आरएल त्रिखत्रीले पानीको समस्या कालेबुङवासी सबैको निम्ति भएको भएपनि धैरैले जुलूसमा सहभागिता नजनाएकोमा गुनासो पोखे। कालेबुङ संरक्षण समितिका सचिव सोनाम टी. भोटियाले यो जुलूस पानीको आन्दोलनको प्रथम चरण रहेको जनाउँदै यदि  प्रशासनले कानमा तेल हालेर बसे आन्दोलन अझ चर्किएर जाने बताए।


0 comments: