Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Oct 2011

आज पिउने पानीको निम्ति जुलूस निकालिने

कालेबुङ, 19 अक्टोबर।
आज प्रथमपल्ट कालेबुङमा पिउने पानीको निम्ति जुलूस निकालिने भएको छ। गोर्खा दुःख निवारक सम्मेलन अनि कालेबुङ संरक्षण समितिले संयुक्त रूपमा नगरमा जुलूस निकाल्ने भएको छ। जुलूसमा सहभागी भइदिन आज समितिका पदाधिकारीहरूले माइकिङ गर्दै नगरका जनसाधरणलाई अपिल गरे। समितिका अध्यक्ष उदय कुमाईले बताए अनुसार कालेबुङमा पिउने पानीको स्थायी समाधानको निम्ति नै समिति जुलूस निकाल्न बाध्य बनेको हो।
मुहानमा पानीको अभाव नरहेको तर नगरसम्म ल्याइने पानी पाइप व्यवस्थित हुननसकेको बताउँदै कुमाईले भने, हामी पानीको समस्या बुझ्न लाभा, अलगडा, लगायत थुकचुक र रेलीको मुहानसम्म पुग्यौं। मुहानमा पानीको कुनै अभाव छैन। तर पाइपहरू व्यवस्थित नभएकोले पानी जताततै बगेर गइरहेको। पाइपहरू व्यवस्थित गर्नसके थुकचुक र रेलीको पानी मात्रले पनि कालेबुङलाई पुग्छ।
केही दिनअघि कालेबुङमा पानीको महाहाकार मच्चिएपनि अहिले विभागले भत्किएको पाइपहरू अस्थायी रूपमा मरमती गरेर पानी वितरण गरिरहेको छ।
तर समितिले पानीको ग्राउण्ड रियालिटी बुझेर आएको बताउँदै कुमाईले पाइपहरू व्यवस्थित गरेर स्थायी रूपमा कालेबुङमा पिउने पानीको समस्या समाधान हुनपर्ने बताए।


0 comments: