Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Oct 2011

वाहनको धक्काले वृद्धाको मृत्यु

कालेबुङ, 19 अक्टोबर।
स्थानीय बागधारामा भएको बाहन दुर्घटना आज एक वृद्धालेे ज्यान गुमाए। डब्ल्यू बी 744जी8856 नम्बर भएको बोलेरोलाई चालकले पछि गर्दा बाहनको धक्काले साधुधारा निवासी 79 वर्षीया दमियन्ती खड्‌काको मृत्यु भयो। बहानको पछिबाट धक्का खाएकी वृद्धालाई तुरन्त अस्पताल पुर्‍याइएपनि तिनी बॉंच्न सकिनन्‌। घरको निम्ति दूध लिन हिँडेकी वृद्धा घर फर्किन पाइनन्‌। दूध लिएर घर फर्किरहेको वृद्धाले वाहन पछि सरेको थाहै पाइनन्‌ अनि चालकले पनि आफ्नो वाहनको पछि वृद्धा रहेको पत्तै गरेनन्‌। फलस्वरूप आज विहानै बागधारामा भएको यस घटनाले दिनभरि नै क्षेत्र शोक मग्न रह्योे। घटनाको लगत्तैपछि पुलिसले चालक प्रकाश गुप्तालाई हिरासतमा लिएको छ भने वाहनलाई पनि थानामा नै लगेर राखिएको छ। चालकविरूद्ध आपीसी धारा 279 304 ए अन्तर्गत मुद्दादर्ता गरिने थानापक्षले बताएको छ। मृतक वृद्धाको शवलाई कालेबुङ महकुमा अस्पतालमा पोस्टमर्टम गरेपछि शव परिवरपक्षलाई सुम्पिएको छ।


0 comments: